हरेक बिहान उठे देखीको
राती ओछ्यानमा नपुग्नजेलसम्मको
धमाधुस मात्र हैन
जन्मेर हिड्न थाले देखि
जवान हुँदासम्म उनले गरेको
साराका सारा मेहनतहरु,
फेरी जन्मघर छोडेर
कर्मघरलाई जन्मघरलाइ भन्दा पनि
प्यारो र उज्यालो बनाउन
उन्ले गरेका संघर्षहरु,
छोरीबाट बुहारी अनि
बुहारीबाट एक असल आमा बन्न
उनले गरेका कठोर यात्रा
अनि सारा कष्टहरु,
सन्तानको खुशीको निम्ति
बिथोलिएका ती साराका सारा निदहरु,
सन्तानको हासोको निम्ति
आँखामा नै सुकेका तिन्का आँशुहरु,
सन्तानको शितलताको निम्ति
उनको मुटुमा दबिएका जलनहरु,
सन्तानको कोमलताको निम्ती
कट्कट्ती फुटेका तिनका पैतलाका धजाहरु,
अनि सन्तानको निम्ति कुडिएका
उनका मनको वेदनाहरुलाई
तिमिले कहिल्यै मुल्यांकन
गरेको छौ??
ए, आज त मे १ तारिक
श्रमिक दिवस रे।
मैले सम्झिए,
संसारमा सबै भन्दा अपार
अनि अमुल्य श्रम त
हरेक आमाहरुले गरेकी हुन्छिन्
जो अतुलनीय छ।
जो अपरम्पार छ।
जो हरेक सन्तानहरुले
मनन् गर्न जरुरी छ।
जो हरेक सन्तानहरुले
बुझ्न जरुरी छ।।
मे १ अन्तराष्ट्रीय श्रमिक दिवसको शुभकामना ।
-सन्तोषी श्रेष्ठ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु