साहित्यकार मुना चौधरीको "जयवर्धन सलाहेश" को बिमोचन

Hollywood Khabar April 04,2017 Comments

साहित्यकार मुना चौधरीले आफ्नो पहिलो ऐतिहासिक उपन्यास "जयवर्धन सलाहेश" को बिमोचन, यहि चैत्र २७ गते पकडिया लाहान, सिरहामा दिउँसो १ बजेको समयमा गर्दैछिन।

लेखिका मुनाका अनुसार उपन्यासमा जयवर्धन सलहेशको वास्तविकतालाई प्रस्तुत गरिएकोछ भने सुनखरी फुलको रहस्यलाई प्रमाणको रुपमा सावित गरिएकोछ। उपन्यासमा प्रेम, बालमनोविज्ञान तथा विभेदको प्रसङ्गलाई उतारिएकोछ।

उपन्यासको केही  अंश......... यो संसारमा म र मेरो शरीर नरहे पनि सलहेश फुलबारीमा भएको सुनाखरी फुलको रुखमा प्रत्येक साल नयाँ वर्षको पहिलो दिन फुल फुलाएर म आफू जीवित भएको र तिमीहरूको साथ दिन सधैँ तयार भएको कुरा प्रमाणित गरेर देखाउँने छु।

बिमोचन पश्चात उपन्यासलाई निम्न सम्पर्क-स्थानहरु बाट प्राप्त गर्न सकिनेछ:
१. पैरबी बुक हाउस पुतलीसड्क काठमाडौँ - 977-01-4430823
२. सीता नोवेल न्युज सेन्टर लाहान-१ सिराहा - 977- 033- 561120
३. चौधरी बुक डिस्ट्रिब्युटर लाहान-१ सिराहा -977-9852832966
४.अस्मिता फोटोकपी सेन्टर सिराहा-७- 977- 033-520156