-Prem Gaha Mahagar,

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

Hollywood Khabar July 11,2022 Comments

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले संसदमा टेबल भएको नागरिकता विधेयकप्रति आभारी हुँदै केहि संशोधन गरेरमात्र पारित गर्न अनुरोध गरेका छन्। यथास्थितिमा पारित हुँदा केहि छुटेका, अपुरा कुरा भएकाले बेलायतवासी नेपाली र हजारौं पूर्व गोर्खाहरुको हितमा नहुने अध्यक्ष गाहामगरले बताएका छन्।

नेपाल सरकारले पुरानो विधेयक फिर्ता लिएर फेरी केहि परिमार्जनसहित नेपाल नागरिकता ऐन २०६३ संशोधन २०७९ लाई नयाँ विधेयक भनेर संसदमा टेबल गरेको स्मरण गर्दै गाहामगरले उक्त विधेयकमा थुप्रै कुरामा आफूहरुको गुनासो रहेको बताए।

हामीलाई गैरआवासीय नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्छ, गाहामगरले भने, बेलायतमा धेरै पूर्व गोर्खाहरु हुनुहुन्छ। म आफैं पनि पूर्व गोर्खा भएका नाताले भूतपूर्व गोर्खाहरुको वंशजको नागरिकतालाई निरन्तरता दिइनुपर्छ भन्ने मेरो जोडदार माग रहेको छ।

अध्यक्ष गाहामगरले नागरिकता विधेयक संशोधनका लागि एकजुट हुन एनआरएनए यूकेका समस्त पञ्जीकृत सदस्य, पूर्व गोर्खा संगठनहरु, पूर्व गोर्खा र तिनका परिवार साथै सबै नेपालीलाई आग्रह गरेका छन्। फुटेर होइन जुटेर मात्र यस्ता मुद्दा निष्कर्षमा पुग्ने भएकाले गाहामगरले सबैलाई एकजुट हुन जोड दिएका छन्।

अहिलेसम्म विभिन्न पूर्व गोर्खा संगठन र संघ-संस्थाहरुले जे जति काम गर्नु भएको छ त्यसको म सम्मान गर्छु। म एनआरएनए यूके अध्यक्ष नेपाल सरकारसंग जोड्ने पुल मात्र हो। बाँकी काम गर्ने शक्ति तपाईंहरु नै हो। अब हामी एकपटक फेरि एकैठाउंमा आएर विधेयक संशोधनका लागि दबाब दिउं, गाहामगरको अपिल छ।

आफूलाई बेलायतवासी सबै नेपालीहरु र बेलायतस्थित पूर्व गोर्खाहरुले अमुल्य मत दिएर आफ्ना मुद्दामा लड्न म्याण्डेट दिएको उल्लेख गर्दै अध्यक्ष गाहामगरले सोही अनुरुप लडिरहने प्रतिबद्धता पनि व्यक्त गरे।

पूर्व गोर्खाहरुले गएको २०८ वर्ष यता नेपाल-बेलायत सम्बन्ध प्रगाढ बनाउन मात्र नभइ नेपाल र नेपालीका लागि गरेको योगदान र त्यागलाई सम्मान गर्न पनि उनीहरुलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नहुनेमा गाहामगरले जोड दिए।

उनले आउंदो अगष्ट ६ मा हुने एनआरएनए यूकेको वार्षिक साधारणसभामा नागरिकता विधेयक केन्द्रित एक बेग्लै सेसन राखिएको जनाउंदै त्यसमा यस क्षेत्रका विज्ञ र सरोकारवाला सहभागी भइ एउटा निष्कर्ष निकालिने पनि जनाए। हामीले उक्त साधारणसभाको निष्कर्षको आधारमा अन्तिम प्रतिवेदन तयार गरि नेपाल सरकारसमक्ष पुरयाउने छौं, गाहामगरले भने। त्यसकारण तपाईंहरु आफ्नो आवाज बुलन्द गर्न पनि साधारणसभामा सहभागी भइदिनुहोला।

संबन्धित समाचार

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित