-गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामा

गैरआवासीय नागरिकताको लागि थुप्रै व्यक्तिहरुसंग भेटघाट गरें, निवर्तमान उपाध्यक्ष लामा

Hollywood Khabar July 12,2022 Comments

कृष्ण के सी, अमेरिका, जुलाई १२, २०२२

नेपाल सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा फिर्ता लिएसँगै बदलामा नयाँ बिधेयक पनि दर्ता गरेको छ। यो बिधेयकमा गैरआवासीय नेपाली नागरिकता पनि जोडिएको छ। सोहि बिषयलाइ लवी गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वले निवर्तमान उपाध्यक्ष सोनाम लामालाइ जिम्मेवारीको लागि अनुरोध साथ् निर्णय गरेको थियो।

उसो त मुस्ताङ्गमा जन्मे-हुर्केर सफल ब्यबसायी हुँदै बिश्वोको आकर्षक केन्द्र अमेरिकाको मुटु न्यूयोर्क शहर सम्म सफल ब्यबसाय गर्दै आउनु भएका सोनाम लामा गैरआवासीय नेपाली संघमा अपरिचित व्यक्ति होइन। २०००८ देखि संघमा सक्रिय र २०१० तिरबाट नेतृत्वमा समेत रहनु भएका लामाले गैरआवासीय नेपाली संघका हरेक जसो मेगा प्रोजेक्टहरुमा उत्तिकै योगदान दिनुभएको छ।

नागरिकताको बिषयलाइ उहाँले २०१५ देखि नै लवी गर्दै आउनु भएको थियो। उहाँ २०१९ देखि भने सोहि जिम्मेवारीमा नियमित रहँदै रुपले नेतृत्व गर्दै आउनु भएको छ। यस बिचमा उहाँले नेपालका सांसदहरु, नेपाल सरकारको कानुन शाखा, संसदीय समिति, सभामुख, पूर्वसभामुख, कानुन ब्यबसायी लगायत थुप्रै व्यक्तिहरुसंग भेटघाट, सल्लाह र लवी गर्दै आउनु भएको छ।

उहाँ भन्नुहुन्छ, नेपालको संबिधानमा नै हामीलाई राजनैतिक बाहेक अरु सबै अधिकार प्राप्त छ। त्यससँग बाझिने गरि कुनै ऐन-कानुन बन्दैन र नेपाल सरकार, संसद कसैले पनि बनाउँदैन। संबिधानमा नै हाम्रो अधिकार सुनिश्चित गरिएको छ। अहिले यो बिधेयकले त नागरिकता दिने कुरालाइ मात्र लिएको हो। यो बिधेयक पारित भएपछि पनि तपाइले भोली गैरआवासीय नेपाली नागरिकता लिए या नलिए पनि तपाइको अधिकार संबिधानले सुरक्षित गरेको छ। कोहि व्यक्ति पुस्तौं देखि नेपालमा रहेको परिवारमा जन्मिएको छ, उसले नागरिकता लिएको छैन भने उ नेपाली नागरिक होइन भन्ने कुरा हुँदैन। हाम्रो बिषय पनि त्यस्तै हो। संबिधान र कानुनले अधिकार दिएपछि नागरिकता लिए या नलिएपनि अधिकार रहिरहन्छ।

तर यो नागरिकता बिधेयक पारित भएपछि हामीले थुप्रै कुरा पाउने छौं। भिसा, लगानी, सम्पत्ति खरिद, जस्ता थुप्रै। हाम्रो बिगत देखिको माग भनेको नागरिकताको निरन्तरता हो। त्यो कुरा छोडेको भने छैन। अझै पनि नियमित रुपमा त्यसैको नै लवी गर्नुपर्छ। पहिला जे विधयेक संसदमा टेबल भएको छ त्यो पारित होस् अनि अर्को काम गरौँला। यस बिधेयले हाम्रो नागरिकतामा गैरआवासीय बंशजका आधारमा भन्ने शब्द छुटाएको छ। त्यो एक शब्दले हाम्रो नागरिकताको निरन्तरताको लागि ठुलो अर्थ राख्दछ। त्यसका लागि म अझै प्रयास गर्दैछु।

यस क्रममा आजकल म आफूले परराष्ट्र मन्त्रलाय, सभामुख, मन्त्रीहरु, पूर्वसभामुख, सांसदहरु, राजनैतिक दलका शिर्ष नेताहरु, कानुनिविद सबैलाइ भेटको छु। सबैले हाम्रो कुरा सकारात्मक रुपमा लिनुभएको छ। म काम गर्ने मान्छे हो अनि अहिले काम गर्दैछु। अरुले जस्तो फेसबुकमा लेखेर हल्ला गर्न मलाइ आउँदैन। त्यसैले अहिले टेबल भएको बिधेयकमा नै ध्यान दिने बेला हो। यतिले मात्र पुग्दैन, बिधेयक पारित भएपछि पनि ऐन, नियम, विनियम बनाउने बेलामा पनि उत्तिकै लवी गर्नुपर्छ।

यो गैरआवासीय नेपाली नागरिकताले हामीलाइ भन्दा धेरै नेपाललाइ फाइदा छ। गैरआवासीय नेपाली नागरिकले गरेको नेपालको लगानी अरुले जस्तो फिर्ता लैजाँदैनन। मेरो पनि थुप्रै लगानी छ मैले अमेरिका फिर्ता लांदिन। अरुहरुको पनि धेरैले लगानी गरेका छन् त्यो फिर्ता लाँदैनन। अर्को कुरा यसबाट भुटानी सरणार्थी समस्या जस्तो कुरा पनि फेरी आउँदैन। बिश्वोभरि नेपालको प्रतिनिधित्व बिना खर्चमा भएको छ। आफन्ता र घर इत्यादिमा रिमिट आएको छ। यस्ता थुप्रै करा छन् जसले दिने कुरा धेरै छन्।

गैरआवासीय नेपाली संघसँग संबन्धित सोनाम लामाका बिचार/समाचार

एनआरएनएको दशौँ महाधिवेशन मंगलबारदेखि शुरु हुन्छ: उपाध्यक्ष लामा

एनआरएनएको १० औं महाधिवेशनको तयारी द्रुत गतिमा, ५० लाखको स्पन्सर कन्फर्म, उपाध्यक्ष लामा

एनआरएनएको अनुगमनपछि उपाध्यक्ष लामा:पैसा र निर्णय एकल रुपमा गर्ने काम बन्द गर्नुहोस अध्यक्षज्यू

एनआरएनएको १० औं महाधिवेशन बिधान सम्मत रुपमा मार्च २२ देखि २५ सम्म हुन्छ, उपाध्यक्ष लामा

झुठको खेती बन्द गर्न आवासीय नेपाली संघका उपाध्यक्ष लामाको अपिल

एनआरएनएमा डमी उम्मेदवार खडा गरेर हल्ला गर्नेहरुको भ्रममा नपर्न उपाध्यक्ष लामाको आग्रह

गैरआवासीय नेपाली संघमा एकपक्षीय रुपमा गराइने चुनाव मान्य छैन:उपाध्यक्ष लामा

झुठको खेती बन्द गर्न आवासीय नेपाली संघका उपाध्यक्ष लामाको अपिल

एनआरएनए महाधिवेशन प्रतिनिधि छानविन बिधान अनुसार गरेर बुझाएँ:उपाध्यक्ष लामा

एनआरएनएको ८१ औं अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकबारे उपाध्यक्ष लामाको ध्यानाकर्षण

एनआरएनएको महाधिवेशन र निर्वाचन बिधिसम्मत रुपमा हुन्छ, व्यक्तिको उर्दीले होइन:उपाध्यक्ष लामा

एनआरएनहरुको नाम जोडेर नेपालमा लगानी गर्दा ५% संघलाइ दिनुपर्छ, उपाध्यक्ष लामा

घले दम्पति र अबिश्मरणिय एनआरएनए लाप्राक प्रोजेक्ट यात्रा-सोनाम लामा

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामा र लाभग्राहिहरु बीच छलफल

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामासँगको संवाद

NRNA:संघका उपाध्यक्ष सोनाम लामाको लाप्राक भ्रमण

सबै भन्दा ठूलो ढुंगाको बुद्धमूर्ति प्रतिस्थापन: सोनाम लामाको एकल लगानी

हामी एनआरएनहरु पनि यही जमीनमा तपाइहरु जस्तै जन्मेका हौ-आरसी सोनाम लामा