लोकमानसिंह वीरुद्धको महाभियोग प्रस्तावमा महान्यायाधिवक्ताको राय लिइने

Hollywood Khabar January 16,2017 Comments

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन महान्यायाधिवक्ताको राय लिइने भएको छ । महाभियोग सिफारिस समितिको कानुनविज्ञलाई डाकिएको आजको बैठकमा कानुन सचिव टेकप्रसाद ढुंगानाले आफू कानुन आयोगको सदस्य भएर काम गरिसकेकाले कार्कीविरुद्धको महाभियोग प्रस्तावमा राय दिन उचित नहुने तर्क गर्नुभयो ।
तत्कालीन अन्तरिम मन्त्रिपरिषद सदस्य रहेका नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कार्कीलाई सिफारिस गर्ने संवैधानिक समितिको समेत सदस्य रहेकाले आफूले राय दिन नमिल्ने उहाँको भनाई थियो । रायका लागि बोलाइएका कानुनविज्ञ पन्छिएपछि महान्यायाधिवक्ता रमन श्रेष्ठको राय लिइने भएको छ ।
सिफारिस समितिका सदस्य अमनलाल मोदीले महान्यायाधीवक्ताको रायको आधारमा कार्कीविरुद्ध महाभियोग लगाउने नलगाउने भन्ने बारे अनुसन्धान गरेर संसदलाइ प्रतिवेदन् दिइने बताउनुभयो । सर्वाेच्च अदालतले कार्कीको नियुक्ति बदर गरिदिएपछि कार्कीविरुद्ध महाभियोग लगाउने नलगाउने भन्नेबारे सिफारिस समितिका सांसदमै मतभिन्नता रहेको छ।