भोट संग नोटको तुलना:नेपाल आइडल बाट कोही बाहिरिएनन्

Hollywood Khabar August 31,2017 Comments

एपी वान टेलिभिजनबाट प्रशारण भैरहेको चर्चित रियालिटी शो ‘नेपाल आइडल’बाट यो हप्ता कोही पनि प्रतिस्पर्धी बाहिरिएका छैनन्।शुक्रबार बेलुकी प्रशारण भएको रियालिटी शोको अन्तिम ४ मा निशान भट्टराइ, प्रताप दास, सागर आलेमगर र वुद्ध लामाले प्रतिस्पर्धा गरेका थिए ।

हप्ता ३७ लाख २० हजार २ सय १८ भोट प्राप्त भएको निर्णायकले घोषणा गरेपनि दर्शकलाइ अझै सोच्ने समय दिने भन्दै कोहीलाइ पनि आउट नगर्ने बताएका छन्।दर्शकले निर्णायकले एसएमएस संग आर्थिक लाभ लिन धामा गरेको प्रतिक्रिया दिएका छन्।एक हप्तामा ३७ लाख २० हजार २ सय १८ भोट प्राप्त भएको रेकर्डलाइ आधार मान्ने हो भने ‘नेपाल आइडल’का नामबाट पैसा असुल्ने प्रतिक्रिया सामाजिक संजालमा भाइरल बनेका छन्। 

‘नेपाल आइडल’को सेप्टेम्बर २२ मा यो प्रतिस्पर्धाको फाइनल हुनेछ । ‘नेपाल आइडल’को पहिलो संकरणको फाइनल कतारमा आयोजना हुनेछ।‘नेपाल आइडल’मा न्ह्यू बज्रचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकको रुपमा रहेका छन् ।