-नेपाली ब्रंच फेस्टिभल, फ्रिमण्ट सिटी मेयर लिली मे प्रमुख अतिथि

नेपाली ब्रंच फेस्टिभल, फ्रिमण्ट सिटी मेयर लिली मे प्रमुख अतिथि

Hollywood Khabar May 29,2022 Comments

कृष्ण के सी, अमेरिका, मे ३०, २०२२

नेपाल र अमेरिकाको कुटनैतिक संबन्धको ७५ बर्ष पुगेको शुभउपलक्षमा फ्रिमण्ट क्यालिफोर्नियामा नेपाली ब्रंच फेस्टिभलको आयोजना गरिएको छ।

जुन ५, २०२२ बिहान १०:२० बजे देखि सुरु हुने उक्त नेपाली ब्रंच फेस्टिभलमा सिटी अफ फ्रिमण्टकी मेयर लिली मे प्रमुख अतिथि रहेकी छन्। मेयर मे जुन ७ मा हुने स्टेट अफ क्यालिफोर्नियाको प्राइमरी इलेक्शनमा स्टेट सिनेट अफिसको लागि उम्मेदवार रहेकी छिन।

यो पहिलो र विल्कुलै नयाँ खाले नेपाली ब्रंच फेस्टिभल फ्रिमण्ट सिटीमा रहेको नेपालीहरुको ब्यबसाय MoMo & Kebab, 37100 Fremont Blvd Suite K, Fremont, CA 94536 मा हुनेछ। कार्यक्रमलाइ मम एण्ड कबाब र ग्याष्ट्रोनोमी टुरिजम एशोसियशन अफ नेपालले संयुक्त रुपमा आयोजना गरेका हुन्।

यस्तै नेपाली राजदूताबास वाशिटिङ्गटन डिसी, नेपाल सरकारका महावाणिज्यदूत ऋषि ढकालको कार्यालय, क्यालिफोर्निया साथमा नेपाल पर्यटन बोर्डले समेत प्रमोशन गरेका छन्। हलिउड मिडिया एण्ड इन्टरटेनमेण्ट एलएलसीद्वारा संचालित हलिउडखबरले प्रचार-प्रसारमा सपोर्ट गरेको छ।

मे २९, २०२२ मा भएको भेटघाटमा मम एण्ड कबाबका संचालक मध्येका एक भक्ता थापा र सेफ सुरेश चन्द्र बस्नेत अनि सेफ बिनोद पौडेलले हलिउडखबरसँग कार्यक्रमबारे थप जानकारी दिएका हुन्।

विशेष गरेर स्वादिष्ट नेपाली खानाका परिकारहरु पाइने उक्त ब्रंच फेस्टिभलमा नेपाली अमेरिकन समुदाय र अन्य सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। सेलिब्रेटी सेफ भनेर चिनिने सुरेश बस्नेतले यस्ता कार्यक्रमको आयोजना धेरै पटक गरिसकेका छन र गर्दै जाने उनको इच्छा रहेको छ।

यो पटक पस्किने थुप्रै परिकार मध्ये केहिलाइ यहाँ उल्लेख गरिएको छ:

  • ममका थुप्रै परिकार साथमा डल्ले खुर्सानीको सी मम
  • मिष्टर चटामरी
  • मंगलबजारको मासको बारा
  • फापरको स्प्रिङ्ग रोल
  • गोदावारी ठेचोको हाकु छोयला र छोयलाका अन्य पारीकार
  • मुस्ताङ्गको टिम्मुरे आलु
  • सेकुवाका ४ भन्दा धेरै परिकार
  • कवाबका परिकार
  • साँदेको भटमास