सुकदेव चापागाईं/काठमाडौं
रिच ईन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा नयाँ फिल्म ‘मान्दैन यो मन’ निर्माण हुने भएको छ ।
दशैंपछि छायांकन गर्ने भनिएको चलचित्र ‘मान्दैन यो मन’ प्रेम र द्धन्द्धप्रधान कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा कलाकार करण श्रेष्ठ र नायिका जोश्ना घलेको प्रमुख अभिनय रहने बताईएको छ । चलचित्रमा अन्य कलाकारहरुको पनि खोजी गरिने बताईएको छ ।
यस चलचित्रमा विष्णु क्षेत्री, राजेश खड्गी, खेमनारायण सापकोटा र निलम केसीको संयुक्त लगानी रहने छ । काठमाडौं, पोखरा, जोमसोम र सिन्धुपाल्चोकमा छायांकन गरिने यस चलचित्रलाई सोम कुस्कुमाझी ले निर्देशन गर्ने भएका छन् ।
करिब दुई दर्जन चलचित्रमा अभिनय गरिसकेका कलाकार करण श्रेष्ठ यो चलचित्रमा नयाँ गेटअपमा आउन लागेका छन् । चलचित्रमा बादल लिम्बुको संगीत रहने छ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु