-नर्थवेष्ट नेपाली गल्फ च्याम्पियनसिप २०२२ सम्पन्न

नर्थवेष्ट नेपाली गल्फ च्याम्पियनसिप २०२२ सम्पन्न

Hollywood Khabar September 04,2022 Comments

अमेरीका र क्यानाडाको पश्चिम क्षेत्रका नेपाली गल्फरहरुको नर्थवेष्ट नेपाली गल्फ च्याम्पियनसिप २०२२ खेल सम्पन्न भएको छ।

सेप्टेम्बर ३, २०२२ शनिबार सम्पन्न भएको खेलमा क्यानाडाका भ्याँकुवर र भिक्टोरिया अनि अमेरिकाका वाशिङ्गटन स्टेट, ओरेगन स्टेट गरेर जम्मा चार स्टेट तथा प्रोभिन्सका नेपाली गल्फरहरुको सहभागिता रहेको थियो।

सामान्यतया ५० बर्ष उमेर समुहा भन्दा माथिका त्यसमा पनि ८२ प्रतिशत पुरषहरुले चासो देखाउने यो खेललाइ कतिपयले धनीहरुको खेल पनि भन्ने गर्छन। २०१९ सम्म गुगलको रेकर्डमा ३०-४९ उमेर समुहका २४.३ मिलियन अमेरिकनहरुले यो खेल खेल्दछन।

पछिल्लो समयमा नेपालीहरुमा पनि चर्चामा रहेको यो खेल विश्वोका धेरै देशमा खेल्ने गरिन्छ। त्यसैलाइ निरन्तरता दिंदै पहिलो पटक नर्थवेष्ट नेपाली गल्फ च्यापियन्सिप आयोजना गरिएको थियो।

गल्फर तथा ओरेगन निवासी नारायण गुरुङ्गका अनुसार खेलको नतिजा यसप्रकार थियो:

  • Long Put, Mohan Gurung, Seattle, Washington, USA
  • Closest to pin, Niranjan Shrestha, Portland, Oregon, USA
  • Runner Up, Nirmal Shrestha, Portland, Oregon, USA
  • Grand Champion, AC Sherpa, Seattle, Washington, USA
  • Team Champion, Oregon State, USA