-नेपाली कांग्रेस ललितपुरको शुभकामना, सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम

नेपाली कांग्रेस ललितपुरको शुभकामना, सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम

Hollywood Khabar December 28,2021 Comments

नेपाली कांग्रेस पार्टीको ललितपुर जिल्ला कार्यसमितिले शुभकामना, सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेको छ।

जिल्ला पार्टी सचिव वशिष्ठ अधिकारीका अनुसार आगामी पौष १७ गते सनिवार ११:०० बजे देखि २:०० बजे सम्म शुभकामना, सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बिशेष गरि ललितपुर जिल्लाका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तक, संचारकर्मी र पत्रकारहरुलाइ निमन्त्रणा गरिएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको शुभकामना, सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा १४ औं महाधिवेशनमा बिजयीहरुलाई बधाई तथा शुभकामना, केहि विशिष्ट व्यक्तिहरुलाई सम्मान तथा धन्यवाद ज्ञापन रहने छ।

कार्यक्रम स्थान: स्लेस बेरी, सातदोबाटोको पार्टी प्यालेस