-नेपाली अमेरिकन चलचित्र द बीस्टको प्रडक्शन जुलाई देखि सुरु

नेपाली अमेरिकन चलचित्र द बीस्टको प्रडक्शन जुलाई देखि सुरु

Hollywood Khabar February 22,2023 Comments

वाईल्ड ईन्टर्टेन्मेन्ट र क्याराभान फिल्म प्रोडकशन एन्ड फिल्म फेस्टिवलको संयुक्त निर्माणमा मेघा प्रोजेक्ट नेपाली अमेरिकन चलचित्र द बिस्ट निर्माणका लागि छायाकंनको तयारीमा लागेको छ।

च्याप्टर १ र २ गरी दुई चलचित्रको निर्माण गर्न लागेको यो प्रोजेक्टमा सपना बुनेर सुन्दर भविश्यको खोजीका लागि जन्मभुमी नेपालको माया त्यागेर परिवारको बिछोडमा आंशु बहाउंदै दलालहरुको चक्रब्युहमा भारत, दुबई, कोलम्बिया, पनामा र मेक्सिको हुंदै अमेरिका छिर्न लाखौंको ॠणको भार बोकेर पातमा जिन्दगी राखी भाग्यलाई बन्दकी बनाउनेहरुको कथामा आधारित हुनेछ भाग एक।

चलचित्रको भाग दुईमा तिनै सपनाहरु अमेरिका र मेक्सिकोको सिमामा भोगिने बिजोक, अमेरिका छिर्न गर्नुपर्ने कष्ट, अमेरिकाको अध्यागमन बिभागमा खेप्नुपर्ने कानुनी अड्चन एवम झमेलाहरुको वास्तविक कथा समेटिनेछ।

चलचित्रमा सुयोग्य कलाकारहरुको चयनका लागि निर्माण समुह अहिले लागिपरेको छ । चलचित्रमा मुख्यतया नेपाली कलाकारहरुको साथमा अमेरिकन, भारतीय, पाकिस्तानी, अफ्रिकन, अरेबिन र स्पेनीश कलाकारहरुको चयन क्रम अघि बढेको छ। चलचित्र हिन्दी, अरेबिन स्पेनीश र अन्गेजी भाषामा पनि डबिङ हुने चलचित्रको छायाकंन आगामी जुलाई महिना देखी शुरु हुनेछ।

दिल श्रेष्ठ र सुर्य एन श्रेष्ठको संयुक्त निर्देशनमा निर्माण हुने चलचित्रमा थुप्रै देशका एनआरएनएहरु समेत रहने छ कुरा दिल श्रेष्ठले बताए। सुन्दर भविश्य र पारिवारिक सुखका लागि सपना बुन्दै दिनरात नभनी जंगल-जंगल दलालहरुको स्वार्थले अबैधानिक बाटो छिचोल्दै परदेशिएका र ज्यान गुमाएकाहरुको यथार्थ चित्र चलचित्रमा रहनेछ।

को-को छन, चलचित्र निर्माण टीममा ?

चलचित्रको निर्मातामा सरिता श्रेष्ठ र दिनेश शाह रहेका छन भने सह-निर्मातामा बरुण अधिकारी रहेका छन। निर्देशनमा दिल श्रेष्ठ र सुर्य एन श्रेष्ठ रहेका छन । निर्देशक सुर्य एन श्रेष्ठ प्रवासबाट बनेको नेपाली ब्यवसायिक सफल चलचित्र लाईफ इन एलएका निर्देशक हुन।

अर्का निर्देशक दिल श्रेष्ठ बिगत लामो समयदेखी अमेरिकामा रहेका सफल व्यवसायी हुन। ब्यवसायको साथमा सिनेमा नगरी हलिउडमा निर्देशन अध्ययन गरेका श्रेष्ठद्दारा निर्देशित चलचित्र द ट्रेजन अडियन्स र बेस्ट एक्टर अवार्ड जित्न सफल भद्को थियो। २०५० सालदेखी नेपाली चलचित्र क्षेत्रमा लागेका श्रेष्ठ एनआरएनए अमेरिकाका पुर्व सहसचिव र पूर्व अन्तराष्ट्रिय परिषद सदस्य पनि हुन।

चलचित्र नगरी हलिउड लस एन्जलसलाई कर्मथलो बनाएका निर्देशक श्रेष्ठ लस एन्जलसका बिभिन्न सामाजिक संस्थाहरुमा आवद्ध रहंदै पनि छ।

नेपालमा बनेको चलचित्र नेपालमा नचलेको अवस्थामा यो चलचित्र प्रवासबाट बनेर प्रवासबाटै आफ्नो लगानी उठाउने र अर्को नेपाली ब्यवसायिक सफल चलचित्र बन्ने कुरामा निर्माण पक्ष ढुक्क छन्।