तालको पानी माछाले खानी भन्दै नेपथ्य संगै झुम्यो पोखरा 

Hollywood Khabar April 08,2017 Comments

पोखरा, २७ चैत/नेपथ्यले आफ्नो लाईभ प्रस्तुत गरि पोखरा गुन्जायमान बनाएपछि दर्शक मस्तले झुमेका छन्।नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ्गले भेडाको उन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा,तालको पानीमाछाले खानी, रेशम…,जोगले हुन्छ भेट.. लगायतका गित गाउदा दर्शक छमछमि नाचेका थिए। 

नेपथ्यको गित युवा पुस्ताहरुमा निक्कै लोकपृय ब्याण्डको रुपमा स्थापित भएको छ।गुरुङलेडेढ दर्जन गीत प्रस्तुत गरी संगीत प्रेमीहरुलाई पोखरामा भरपुर्ण मनोरन्जन दिएका हुन्।साहित्यकार सरुभक्तले लेखेको, पोखरेली कलाकार विक्रम गुरुङले कम्पोज गरेको कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन भन्ने गीतबाट शुभारम्भ गरेका गायक अमृत गुरुङले हालै मात्र बजारमा आएको सिर फुल र पछिल्लो पटक बजारमा आएका हामी नेपाली, कोसीको पानी र हो राम राम लगायतका गीत प्रस्तुत गरेपछि पोखरा तातेको थियो।

पर्यटकिय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा संचालन भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए ।व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा उक्त ईभेण्ट पोखरामा भएको हो।

नेपथ्य २५ बर्षमा पुगेको अवसरमा कास्कीका ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभुत बिद्यालयको सहयोगार्थ उक्त कार्यक्रमबाट बचत भएको केहि रकम बिद्यालयलाई सहयोग गरिने भएको आयोजक गुरुङले बताए।