उत्तर अमेरिका तामाङ सम्मेलन न्युयोर्कमा हुने

Hollywood Khabar April 11,2017 Comments

गत जनवरी २७,२०१७ मा तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा प्रथम ऐतिहासिक उत्तर अमेरिका तमाङ सम्मेलनको तयारी बैठक बसेको थियो। सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा क्यानडा लगायत अमेरिका भरिका तामाङ संघ-संस्थाका प्रतिनिधि एंव ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो। 

उक्त भेलाले तमाङ सोसाइटी अफ अमेरिकाका बर्तमान अध्यक्ष शान्तबाबु थोकरको संयोजकत्वमा २५ सदस्य तदर्थ समिती गठन गरी आगामी मे २१,२२ २०१७ मा प्रथम सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको थियो। 

यहि अप्रिल ९ आईतबार  संयोजक शान्ताबाबु थोकरको अध्यक्षतामा बसेको कन्फ्रेन्स बैठकले आगामी सेप्टेम्बर २ र ३ २०१७ मा अमेरिकाको न्युयोर्क शाहरमा सांस्कृतिक  कार्यक्रम (डम्फु साँझ) सहितको प्रथम उत्तर अमेरिका तमाङ सम्मेलन भब्यत्तको साथ सम्पन्न गरिने गरी बिभिन्न उप समितीहरु पनि गठन गरेको छ।

सम्मेलनमा नेपाल लगायत अन्य देशका तामाङ संघ-संस्थाका प्रतिनिधि एबम तमाङ ब्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिने कुरा बताइएको छ। तीन दिने उक्त्त सम्मेलनमा पहिलो दिन उद्घघाटन सत्रमा उत्तर अमेरिका तमाङ संस्थाको बिषयमा र तमाङ भाषा, धर्म र संस्कृतिको बिषयमा सम्बन्धित क्षेत्रका बिज्ञहरुलाई आमन्त्रन गरी छलफल गरिने र दोस्रो दिन  अधिबेशन सम्पन्न गरी उत्तर अमेरिका तमाङ संस्थाको कार्यसमिती चयन गरिनेछ।

सोही दिन बेलुकी सास्कृतिक कार्यक्रम (डम्फु साँझ) आयोजना गरिनेछ र तेस्रो दिन ४ तारिखमा प्रतिनिधि एबं पाहुनाहरुको बिदाई कार्यक्रम गरिने कुरा तमाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष  एंव उत्तर अमेरिका तामाङ सम्मेलनका संयोजक शान्त  बाबु थोकरले जानकारी गराउनु भयो।