नेपाल आइडल सिजन टु को पोखरा अडिसन आज 

Hollywood Khabar April 25,2018 Comments

१४वैशाख पोखरा।नेपाल आइडल सिजन टु को पोखरा अडिसन आज हुने भएको छ।अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको नेपाल आइडल सिजन टु को पहिलो चरणको छनोट अडिसन पोखराको सिमलचौरमा रहेको जनप्रिय मावि परिसरमा हुने भएको छ।एपीवान टेलिभिजनले सञ्चालन गरेको पोखरा अडिसनका लागि शुक्रबार हुने अडिसनका लागि तनहँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट सहभागिता जनाएका छन्।प्रतियोगिताको विजेताले नगद ५० हजार पाउने छ । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् ।नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउँछन्।अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले अघिल्लो वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो।पहिलो नेपाल आइडल पोखराकै बुद्द लामाले जितेका थिए।