-एनआरएनए लामिछाने-महतो समुहमा ६ महिने छिन्नेतिथि पछि आचार्य गुटमा संकट

एनआरएनए लामिछाने-महतो समुहमा ६ महिने छिन्नेतिथि पछि आचार्य गुटमा संकट

Hollywood Khabar August 18,2022 Comments

-कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२२

गैरआवासीय नेपाली संघमा गैरआवासीय नेपालीका नाम बेचेर निजि स्वार्थ पुरा गर्न पल्केका पूर्व अध्यक्षहरु जिबा लामिछाने र उपेन्द्र महतोले पैसा खर्च गरेर बनाएको निजी समूहमा चरम रुपमा विवाद र संकट आएको कुरा भित्रैबाट विष्फोट हुन थालेका छन्। उसै पनि कुल आचार्यको ६ महिने छिन्नेतिथि पश्चात गुटमा झन् ठुलो संकट आउने भएको छ।

  1. गैरआवासीय नेपाली संघको बिधान २०२१ मा अध्यक्ष मण्डल र मण्डलका महाँमण्डले र मण्डलेहरु बनाउने कुनै ब्यबस्था छैन।
  2. संघको बिधान संसोधन गर्ने बिधि त पुगेकै नै छैन। बिधान साधारण सभाको कोरम पुगेको हलको बहुमतले पारित गर्दै पठाएर कोरम पुगेको महाधिवेशन हलको बहुमतले पारित गर्ने र त्यसलाई मन्त्रालयमा पठाउने, स्वीकृत भएको समय देखि लागु हुने प्राबधान छ।
  3. त्यो समय, यो कुनै पनि बिधि पुगेन, गरिएन, बैधानिक संकट। त्यसैले हामीले त्यो गुटलाई भन्दै आएका छौं, अबैधानिक बिधि।
  4. तत्कालिन काम चलाउ अध्यक्ष कुमार पन्त हुँदैको अवस्थामा उनको नाममा पाएको पद थप गरिएको पत्रलाई उसै उसै मन्त्रालयबाट बिधान स्वीकृति भन्ने र त्यसैलाई हो भनेर लेख्ने अन्धा ज्यलाकारिता गर्नेहरु, भगौटाहरुलाइ पत्याउनेको संख्या भन्दा हाँसो उडाउनेहरु धेरै छन्।
  5. अब बिधि र बिधान थक्याएर तोक लगाएर, थुनेर, धम्क्यार, भगाएर, लुकाएर, किनेर र छिनेर बनाएको समूहमा धेरै जनाको पद भने चैट हुने भएको छ।
  6. बण्डपत्र अनुसार खर्च तिरेर आफैं बेचिएका कुल आचार्यको ६ महिने कालाकुर्ते जागिरको छिन्य तिथि सेप्टेम्बर २०२२ मा हुन्छ। त्यो प्रमाण पत्र बिनाको दानको पदको लागि मात्र हो त्यसपछि उनि खोजेर पनि भेटिनेवाल छैनन भनेर उनका निकटकाहरु बताउँछन्। छिन्नेतिथि नजिकिंदै गर्दा उनका पछाडीका टुकडी सदस्यहरुमा बिचलित भएर संकट आउन सुरु भएको छ।
  7. त्यसपछिको अर्को ६ महिने रिलेदान लिन रविना थापाको नेपाल रवाना भएको कुरा फेसबुकतिर देखिएको छ।
  8. गौरी जोशी, महेश श्रेष्ठ र हेमराज शर्माले पहिलो ६ महिनामा कुल आचार्यलाइ केहि गर्न नदिएर रोकेर राख्न सफल भए। नियुक्ति गरिएका एउटा कार्यकारी अधिकृत पनि मुद्दा पर्ने र फिर्ता हुने कुरा आएको छ। अब यो दोश्रो ६ महिनामा अर्को किर्ते, खुरापाती समूहले खुकुरीमा धार लगाएर छप्पन हान्दै जानेछन। अनि घरले जा जा र बनले आइज आइज भनेको जस्तै कुलका टुकडीमा बाँकी रहेकाहरु टुहुरा र बबुरा भएर रहन्छन। उसै पनि धेरै जनाले याक एण्ड यति छोडेर गल्ति गरिएछ भनेका छन्।
  9. कुललाइ समर्थन गर्ने जनसम्पर्कका केहिहरुले अब आफूहरुले केहि गर्नु नपर्ने बताएका छन्।
  10. उता दाइजोमा किनेका, भर्ती गरेका, टाउके, दाउके, हुक्के, फेसबुके इत्यादि मनोनयन मध्ये धेरै जनाको पद पनि चैट हुने भएको छ। यसको सुरुवात केहि पहिला नै भैसकेको थियो। अब बर्खास्त हुनेहरुमा महिला उपाध्यक्षहरु, युवा युपाध्यक्षहरु, अनलाइन मनोनयन गर्ने र काठमाण्डौमा पुगेर मनोनयन दर्ता गरेका बाहेक सबै पद पजनी/चैट गरिने योजना रहेको छ। त्यसैगरी एउटा पदमा मनोनयन गरेर अर्को पदमा मनोनित भएका भनिएका, बिधान मबोजिम निर्वाचन समिति नभएर अध्यक्ष मण्डलका मण्डलेहरुले गरेको नियुक्ति नै सबै बदर हुने भएको छ। किन र कसरी त्यो चाहिं केहि समय कुर्नु पर्ने भएको छ।
  11. कतै कतै मुद्धा परेको छैन भन्दै हर्सोल्लास कसैले नगर्दा हुनेछ। कोहि अदालतमा नजानुको अर्थ हारेको हुँदैन। बेला आएपछि त्यो पनि पुरा हुने संकेत आएको छ। तर नेपाल सरकारको एनआरएन ऐनमा त्यसो हुनुपर्ने अवस्था देखिंदैन।
  12. पछिल्लो केहि दिनमा डा बद्रि के सीले जति धेरै संघ-संस्था भएपनि असल काम गर्न केहि फरक नपर्ने हुनाले एनआरएन दुइवटा भए या एउटा भएपनि लडाइ गर्नु नपर्ने भन्न थालेका छन्। कतिपयले लेखे या भनेको जस्तो बिनोद कुँवरको नेतृत्वको संघ कम्जोर भने पक्कै छैन।
  13. अहिलेको कुल आचार्यलाइ समर्थन गर्नेको संख्या भन्दा बिनोद कुँवरको टिमलाइ समर्थन गर्ने देशको संख्या डबल भएको छ। भुटेर लगेको अमेरिकाले पश्चाताप गर्दै एक्लिनु पर्ने भएको छ। लुट्न खोज्दा बेलायतले पाइन् देखाइदियो, हँङ्गकङ्गले मन्त्रालयको निर्णय नआएसम्म कतै पनि नजाने निर्णय गरेको छ।
  14. अझै भन्नुपर्दा विचार गरेर मौन बसेका, जबर्जस्ति भर्ती गरिएका, बिना अनुमति भर्ति गरियो भन्दै नाम निकालेर बेइजती गरिएकाहरुको ठुलो हिस्सा नै अक्टुवरमा कुँवर पक्षमा आउने भएका छन्। यसबाट अत्तालिएका ओदान समूहले हस्ती जोगाउन बार्तालको लोटा देखाउन थालेका छन्।

सत्य कुरा यो हो

  1. पहिलो कुरा त अक्टुवर २०२१ मा हुनुपर्ने १० औं महाधिवेशन निवर्तमान अध्यक्ष कुमार पन्तले सम्पन्न गर्न नसकेपछि उनैको अध्यक्षतामा भएको संघको ८१ औं परिषद बैठकद्वारा तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेलाइ महाधिवेशन गर्ने जिम्मेवारी सुम्पेको थियो। संघको बिधानमा पनि विकल्प यहि छ।
  2. दोश्रो कुरा संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पनि डा शेष घलेलाइ नै लिखित रुपमा पत्र दिएर संघको १० औं महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो।
  3. तेश्रो कुरा सोहि बिषयमा संघको बिधानमा उल्लेख भए बमोजिम तत्कालिन प्रमुख संरक्षक शेष घलेले विश्व भरिका अध्यक्षहरुको भेला बोलाएर अनुमोदन लिएर संघको १० औं महाधिवेशन सम्पन्न भएको हो। अमेरिका, युके, अष्ट्रेलिया, क्यानाडा, अष्ट्रिया, कोरिया, निदर्ल्याण्ड, लगायतका २ दर्जनौं भन्दा धेरै देशका अध्यक्षहरुले महाधिवेशनमा पुगेर भाषण ठोकेको रेकर्डेड भिडियो, फेसबुक लाइभ अझै बाँकी छ।
  4. महाधिवेशन सम्पन्न गर्न विभिन्न जिम्मेवारीमा बसेका कुल आचार्य देखि धेरैजनक भगौटाहरुले तयारी बैठकमा बोलेको नोट, खिचिएको तस्बिर, उपस्थितिमा हस्ताक्षर गरेको प्रमाण जलेको छैन, बाँकी छ।
  5. बिधान बमोजिम तत्कालिन उपाध्यक्ष सोनाम लामाको संयोजक्त्वमा आयोजक समिति र अन्य ब्यबस्था गर्न प्राबिधिक, इभेन्ट, अनुगमन, निर्वाचन समिति जस्ता सबै बिधि पुरा गरेर अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह हुँदै १० औं महाधिवेशन सम्पन्न गरेको हो। यदि सरकार उपस्थित भएर बैधानिक हुने हो भने जनार्दन शर्मा को थिए?

नतिजा

  1. काठमाण्डौको होटल याक एण्ड यतिमा मार्च २२-२५, २०२२ मा सम्पन्न सो महाधिवेशनले बिनोद कुँवरको नेतृवमा नयाँ नेतृत्व चयन गरेको छ। उनीहरुलाइ निर्वाचन समितिले प्रमाण पत्र दिएको छ।
  2. मार्च २५, २०२२ मा डा घलेले नेपाल सरकारको मन्त्रलायलाइ निर्वाचित टिमको नाम र पद सहित आफूलाइ मन्त्रालयले लिखित रुपमा दिएको जिम्मेवारी पुरा भएको रिपोर्ट बुझाउनु भएको छ।
  3. बिनोद कुँवरको नेतृत्वले मार्च २७, २०२२ मा मन्त्रालयमा बिधान सहित निवेदन दर्ता गराएको छ।
  4. अध्ययन अनुसार मध्येपूर्वमा ५ देशमा मात्र एनआरएन संस्था बन्ने स्थिति छ। त्यसमध्ये ४ देशमा पुरा भैसक्यो। अब एउटा देश बाँकी छ। त्यो पनि छिट्टै बन्नेवाल छ।
  5. तीन देशमा पुरानो सहित ९ देशमा आफ्नो एनसीसी बनाएको छ। अब अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, जापान, थाइल्याण्ड, मलेसिया, युरोप सहित आधा दर्जन भन्दा धेरै देशमा एनआरएन नयाँ बन्दैछ।
  6. अक्टुवर ९, १० र ११, २०२२ मा काठमाण्डौमा बार्षिक साधारण सभा गर्न उपाध्यक्ष सुरेन्द्र सिग्देलको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ।
  7. भनिएको लामिछाने-महतो समुहमा बैधानिक रुपमा काम भएको थिएन। पहिलो कुरा त्यहाँ महाधिवेशन प्रतिनिधि नै बोलाइएको थिएन। लामिछाने-महतोले आफैंलाइ सर्वेसर्वा मानेर अध्यक्ष मण्डल घोषणा गरे र आफूहरु त्यो मण्डलको महामण्डले र मण्डले भएको घोषणा गरे।
  8. मण्डलका महामण्डले पूर्व अध्यक्ष उपेन्द्र महतोले एउटा पदाधिकारीको लिष्ट तयार पारे।
  9. निर्वाचनको मापदण्ड बिधान अनुसार नगरेर एउटा घोषणा बनाए। बिधान संसोधन गरेर तत्काल लागु हुने प्राबधान संघको बिधान २०२१ मा संसोधन प्राबधानले दिएको छैन।
  10. बिधान भन्दा महामडले माहतो या अरु कोहि पनि छैन।
  11. भनिएको महाधिवेशनमा उपस्थित नै नभएका व्यक्ति कसरी पदाधिकारी भए ?
  12. मनोनयन नै दर्ता नगर्ने व्यक्ति कसरी पदाधिकारी भए ?
  13. मेरो नाम नराख्नु भन्दै लेख्नेलाइ पनि पद भिराएर उल्टै पैसा तिरेन भनेर बेइजति गर्ने अधिकार कसले दियो?
  14. भनिएको पत्र भन्दा धेरै महिला उपाध्यक्ष, युवा उपाध्यक्ष कसरी आए ?
  15. त्यसैले, यी गंभिर प्रश्नको जवाफ नभएपछि उनीहरुले काठमाण्डौमा उपस्थित भएर मनोनयन गर्ने र अनलाइबाट पहिला नै मनोनयन गर्ने बाहेक सबैलाई पजनी गर्ने तयारी गरेको कुरा श्रोतले बताएको छ।

सवाल-जवाफ

  1. संघको १० औं महाधिवेशन सम्पन्न भएको छ, बिनोद कुँवरको नेतृत्वमा नेतृत्व चयन भएको छ। अब अर्को १० औं महाधिवेशन हुनेवाला छैन। बिधि र बिधान अनुसार नेपाल सरकारको पत्र अनुसार नै सम्पन्न भएको महाधिवेशन नभएर कुन बैधानिक हुन्छ त ?
  2. अब बार्ता र सार्ता कुरा हुने कुनै गुञ्जायस र कारण छैन। आधिकारिक संघ भएकाले ढोका सबैलाइ खुला गरिएको छ, जो आउन चाहन्छ फुलको माला जो आउन चाहँदैन धन्यवाद।
  3. नेपालको एनआरएन ऐनमा २५ देशका ५० जना या सो सरहको प्रतिनिधित्व हुने गरेर तयार भएको नेतृत्व जतिवटा पनि दर्ता हेन कानुन छ।
  4. अब लामिछाने-महतो समुहले नयाँ एनआरएनको रुपमा अर्को निवेदन दर्ता दिएभने त्यो भने पाउन सक्छन नयाँ रुपमा।