-एनआरएनए अध्यक्ष कुँवरको नेतृत्वमा प्रतिनिधि मण्डलद्वारा विभिन्न मन्त्रालयमा भेटघाट

एनआरएनए अध्यक्ष कुँवरको नेतृत्वमा प्रतिनिधि मण्डलद्वारा विभिन्न मन्त्रालयमा भेटघाट

Hollywood Khabar February 15,2023 Comments

१. गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा गएको प्रतिनिधि मण्डलद्वारा माननीय डा विमला राई पौडेल, परराष्ट्र मन्त्री संग भेट गरेको छ। संघको प्रतिनिधि मण्डलमा महासचिव जानकी गुरुङ्ग, युरोप क्षेत्रिय संयोजक उल्का घिमिरे, यूवा ब¥याण्ड एम्बेसिडर, दिपेश खत्रि र संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेट गरी संघका गतिविधिहरु बारे जानकारी गराउदै संघले परराष्ट्र मन्त्रालयको पटक पटकको लिखित निर्देशन, एनआरएन ऐन २०६४ र नियमावली २०६६, अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८२ औं बैठकको निर्णय र ४५ भन्दा बढी राष्ट्रिय समन्वय परिषद्हरुको अनुरोधमा संघको विधान २००३ (२०२१ को संसोधन सहित) को पूर्णरुपमा पालन गर्दै मार्च २२ देखि २५, २०२२ मा होटेल याक एण्ड यति काठमाण्डौंमा सम्पन्न गरेको १० औं एनआरएनए अन्तर्राष्ट्रिय महाधिवेशनबाट सर्वसहमति सहित पारित संघको विधान २००३ (२०२२ को संसोधन सहित) लाई हाल सम्म पनि परराष्ट्र मन्त्रालयले प्रमाणिकरण नगरेकोले यथासिग्रह प्रमाणिकरणको लागि समेत हार्दिक अनुरोध गर्नु भयो।

१० औं एनआरएनए अन्तर्राष्ट्रिय महाधिवेशनको प्रतिवेदन हस्तान्तरण गर्दै संघको आसन्न बार्षिक साधारण सभामा प्रमुख अथितिको रुपमा निमन्त्रण ग¥यो्। अध्यक्ष कुंवरले नेपाली नागरिक्ताको बिषयमा समेत मन्त्रीज्यूलाई अवगत गराउदै सम्पूर्ण गैरआवासीय नेपालीहरुको चहाना नेपाली नागरिक्ताको निरन्तर्ता नै भएकोले संविधानको र्मम अनुसार यसकै पहल गरिदिन समेत अनुरोध गर्नुभयो।

मन्त्री पौडेलले गैरआवसीय नेपालहरुका नेपाल प्रतिको समिप्यताले आफूनिकै प्रभावित भएको र यसरी सबै गैरआवासीय नेपालीहरुको चहान नेपाल र स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको समृद्धि भएता पनि यसरी संघ विभाजि हुनु दुःखको कुरा भएको अभिव्यक्ती दिनुभयो । उहाले संघको १० औं काठमाण्डौं महाधिवेशनबाट पारित संघको विधान २००३ (२०२२ को संसोधन सहित) को मन्त्रालयबाट प्रमाण्किरण गर्ने सम्बन्धमा मुद्दा सम्मननीय सर्वोच्च अदालतमा बिचाराधिन रहेको अवस्थामा केहि भन्न नमिल्ने जानकारी गराउनुभयो र यस्तो अवस्थामा कसैलाई पनि अधिकारिक्ता प्रधान गर्न नहुने बताउनु भयो। संघको आसन्न बार्षिक साधारण सभामा प्रमुख अथितिको रुपमा निमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै सो समय आफू नेपालमै रहेको आवस्थामा सहभागी हुन सक्ने अवगत गराउनुभयो ।

उहाले गैरआवासीय नेपाली नागरिक्ता सम्बन्धमा आफू जानकार रहेको र यस बिषयमा संसदमा पुन छलफल हुने भएकोले यसलाई कसरी व्यवहारिक र सरल कार्यान्वयन तर्फ लान सिकिन्छ, त्यस तर्फ आÏनो ध्यान केन्द्रीत हुने वताउनुभयो ।

२. गैरआवासीय नेपाली संघका अध्यक्षको माननीय ध्रुब बहादुर प्रधान, कानून, न्याय तथा संसदीय मामिला मन्त्री संग भेट ।

गैरआवासीय नेपाली संघका अध्यक्ष, विनोद कुंवरको नेतृत्वमा गएको संघको एक प्रतिनिधि मण्डलले माननीय ध्रुब बहादुर प्रधान, कानून, न्याय तथा संसदीय मामिलामन्त्री संग भेट गरी गैरआवासीय नेपाली नागरिक्ताको निरन्तरताको बिषयमा छलफल ग¥यो।

अध्यक्ष कुंवरले नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिक्ताको व्यवस्था गरेकोले यसलाई हालको संसदले प्राथमिक्ताका साथ कार्यान्वयनमा लान अनुरोध गर्नुभयो र नया“ नागरिक्ता प्रदान गर्नु भन्दा पनि पहिलेनै वंशजको आधारमा प्राप्त गरिसकेको नेपाली नागरिक्तालाई नै निरन्तर्ता दिंदा सहज र उपयुक्त हुने देखिएकोले नेपालको नागरिक्ता ऐन २०६३ मा व्यवस्था गरिएको प्रावधान कुने नेपालीले विदेशी नागरिक्ता लिएको खण्डमा उनको नेपाली नागरिक्ता स्वत खारेज हुने, संसोधन गर्न सुझाव दिनुभयो ।

मन्त्री प्रधानले गैरआवासीय नेपालीहरुका नागरिक्ता सम्बन्धि देखिएको प्राविधिक कठिनाई वारे अवगत भएको र यसलाई गैरआवासीय नेपालीहरुका चहाना र संविधानको मर्म अनुसार पहिले संसदले पारित गरिसकेको विध्यकमा केहि संसोधन गर्ने कार्यहरु भईरहेको र यसलाई संसदले प्राथमिक्ताका साथ छिटै परित गरी कार्यान्वयनमा ल्याउन आफूमात्र नभई सिंगो संसदनै कृयाशिल रहेको जानकारी गराउनुभयो।

३. गैरआवासीय नेपाली संघका अध्यक्षको माननीय राजेन्द्र प्रसाद लिङदेन, उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री संग भेट ।

संघका अध्यक्ष विनोद कुंवरको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय राजेन्द्र प्रसाद लिङदेन संग भेट गरी गैरआवासीय नेपालीको नागरिक्ता सम्बन्धमा संघको तर्फबाट नेपाली नागरिक्ताको निरन्तर्ता बारे अवधारणा व्यक्त गर्दै वंशजको आधारमा लिइसकेको नागरिक्ता कायम गरेको खण्डमा सरल र न्यायिक हुने औंलाउनुभयो।

उहाले नेपाल सरकार, एमआईटी ग्रुप फाउण्डेशन र ग्लोवल एनआरएन फउण्डेशनको तर्फबाट संयुक्त रुपमा एनआरएन दिवश २०२२ को उपल्क्षमा आयोजना गरिएको नेपाल ग्रिन हाईड्रोजन समिट बारे जानकारी गराउनु भयो र त्यस समिटको प्रतिवेदनमा औंलाईएका सुझावहरु मन्न्गर्दै आगामी दिनहरुमा ग्रिन हाईड्रोजन सम्बन्धि नीति नियमहरु तर्जुम गर्दैकायान्वयनमा ल्यान अनुरोध गर्नु भयो र समिटको प्रतिवेदन समेत हस्तान्तरण गर्नु भयो ।

उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री लिङदेन गैरआवासीय नेपालीहरुको नेपालको बिकास र समृद्धिमा अहम भूमिका हुने र उहा“हरुको सिप, ज्ञान र लगानी नेपाल भित्राउन नेपाल सरकारले आवश्यक नीति तथा नियमहरु निर्माण गरी कार्यान्वयन ल्याउन लागेको जानकारी गराउनुभयो।

गैरआवासीय नेपाली नागरिक्ताको बिषय कार्यान्वयन ल्याउन संसदले पहलहरु थलिसकेको र छुट्टै नागरिक्ता दिने वा वंशजको आधारमा प्राप्त नागरिक्तालाई नै कायम गर्ने त्यो बहशको बिषय हुन सक्ने वताउ“दे संसदले उपयुक्त निर्णय लिने जानकारी गराउनुभयो ।

उहाले समृद्ध नेपालको निर्माणमा नेपालको जलस्रोतको अहम भूमिका हुने र यसको बिकासमा नेपाल सरकार कटिबद्ध रहेको र ग्रिन हाईड्रोजनको बिकास, उत्पादन तथा बजारिकरणलाई प्रवर्धन गर्ने खालका नीति नियमहरु नेपाल सरकारले आगामी एक महिना भित्र तर्जुमा गरी कार्यान्वयन ल्याउने प्रतिवद्धता व्यक्त गर्दै यसको बिकस, उत्पादन तथा बजारिकरणमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई आवहान समेत गर्नु भयो ।

गैरआवासीय नेपाली संघ सचिवालय,

काठमाण्डौं ।

मितिः २ फाल्गुण, २०७९