-गैरआवासिय नेपाली संघ क्यानाडा ग्लोवलको तदर्थ समितिको पूर्णता, सेप्टेम्बरमा नर्थ अमेरिका भेला गर्ने

गैरआवासिय नेपाली संघ क्यानाडा ग्लोवलको तदर्थ समितिको पूर्णता, सेप्टेम्बरमा नर्थ अमेरिका भेला गर्ने

Hollywood Khabar August 02,2022 Comments

मे २३, २०२२ मंगलबार हाइब्रिडमा कुन्दन घिमिरेको संयोजकत्वमा गठन गरिएको तदर्थ समितिले करिब एक महिना पछि जुलाई २४ मा पूर्णता पाएको हो। कुन्दन घिमिरेको अध्यक्षतामा पदाधिकारी सहित ३३ सदस्य कार्यसमिति गठन भएको छ। गैरआवासीय नेपाली संघ क्यानाडाको दर्ता गैरआवासिय नेपाली संघ क्यानडा ग्लोवल नाममा भैसकेको छ।

टिम क्यानाडा र अन्तराष्ट्रिय परिषदका अध्यक्ष बिनोद कुँवर, सचिव कृष्ण के सी, क्षेत्रीय संयोजक कृष्ण पोख्रेल, कार्यकरी निर्देशक राजेश राणा, क्यानाडाबीच एक जुम बैठक सम्पन्न भएको छ। जुलाई ३१, २०२२ आइतबार सम्पन्न सो बैठकमा परिचय, सहकार्य साझेदारीमा कसरी जान सकिन्छ, पछिल्ला गतिबिधि लगायत बिषयमा जानकारी भयो। अब टिम क्यानाडा र संघको अन्तराष्ट्रिय परिषदबीच साझेदारी संझौतामा हस्ताक्षर गरिने योजना रहेको छ। त्यसपछि क्यानाडाले आधिकारिक रुपमा सदस्यता वितरण देखि सबै कार्य सुरु गर्नेछ।

क्यानाडामा सभापति सेरमनियल हुने गर्दछन र बैठकको अध्यक्षता गर्ने गर्दछन। कार्यकरी अधिकार चाहिं अध्यक्षमा हुने गर्दछ। सहज भाषामा बुझ्नुपर्दा सभापति र अध्यक्ष भनेको राष्ट्रपति र प्रधानमन्त्री जस्तो हो।

यस सुखद नतिजा ल्याउनको लागि अत्यन्तै अहम भूमिका खेल्नु भएकोमा अन्तराष्ट्रिय परिषद सदस्य रश्मि थापालाइ संघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ, संघका अध्यक्ष बिनोद कुँवरले सो बैठकको अबसारमा बताउनु भएको हो।

क्यानाडाबाट प्राप्त खुशीको खबर जस्ताको तस्तै

आज मिति जुलाई २४ तारिकका दिन गैरआवासिय नेपाली संघ ग्लोवल क्यानाडाको तदर्थ समितिका संयोजक कुन्दन घिमिरेकोको अध्यक्षतामा संघको अन्तराष्ट्रिय परिषद सदस्य रस्मी थापाको प्रमुख आतिथ्यमा बसेको बैठक तथा भेलाले गैरआवासिय नेपाली संघ क्यानाडा ग्लोवलको पूर्ण कार्यसमिति गठन गरी तपसिलमा उल्लेखित निर्णयहरु गरिएको छ:

नव गठित कार्यसमितिको नामावली यसप्रकार रहेको छ ।

  1. अध्यक्ष-कुन्दन घिमिरे
  2. सभापति-अन्जनी भट्टराई
  3. उपाध्यक्ष-आशिर्वाद सुबेदी
  4. उपाध्यक्ष-एमि कर्मचार्य (जिटीए)
  5. उपाध्यक्ष-रन्जिता गिरी (टिमिसन)
  6. उपाध्यक्ष-राजेश शर्मा (क्यालगेरी)
  7. उपाध्यक्ष-सुमन पौडेल उपाध्यक्ष
  8. महासचिव-सन्तोष बिश्वकर्मा
  9. रचिव तथा प्रवक्ता-दुर्गा सुवेदी
  10. कोषाध्यक्ष-शनी हेल्मु
  11. सहकोषाध्यक्ष-प्रतिमा प्रधान
  12. सदस्य-कुसाङ शेर्पा
  13. सदस्य-पेम्वा शेर्पा
  14. सदस्य-बिसन सिङ खड्का, (संयोजक खेलकुद समिति)
  15. सदस्य-शोभा तामाङ
  16. सदस्य-राजेश शर्मा
  17. सदस्य-सर्वण कुमार सोप
  18. सदस्य-नारायण खनाल
  19. सदस्य-सुनिल उपाध्याय
  20. सदस्य-अशोक यादव
  21. सदस्य-आनन्द अर्गेजा
  22. सदस्य-होम कुमार श्रेष्ठ
  23. सदस्य-डोल्मा लामा
  24. सदस्य-बेल गुरुङ्ग- सदस्य
  25. सदस्य-सुनिता राउत
  26. सदस्य-संसाय तामाङ्ग
  27. सदस्य-दावा सेर्पा
  28. सदस्य-उर्मीला दाहाल
  29. सदस्य-मदन पराजुली
  30. सदस्य-बिना कार्की
  31. सदस्य-गोपाल थापा
  32. सदस्य-दर्शन दियाली
  33. सदस्य-यूनेस गिरी
  34. सदस्य-प्रकाश सेरपाइली

त्यसै गरी गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ७ औं बैठकबाट क्यानाडा निवासी एनबी टनडन अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा मनोनित हुनुभएको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेको छ।

२०२२ जुलाई ३० गते ग्लोवल एनआरएनए क्यानाडाको तपसिलमा उल्लेखित ब्यक्तिहरुको उपस्थितिमा भएको भौतिक तथा जुममा भएका निर्णले केन्द्रसँग समन्वय गरी ग्लोवल एनआरएनए क्यानाडाको लोगो, लेटरहेड बनाउने। संस्थाको फेसबुक आईडी समेत बनाउने। सथै वेवसाइट तयार भएपछि सो को रेकर्ड राख्ने।

यसका साथै आइसीसँग गरिएको बैठक अनूरुप आगामी सेप्टेम्वर ९ र १०, २०२२ मा नर्थअमेरिका सम्मेलन क्यानाडामा गर्ने सहल्लाह अनुरुप आसीसी सदस्य रस्मी थापाको संयोजत्वमा सभापति, अध्यक्ष, बरिष्ठ उाध्यक्ष र कोषाध्यक्ष सहितको तयारी समन्वय समिति निमार्ण गरिएको छ।

उक्त समितिले स्थान स्रोत तथा केन्द्र पाहुना तथाको बिषयमा केन्द्रसँग समन्य गरी आवश्यक सबै तयारी गर्ने निर्णय गरिएको छ। आवश्यक तयारी गर्न एक अवधारण पत्र निमार्ण गर्न उपाध्यक्ष सुमन पौडेल र महासचिव सन्तोष बिश्वकर्मालाई जिम्मेवारी दिईएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा तदर्थ समिति गठन