-एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

Hollywood Khabar August 13,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अगष्ट ६, २०२२ मा सम्पन्न साधारण सभाले सँस्थाकै अध्यक्षलाइ बाइपास गरेर पञ्जीकृत सदस्यहरुको ४० हजार पाउण्ड बिना सल्लाह नेपाल पठाएपछि कोषाध्यक्ष बिष्णु खरेललाइ नै निलम्बन गरेको थियो।

त्यसपछि एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेल गायब भएको कुरा एनआरएनए यूकेले जनाएको छ। यतिमात्र होइन उनले अफिस राखिएको घरको यूटीलिटी बिल पनि नतिरेको जनाएको छ। हाल सम्म संघले झण्डै २५ सय पाउण्ड बील तिर्न बांकी रहेको कुरा जनाइएको छ। उनले एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई असफल तुल्याउन नियोजित तरिकाले यस्तो गरिएको सुत्रको दावी छ।

कोषाध्यक्ष संघको बैंक अकाउन्ट आफ्नै झैं गोजीमा राखेर गायब छन भने अफिसमा पैसा नतिरेर बिजुली काटिएको छ, एनआरएनए यूके अध्यक्ष गाहामगरले भने। यस्तो लाजमर्दो स्थिति छ कि बेलायत जस्तो ठाउंमा बत्ति छैन्। हामीले अहिले साथीको घरबाट एक्सटेन्सन मार्फत बत्ति ल्याएर काम गरिरहेको छु।

अध्यक्ष प्रेम गाहामगरले नेतृत्व सम्हालेको गत ६ अगष्टमा एक वर्ष पुरा भइ वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ। एनआरएनए यूकेको विधान बमोजिम कोषाध्यक्षले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नु पर्नेमा विष्णु खरेल उपस्थित भएनन्। उनले विधान विपरित विगत एक बर्षमा अहिलेसम्म एकपटक पनि संघको हिसाव किताव देखाएका छैनन्। बैंकको ठेगाना उनले आफ्नै घरको प्रयोग गरेका छन्।

२५ जुन, २४ जुलाइ र ४ अगष्ट, २०२२ मा सम्पन्न संघको कार्यसमिति बैठकमा जिम्मेवारी प्रदान गरि फलोअप हुंदा कोषाध्यक्ष खरेलले साधारणसभामा आयव्यय विवरण प्रस्तुत गर्ने वाचा गरेका थिए। उनले साधारणसभा हुने स्थान अल्डरसटस्थित एम्पायर हलका मालिक पुरन गिरीलाई फोन गरि आफ्नो सुरक्षाका लागि सेक्यूरिटी गार्ड राखिदिन अनुरोध गरेपछि ६३० पाउण्ड तिरेर ४ जना सेक्युरिटी गार्ड समेत हायर गरिएको थियो। तर, अन्तिम घडीमा उपाध्यक्ष नारायण कंडेलको उक्साहटमा विद्रोह गरि खरेल साधारणसभामा उपस्थित नै भएनन्।

४ पटकका बैठकमा सहमति जनाएर पनि साधारणसभामा नआउने, प्रायोजकले दिएको ३७०० पाउन्ड समेत आँफैँ राख्ने अनि साधारणसभामा भएको खर्च पनि नतिरेर खरेलले गैर जिम्मेवारीपूर्ण काम गरेको अर्का पदाधिकारीले बताए।

खरेलले बेलायतको च्यारिटी कमिसनको कोड अफ कन्डक्ट विपरित र अध्यक्ष गाहामगरको जानकारी बिना विधानको धारा ३३ को उपधारा ३ विपरित एनआरएनए आइसीसीको नाममा ३९ हजार २८५ पाउण्ड ७३ पेन्स रकम नेपाल पठाएका थिए।

बेलायतका पञ्जीकृत सदस्यहरुबाट संकलित रकम बिना सल्लाह नेपाल पठाएको, संघको आर्थिक हिसाव किताव पारदर्शी ढंगले नराखेको, अहिलेसम्म आयव्यय विवरण प्रस्तुत नगरेको र पदको दुरुपयोग गरि संघको बैंक खाता व्यक्तिगत रुपले प्रयोग गरिरहेको भन्दै साधारणसभाले कोषाध्यक्ष खरेललाई निलम्बन गरि नेपाल पठाएको पब्लिक फण्ड २८ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ। उक्त रकम फिर्ता नभए कानूनी कारवाही गर्ने चेतावनी पनि संघको छ।

खासगरी बेलायतमा यस्तो घटना २०१९ देखि सुरु भएको हो। सो कार्यकालमा पनि राम शरण सिम्खडा र एनआरएनमा किर्ते गर्नमा प्रमाणित भएका निवर्तमान महासचिव डा हेमराज शर्माको निर्देशनमा निवर्तमान कार्यकालको पैसा पनि झ्वाम पारिएको बताइन्छ। सो हिसाब अहिले सम्म पनि हस्तान्तरण नगरिएको बुझिएको छ।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित