-एनआरएनए अमेरिकाले ११२ औं अन्तराष्ट्रिय नारी दिवस आयोजना गर्दै

एनआरएनए अमेरिकाले ११२ औं अन्तराष्ट्रिय नारी दिवस आयोजना गर्दै

Hollywood Khabar February 08,2022 Comments

सरु शर्मा, अमेरिका, फेब्रवरी ८, २०२२

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले नेपाली अमेरिकी महिलाहरुको लागि ११२ औं अन्तराष्ट्रिय नारी दिवसको कार्यक्रमको आयोजना गर्ने भएको छ।

एनआरएनए एनसीसी अमेरिकाकी उपाध्यक्ष दिक्षा बस्नेतका अनुसार कार्यक्रम महिलाका जटील समस्या र चुनौती जस्ता गहन बिषयमा छलफल गरिने तयारी गरिंदै छ। यो पटक छलफल मात्र नभएर केहि गरिबिधिहरुको योजना समेत गरिने भएको छ।

मार्च १२, २०२२ शनिबार हुने उक्त कार्यक्रमलाई सफल पार्न महिला संयोजक सुन्दरी गुरुङको संयोजकत्वमा आयोजक समिति समेत बनाइएको छ। कार्यक्रममा कार्यसमितिका बिशेष गरी महिला नेत्रीहरु उपाध्यक्ष दिक्षा बस्नेत, सचिव सुनिता कन्डेल, बोर्ड सदस्य शान्ति पौडेलको प्रमुख भूमिका रहने बताइएको छ।

त्यसैगरी ११२ औं अन्तराष्ट्रीय नारी दिवसको भब्य रुपमा सम्पन्न गर्न तयारी छलफ र बिषयगत छलफल पनि सुरु गरिएको छ। महिला शसक्तिकरण्, सहभागिता र प्रबासमा महिलाका समस्या, भूमिका लगायत बिषयमा छलफल र अन्तर्कृया हुनेछ।

कार्यक्रम बिहान अमेरिकाको पुर्बिय समय ९:०० बजे शुरु गरिने छ। कार्यक्रम एनआरएनए एनसीसी अमेरिकाको अफिसियल फेसबुक पेजबाट लाइभ समेत गरिनेछ। एनसीसी अमेरिकाले सबैलाई Zoom मा हार्दिक निमन्त्रणा गरेको छ।