-अधिवक्ता प्रकृति कार्की

गैरआवासीय नेपाली संघद्वारा वैदेशिक रोजगारमा न्यायपुर्ण उद्धारका प्रयास

Hollywood Khabar August 03,2022 Comments

विज्ञप्ति

गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा बसेको बैठकले वैदेशिक रोजगारमा दशकौं बिताउनु भएका धरम के सीको सोच र प्रस्तावलाइ उहाँकै नेतृत्वमा वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति गठन गर्ने निर्णय गरेको थियो। तत्पश्चात धारम के सीकै सोच र प्रस्ताव अनुसारको यो योजना सुरु गरिएको छ।

परियोजनाको लागि आवश्यक पर्ने अधिवक्ता एकमा अधिवक्ता प्रकृति कार्कीलाइ अगष्ट १, २०२२ देखि काम सुरु गर्नेगरी नियुक्ति दिन जुलाई १६, २०२२ को बैठकले निर्णय गरेको थियो। सोहि अनुसार अधिवक्ता कार्कीले काम सुरु गर्नुभएको छ।

कार्की वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति (FEMWWC) को सदस्य सचिव तथा संस्थाको लिगल कन्सल्ट्याण्ट (कानुनी परामर्शदाता) का हैसियतमा काम गर्नेगरी नियुक्त हुनुभएको छ। वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिका संयोजक तथा संघका सल्लाहकार धरम के सी, वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति, गैरआवासीय नेपाली संघ अधिवक्ता कार्कीलाई हार्दिक बधाई र स्वागत छ।

अब सेवाग्रही नेपाली मुलका पीडित कामदारहरू लगायत हाम्रो यस वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति/कार्यदल र सरोकारवालाहरूसंग आधिकारिक रुपमा संचार, समन्वय र सहयोगको लागि अधिवक्ता कार्कीसँग support@globalnrna.org मा इमेल गर्न सक्नुहुनेछ।

त्यसैगरी फोन # +977 9825360224 मा Whatsapp, Viber, IMO समेत गर्न सक्नुहुनेछ। फोनमा नेपाली समय अनुसार बिहान ७-९ बजे र बेलुका ८-१० बजे प्रत्यक्ष सम्वादका लागि अधिवक्ता कार्की उपलब्ध हुनुहुने भएको छ।

प्राप्त केशहरुको प्रकृति हेरिकन उहाँले २४ घण्टा भित्रमा जवाफ दिनुहुनेछ। यसका साथै आवश्यक पर्दा महत्वपूर्ण केशहरूलाइ वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण कार्यदल (FEMWWC) र संघका कार्यकारी निर्देशक राजेश राणा, संघका बदधिकारीहरु सँग समेत शेयर गर्नुहुने छ।

आगामी शुक्रबार, अगष्ट ५, २०२२ मा कार्यदलको पहिलो बैठक बस्ने भएको छ। कार्यदलका कार्ययोजना र अब हुने कृयाक्लापहरूबारे बैठक पश्चात सार्वजनिक गरिने कुरा संयोजक धरम के सीले जानकारी दिनु भएको छ।

सचिवालय

गैरआवासीय नेपाली संघ

अगष्ट ३, २०२२