-एनआरएनए आइसीसीको अमेरिकाज रिजनको क्षेत्रीय बैठक सम्पन्न

एनआरएनए आइसीसीको अमेरिकाज रिजनको क्षेत्रीय बैठक सम्पन्न

Hollywood Khabar October 29,2022 Comments

गैरआवसीया नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को अमेरिकाज क्षेत्रको बैठक सम्पन्न भएको छ।

गैरआवसीय नेपाली संघका अन्तराष्ट्रिय परिषदका पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यतामा भएको बैठक संघको अन्तराष्ट्रिय परिषदका अध्यक्ष बिनोद कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकमा संघका पदाधिकारी, सदस्य, क्षेत्रका क्यानाडा र अमेरिका दुवै देशका पदाधिकारी र संघका कार्मचारी समेत उपस्थित हुनुहुन्थ्यो।

बैठकमा प्रमुख अतिथिको रुपमा डा शेष घलेले एकदम प्रेरणादायी रुपमा एनआरएनए सँस्था, एनआरएनहरुका बिषय, नेपाल र नेपाली अनि आफ्नो बसेको देशमा गर्ने काम, ग्रिन हाइड्रोजन समिट लगायतका बिषयमा बोल्नुभयो।

उहाँले संघ-सँस्था राम्रो कामको लागि सुरु गरिन्छ अनि त्यसले सहि दिशामा अगाडी जाँदा, सिक्दै, परिमार्जन गर्दै र सुधार्दै जानुपर्ने हो। तर हाम्रो सँस्था सुरु भएको २० बर्षमा पनि हामीले त्यो पुरा गरेनौं। त्यसैले सँस्था बिकासको रुपमा जाँदा इभोलुशनको रुपमा अलिकति टर्निङ्ग पोइण्ट आएको हो। अब हामी यसैमा अल्झेर समय नष्ट गरेर बस्ने भन्दा पनि सहि काम गर्दै अगाडी जाने हो। संघलाइ अब बिनोद कुँवरजीको नेतृत्वले राम्रोसँग अगाडी लिएर जाने कुरामा हाम्रो विश्वास रहेको छ, उहाँले भन्नुभयो।

हामीले केहि समय पहिला काठमान्डौमा पहिलो पटक नेपाल सरकारसँग एमआइटी फाउण्डेशन र एनआरएनए फाउण्डेशनको आयोजनामा गरिएको थियौ। त्यसमा विभिन्न संघ-संस्थाहरु सहभागी थिए। त्यसको रिपोर्ट पनि आउंदैछ। त्यो अत्यन्तै सफल र नितान्त आवाश्यक रुभएको कार्यक्रम हो। यसको फिडब्याक राम्रो रुपमा आएको छ। अब दोश्रो सम्मेलन जनवरी २०२३ मा गर्ने तयारी हुँदैछ। त्यो समयसम्म प्रोजेक्ट पनि तयारी हुने बिश्वास रहेको छ।

अर्को महत्वपूर्ण कुरा उहाँले नेपालमा गर्ने लगानीका बिषयमा सामाजिक जिम्मेवारी पनि जोडिएको र त्यो अनुसार गर्नुपर्ने कुरामा जोड दिनुभयो। नेपालमा मात्र होइन एनआरएनएको विस्तारससंगै संभव भएका देशमा एनआरएनएकै मातहतमा ग्लोबल एनआरएन फाउण्डेशन पनि बन्दै जाने कुरा हो। अर्को कुरा नेपालमा मात्र होइन आफू बसेको देशमा पनि नेपाली समुदायको लागि काम गर्ने कुरामा समेत जोड दिनुभयो।

संघका अध्यक्ष बिनोद कुंवरले हालसम्मका गतिबिधि, संघको महाधिवेशन र आधिकारिकताका बिषय अनि नयाँ योजनाहरुबारे जानकरी दिनुभयो। यसका साथमा एनआरएनएको भवन पनि पूर्व अध्यक्ष शेष घलेज्यूको बिशेष योगदान र हामी सबैले पनि त्यसमा योगदान गरेका छौं। त्यो छोडेर गएका हैनौं र संघमा हाम्रो आधिकारिकता छ र अन्यथा हामी छोडेर जाने र बिर्सने होइन भन्ने जानकारी दिनुभयो। उहाँले अब सदस्यता वितरण देखि आगामी कार्यक्रमहरुबारे समेत जानकारी दिनुभयो।

गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले अहिलेसम्म गरेका गतिबिधिहरु र संघको धारणा, वर्तमान समयमा उठेका बिषयहरुबारे संघकी अन्तराष्ट्रिय परिषदकी महासचिव जानकरी गुरुङले जानकारी गराउनु भएको थियो।

क्षेत्रका गतिबिधिबारे क्षेत्रीय संयोजक (आरसी) कृष्ण पोख्रेलले जानकारी गराउनु भयो। बैठकमा क्यानाडाका अध्यक्ष कुन्दन घिमिरे र अमेरिकाका अध्यक्ष सुर्य लम्साल र अन्य जिम्मेवारीमा रहनु भएका व्यक्तिहरुले आ-आफ्ना देशका गतिबिधि र आगामी योजनाबारे प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको अन्तमा सबैको लागि छलफल गर्न फ्लोर ओपन गरिएको थियो।