-एनआरएनएको एकीकरण किर्तेमण्डलीको भ्रम मात्र, असली कुरा अर्कै छ

एनआरएनएको एकीकरण किर्तेमण्डलीको भ्रम मात्र, असली कुरा अर्कै छ

Hollywood Khabar January 07,2023 Comments

-कृष्ण के सी, अमेरिका, जनवरी ७, २०२३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रसङ्ग

  • पहिलो स्पष्ट कुरा गैरआवासीय नेपाली संघ एउटा हुने संभावना, आवश्कयता र स्थिति कुनै पनि छिन। केवल ध्रुवीकरण सुरु भएको हो। यो २०२७ मा पुग्दा किर्ते पक्षको निमिट्यान्न हुन्छ अनि केहि पनि गर्नुपर्दैन।
  • आज जनवरी ७, २०२३ नयाँ बर्षको पहिलो शनिबार। खासमा यो लेख मैले डिसेम्बर ३१, २०२२ अर्थात गत बर्षको अन्तिम दिन शनिबारको लागि तयार गरेको थिएँ। सायद गतबर्ष हामी सबै एनआरएनहरुमा सुर्यपुत्र शनिजीको शंकट रहेछ होला। आजैबाट त्यो समाप्त भएको होस्। उसैपनि स्वस्थानीको माशिक सुरु भएको छ। अबको समय सुद्ध हुनेमा बिश्वास गरौँ।
  • हरेक आमाबाबु जस्तै उनीहरुका सन्तान पनि हुन्छन या हुँदैनन भन्ने दुवै जिकिर सहि होइन होला। अन्यथा उज्याला सुर्यका पुत्र शनिजीलाइ किन अँध्यारो हुनुपर्थ्यो। कौराव र पाण्डव पनि एउटा परिवारका थिए फरक किन भए ? एउटै आमाका सन्तान प्रिन्स विल्यम र प्रिन्स ह्यारी को पनि त कथा फरक रुपमा पर्दाफास भयो।
  • हाम्रो नेपाली आख्यान छ, काजीका छोरा पाजी र पाजिका छोरा काजी। यस्ता लाखौँ, करोडौं ज्ञानीहरुका सन्तान उच्च ज्ञानी र महापापी पनि भएका छन्। साधारण परिवारबाट आएको व्यक्ति विद्वान भएका छन्। त्यसैले हामीमा पनि पैत्रिक-मात्रिक गुण, स्वभाव अनि कर्म आउन या नआउन दुवै सक्छ। हाम्रो गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि यस्तै भएको छ भन्ने मलाइ मान्नु छ।

गैरआवासीय नेपाली संघमा किर्तेमण्डलीको भ्रम

  • अर्को कुरा, जति अध्यक्ष सयौं अध्यक्ष कार्यसमिति बनाए पनि त्यो होटल याक एण्डमा भएको आधिकारिक १० औं महाधिवेशनमा गएर बनाउनु पर्थ्यो। मन्त्रलायले भनेको पनि यहि हो, अन्यथा तोरी लाउरे ६ महिनामा घर फर्केर साथीभाइलाइ कहानी दियेक जस्तो मात्र हो।
  • गैरआवासीय नेपाली संघमा एउटा सानो जिम्मेवारीमा भएकाले होला या किन हो कुनी धेरैजनाले म आफूलाइ कल गरेर नै सोधे। उसो त फोनमा कुरा हुनु, शुभकामना दिनु र हाइ-हेलो गर्नु व्यक्तिगत कुरा हुन्। तर अहिले सम्म कुनै औपचारिक या अनौपचारिक रुपमा यस बिषयमा कुनै छलफल र बिषयले प्रवेस गरेको नै छैन।
  • हामीहरुलाई त्यो भुल-भुलैयाको कथा वाचन गर्नु आवश्यक पनि छैन। हामी आफैं कानुनी र बैधानिक बाटो गएका छौं। यस्तो कुतन्त्र संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेलाइ मात्र काम लाग्छ।
  • कुरा यति मात्र हो की एनआरएनएका संस्थापक महासचिव तथा पूर्व महामहिम राजदूत भिम उदासले बिगतमा तत्कालिन सरकार र अन्य क्षेत्रले गल्ति गरे। अब यसरी हुँदैन के गर्दा सबैजना एकै ठाउँमा अटाउँछन् त्यसका लागि आफूले प्रयास गर्ने भन्ने प्रश्न गर्नु भएको हो।
  • डा महतोले गैरकानुनी रुपमा पद, सत्ता र शक्ति लोभ, दवाव इत्यादीले गएका झुण्डलाइ कसरी बिनोद कुँवर नेतृत्वको संघमा प्रवेस दिन सकिन्छ भनेर छलफल गरौँ भन्नुभएको हो। उहाँ थुप्रै बर्ष देखि एनआरएन होइन। तर पूर्वएनआरएन तथा संघका संस्थापक महासचिव हुनुहुन्छ। संघभित्र भिम उदासलाइ सबैले सम्मान गर्छन। एउटा संस्थापक अभिभावकको रुपमा पहल गर्छु भन्ने उहाँको कुरा स्वभाविक कुरा हो।
  • तर त्यसैलाई पछिल्लो समय आएर गैरआवासीय नेपाली संघमा लोभ, पाप र मोहले गोलाइएका अबैध झुण्डतिरकाले अब संघ मिल्छ, वार्ता हुँदैछ भन्ने जस्ता शब्दावली फेसबुकतिर चलाएर गलत प्रचार गरेको पाइयो।
  • यस्तो प्रचार गर्नेहरुमा कुनै निर्णायक हैसियत नभएका शक्तिको दलाली गरेर पद र खर्च दुवै लिने अर्थात डबल बेनिफिट/डबल डिप गर्नेहरु छन्।
  • उनीहरुमा अर्को अस्थित्व स्विकार्ने हिम्मत पनि छैन न आफूलाइ भिखारी भएको स्वीकार्ने अवस्था छ। केवल कुवाको भ्यागुत्ताले जस्तो फेसबुकमा ट्वार्रट्वार्र गर्दैछन्। यो किर्ते गरेर सेतो-कालो फेर्नेहरु छन्।

को कानुनी र को अबैध झुण्ड भन्ने कुराको जिकिर/यथार्थ

  1. उसैपनि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा २५ देशका ५० जनाको प्रतिनिधित्व हुने जतिवटा पनि गैरआवासीय नेपालीहरुको कुनै सुहाउँदो नामको संस्था दर्ता हुनसक्ने प्राबधान छ। फरक यतिमात्र हो की त्यसमा उमेर पुगेका सबैले सदस्यता र सहभागि हुने कुरा हुनुपर्यो। यसमा झुक्किनु या अन्यौलमा पर्नुपर्ने एउटा पनि कारण छैन।
  2. केहि हप्ता या एक महिनाजति या भनौं फेब्रवरी २०२३ को अन्तसम्म पुग्दा एनआरएनहरुको बिचमा एउटा फरक परिस्थिति आउनेछ। त्यो कुरा अहिले चर्चाको बिषय भने छैन र होइन। तर समय आउनेछ त्यो बेला किर्ते, फर्जी र शक्तिका दलाल गर्ने गगनकुमार थापा र पूर्णबहादुर खड्काका गोड्धुवा गरेर पानी अचाउनेहरुको स्थिति हेर्न लायक हुनेछ त्यो भने पक्का हो।
  3. २०२१ को अक्टुवरमा हुनुपर्ने एनआरएनए आइसीसीको १० औं महाधिवेशन समयमा हुन सकेन। त्यसको मुख्य कारण एनआरएनएको सदस्यता, निर्वाचन प्रणाली र महाधिवेशन प्रतिनिधि चयन संबन्धि नै मुख्य समस्या भएको हाम्रो ठहर थियो।
  4. समस्याको गंभिर्यता र सँस्था अगाडी जान नसकेपछि एनआरएनए दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाल सरकारको एनआरएन ऐन र एनआरएनएको चालु बिधान २०२१ समेतलाइ उल्लेख गर्दै तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेलाइ संघको १० औं महाधिवेशन गर्ने जिम्मेवारी दिएको थियो।
  5. त्यस्तै एनआरएनएको तत्कालिन काम चलाउ नेतृत्वका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको ८१ औं बैठकले पनि प्रमुख संरक्षक शेष घलेकै नेतृत्वमा, तत्कालिन अध्यक्ष कुमार पन्त समेत रहनेगरी सो महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी शेष घलेलाइ नै दिने निर्णय गरेको थियो।
  6. तत्पश्चात प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले बिधान अनुसार एनआरएनए एनसीसीहरुको मार्च ६, २०२२ मा जुममा भेला बोलाउनुभयो। त्यहि भेलामा महाधिवेशन गर्ने जानकरी दिएर सबैलाइ प्रतिनिधि पठाउन, साथ र सहयोग गर्न अनुरोध गर्नुभयो। त्यहि भेला/बैठकले उहाँको प्रस्तावलाइ समर्थन गर्यो। संघको बिधानमा पनि यस्तो विषम स्थितिमा यहि बिधि गर्नुपर्ने कुरा उल्लेख गरेको छ।
  7. त्यसपछि काम चलाउ अध्यक्ष कुमार पन्तलाइ महाधिवेशनको आयोजक समिति बनाउन निर्देशन दिनुभयो। निवर्तमान अध्यक्ष पन्तले आनाकानी गर्दै जानुभयो। केहि समयपछि त उल्टा नेपाल सरकारका बिरुद्ध पाटन उच्च अदालतमा मुद्धा नै दर्ता गराउनुभयो। अदालतको अन्तरिम आदेशले केहि दिनको लागि काम पछि धकेल्यो। तर पनि पछिल्लो फैसलाले अन्तरिम आदेश दिएन र १० औं महाधिवेशन रोकेन, समयमा नै महाधिवेशन सम्पन्न भयो।
  8. निवर्तमान अध्यक्ष कुमार पन्तले आनाकानी गरेपछि प्रमुख संरक्षक शेष घलेले तत्कालिन उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा १० औं महाधिवेशन तयारी समिति गठन गर्नुभयो। उपाध्यक्ष लामाले एनआरएनएको कार्यालय एक्सेस नपाएपछि आफ्नै घरमा अस्थाई अफिस राख्न दिनुभयो। त्यहींबाट सबै गतिबिधि संचालन गरिए र दैनिक रुपमा तयारी बैठक हुन्थ्यो। ती सबै तयारी बैठकका छलफल, जानकारी इत्यादी रेकर्ड गरिएका छन्। यहाँ सम्मकी उपस्थितहरुको हस्ताक्षर सहितको प्रति पनि सुरक्षित रहेको छ। आवश्यकता पर्दा ती सबै रेकर्ड आफैंमा प्रमाणित एक दस्तावेजका रुपमा सार्वजनिक हुन सक्नेछन।
  9. त्यसपछि १० औं महाधिवेशनको तयारीको लागि विभिन्न कमिटिहरु बनाइयो जस्तोकी निर्वाचन, निर्वाचन अनुगमन, प्रचार-प्रसार, ब्यबस्थापन, आइटी, प्रतिनिधि रेकर्ड इत्यादी। तत्पश्चात मार्च २२, २०२२ मा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो। मार्च २२-२५, २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सम्पन्न भएको हो। राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरु, प्रतिनिधिहरु र अन्य गरि भब्य रुपमा महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृव निर्वाचित गरेको छ।
  10. केहि पक्षले मन्त्री या अन्य कोहि व्यक्तिहरु अतिथि भएकाले आधिकारिकता आफ्नो पक्षमा भएको भन्ने अनावश्यक जिकिर गरेको सुन्नमा आएको छ। मन्त्री शर्मालाई झुक्याइयो भन्ने गलत प्रचार पनि गर्नेहरु रहेछन्। यसको जवाफ पनि छ हामीसंग। मन्त्री शर्माले उद्घाटन सत्रमा दिनुभएको भाषण अझै हाम्रो आधिकारिक फेसबुक पेज र रेकर्डेड भिडियो सुरक्षित राखिएको छ। उद्घाटन सत्रको उद्घाटन सत्रको फेसबुक भिडियो हेर्नुहोस। यदि मन्त्री नै आएकाले आधिकारिक हुने हो भने जनार्दन शर्मा चाहिँ को हुनुहन्थ्यो भन्ने हाम्रो प्रश्न हो।
  11. नयाँ नेतृत्वलाइ प्रमाण पत्र दिने र सपथ ग्रहण गराउने समयमा निर्वाचन समिति प्रमुखले बाँकी/खाली रहेका पदमा नयाँ नेतृत्वले मनोनित गर्दै जाने बताउनु भएको थियो। निर्वाचन नतिजा घोषणाको भिडियो लिंक हेर्नुहोस। महाधिवेशन हलमा नै सो घोषणा गरिएकाले त्यसै अनुरुप केहि पदमा मनोनित गर्ने काम पनि भएका छन्। तर यस्ता मनोनित भने १० औं महाधिवेशनका प्रतिनिधिहरुलाइ मात्र गर्न सकिने भन्ने हाम्रो नीति-बिधि पालन गरिएको छ।
  12. १० औं महाधिवेशनले संघमा भएका मुख्य समस्या पत्ता लगाएर त्यसलाई समाधान गर्न बिधान नै संसोधन गरेका छौं। केहि कार्यविधि पनि परिमार्जन गरिएको छ। १० औं महाधिवेशनको काठमाण्डौ घोषणा २०२२ को भिडियो। त्यसपछि पारित बिधानलाइ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा मार्च २७, २०२२ आइतबार दर्ता गराइएको छ। पराराष्ट्र मन्त्रालयमा विधान दार्ता संबन्धि जानकरी भिडियो हेर्नुहोस। तत् पश्चात हामीले सल्लाहकारहरु, आइसीसी सदस्यहरु, मानार्थ परिषद सदस्यहरुलाइ मनोनित गरेका छौं। लामो सयय देखि संघको कार्यकरी निर्देशकको रुपमा काम गर्दै आउनुभएका राजेश शम्शेर राणाले अहिले पनि सोहि जिम्मेवारी निरन्तर गर्दै आउनुभएको छ।
  13. साथै संघका विभिन्न कालखण्डमा बनाइएका नियमावलीहरु नियतबस बनाइएका र तिनलाई कार्यान्वयन गर्न मात्र होइन कठिन र अव्यवहारिक देखिएकाले परिषद बैठकले ति सबै नियमावलीहरु खारेज गरिएको छ।
  14. अप्रिल २०२२ मा संसार भरिका एनआरएनए एनसीसीहरुलाइ सहकार्यको लागि ३ हप्ते समय सिमा दिएर इमेल गरेका थियौं। त्यसलाई स्मरण गराउँदै दोश्रो इमेल पनि गरिएको थियो। कतिपय देशले हामीसंग सहकार्य गर्ने निर्णय गर्नुभयो र संगै काम गर्दै आउनु भएको छ। कतिले केहि समय हेर्ने निर्णय गर्नुभयो। कतिले हामीसँग सहकार्य नगर्ने निर्णय गर्नुभयो। उहाँहरु सबै आ-आफ्नो देशमा दर्ता भएका स्वतन्त्र सँस्था हो। त्यसैले उहाँहरु सबैले जे जस्तो निर्णय गर्नुभयो ति सबैलाई हामी सम्मान गर्दछौं। कसैले हामीसंग काम गरेनन भन्दैमा हामी कसैलाई पजनी र मान-मर्दन गर्दैनौं। हामी सहकार्यको संझौता गर्छौं। हामीसंग काम नगर्ने एनसीसीहरुसंग केवल आपसी सहकार्यको लागि गरिएको संझौता खारेज गर्छौं।
  15. तर जुन देशमा हामीसँग सहकार्य गर्न आउनु भएन त्यहाँ हामीले तदर्थ समिति बनाएर काम गर्दै जाने निर्णय गरेका छौं। साथै यो कदम द्रुत गतिमा बढ्दै गएको छ। अझै पनि युरोप र एशियाका कतिपय देशका एनआरएनएले अक्टुवर अन्तदेखि सहकार्य गर्ने बताउनु भएको छ। दक्षिण कोरियाले पछिल्लो समय निर्णय बदलेर हामीसँग सहकार्य गर्ने कुरा बैठकमा नै आएर बताएको छ।
  16. अहिले १३ देश हामीसँग छ, अब अक्टुवर २०२३ सम्म पुग्दा हामीसंग बिश्वोका धेरै देश हुनेछन। अनि स्वस्फुर्त रुपमा आएका प्रतिनिधिहरुले बिधि-बिधान अनुरुप चलेको सफल सँस्था बनाएर ११ औं महाधिवेशन सम्पन्न गर्नेछौं। सोहि महाधिवेशनले ऐतिहासिक रुपमा चयन गरेको नयाँ नेतृत्वलाइ हामी सँस्था हस्तान्तरण गर्नेछौं।
  17. बार्ता गरौँ भन्ने अर्को पक्षको टोलीले फोन र मेसेन्जर कल गर्नुभएको दावी छ। जब हामी नै बिधि र प्रक्रियाबाट आएका आधिकारिक हौँ भने हामीलाइ बार्ता किन आवश्यक पर्नु भन्ने स्वभाविक प्रश्न छ। हामी कसैका बिरोधी र समर्थक दुवै होइनौ। तर पनि अहिलेको समयमा बार्ता हाम्रो आवश्यकता चाहिँ होइन। भविष्यमा पनि यस्तो खाले बार्ताको संभावना आबश्यक होला जस्तो देखिंदैन। संगठनलाइ चुस्त र दुरुस्त रुपमा अगाडी लैजानको लागि हामी प्रतिबध्द छौं। बार्ता होइन बरु बाटो बिराएर गएका उहाँहरुले गल्ति सुधारेर बैधानिक र मूल बाटो हामीसंग आउनको लागि हामीले सधैं ढोका खुला गरेका छौं। हामी बिचलित र अड्किनेवाला छैनौ।

अब के हुन्छ ?

  1. गैरआवासीय नेपालीहरुको मुख्य एजेण्डा पुरा नेपाल सरकारसँग निरन्तर लवी हुँदै रहनेछ।
  2. हामीसँग ग्लोबल एनआरएन फाउण्डेशन पनि दर्ता भएर काम गर्दै गरेको छ। एनआरएनएका अध्यक्ष नै फाउण्डेशनको पदेन अध्यक्ष हुने बिधान छ। उपरान्त सबै च्यारिटीका काम फाउण्डेशनबाट हुन्छन।
  3. संघका थुप्रै नियमावलीहरु तयार पर्दै सो को अनुमोदन समेत गर्ने फेब्रवरी ४, २०२३ मा बार्षिक साधारण सभाको आयोजना गरिएको छ। त्यहाँबाट थुप्रै नीतिगत कुरा आउनेछन।
  4. बिश्वभरिका देशमा तदर्थ समिति गठन र अन्य गरेर एनआरएनहरुको गतिबिधि निरन्तर जान्छ। पंजीकृत र अन्य सदस्यता लिने-दिने क्रम निरन्तर हुन्छ। अमेरिका, क्यानाडा, बेलायत लगातय देशमा यो क्रम सुरु भैसक्यो। समयमा नै राष्ट्रिय महाधिवेशनहरु सम्पन्न हुनेछन। नयाँ नेतृत्व चयन हुनेछ।
  5. हरेक देश र अन्तराष्ट्रिय परिषदबीच दुइ फरक सँस्थाको अस्थित्वको रुपमा साझेदारी गरेर काम गर्ने हो। यसमा केन्द्र र जिल्ला जस्तो निर्देशनको कुरा लागु कुरा हुँदैन। कुनै देशको नेतृत्वलाइ पाल्ने र फाल्ने हुँदैन। केवल संझौता रद्द भने हुन सक्छ।
  6. आगामी महाधिवेशनको लागि प्रतिनिधि चयन गर्नुपर्दैन। २०२३-२०२५ को लागि नवीकरण गर्ने सबै पंजीकृत सदस्यहरुले काठमाण्डौमा हुने ११ औं महाधिवेशनमा प्रतिनिधि हुनको लागि आफैं फर्म भरेर दर्ता गर्नेछन।
  7. अक्टुवर २०२३ मा संघको ११ औं महाधिवेशन काठमाण्डौमा भब्य रुपमा सम्पन्न हुनेछ।
  8. नेतृत्व चयनको लागि मतदान अनलाइन हुनेछैन तर डिजिटल मशिन भने प्रयोग हुन सक्नेछ।
  9. नयाँ नेतृत्व चयन हुनेछ। यो सबै कुरामा कतै पनि द्विविधा छैन। अब वार्ता र धुम्धलापको कुरा आवश्यक नै छैन। जसले भजाएका छन् उनीहरुले निजि स्वार्थको लागि भजन मात्र गाएका हुन्।
  10. यो सबै गर्नको लागि कतैबाट पनि बाधा अड्चन आउँदैन।

अन्तमा;

बाटो स्पष्ट छ। भ्रम र क्लासिक बमसेलको जमाना समाप्त भयो। अहिले भनेको सत्य र यथार्थको समय हो। जसले भ्रम फैलाएको छ त्यो भनेक प्रमाणित भएको किर्ते र दलाली गरेर खर्च र पद लिनेहरुको झुण्ड हो नाम लिनु जरुरि छैन। उसैपनि म पनि हामीसंग आउनेहरुको क्रम बढ्द्दै गएको छ।

गैरआवासीय नेपाली संघबारे:

एनआरएन र नेपाल जोड्ने नागरिकताको बिषयमा सरकार सकारात्मक छ:मन्त्री लामिछाने

गैरआवासीय नेपाली संघको बैठक सम्पन्न, सदस्यता शुल्क अमेरिकी ५ डलर मात्र

गैरआवासीय नेपाली संघ कुवेत तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ कुवेत तदर्थ समिति गठन

एनआरएनए आइसीसीको अमेरिकाज रिजनको क्षेत्रीय बैठक सम्पन्न

नेपालमा पहिलो पटक ग्रिन हाइड्रोजन सम्मेलन सम्पन्न

नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन समीट सुरु, मन्त्री भुसालद्वारा उद्घाटन सम्पन्न

एनआरएनए डे को अबसरमा नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समीट हुँदै

सबै देशका एनआरएनएसँग सहकार्य गर्छौं, नभए तदर्थ समिति बनाउँछौं, कसैलाई पजनी गर्दैनौं:महासचिव गुरुङ

एनआरएनएमा वार्ताको कुरा भनेको इर्स्याको हिकअप र बोर्डरलाइन अफुल

गैरआवासीय नेपाली संघ बेल्जियम तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा सुर्य लम्साल

एनआरएनए लामिछाने-महतो समुहमा ६ महिने छिन्नेतिथि पछि आचार्य गुटमा संकट

गैरआवासिय नेपाली संघ क्यानाडा ग्लोवलको तदर्थ समितिको पूर्णता, सेप्टेम्बरमा नर्थ अमेरिका भेला गर्ने

एनआरएनएमा क्लासिक बिराशतको भ्रम अन्त्य, हाम्रा कामले उता काठको ओदान खरानी

नागरिकता ऐन बिधेयकप्रति धन्यवाद र स्वागत, हाम्रो माग नागरिकताको निरन्तरता हो, अध्यक्ष कुँवर

एनआरएनए अध्यक्ष कुँवरसँग परराष्ट्रमन्त्री डा खड्काले भने, शेषजी अत्यन्तै असल मान्छे

एनआरएनएका अध्यक्ष कुँवरसंग पूर्वप्रम प्रचण्डले भने, हामीले गल्ति गरेछौं अब समान रुपमा हेर्छौं

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद तदर्थ समिति ओमान गठन

गैरआवासीय नेपाली संघले जुन अन्त सम्म २५ देशमा एनसीसी गठन गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा तदर्थ समिति गठन

एनआरएनएको अन्यौलता समाप्त, संगठन बिस्तारमा छौं, महासचिव गुरुङ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघको बिस्तार तिब्र रुपमा हुन्छ, अध्यक्ष कुँवर

गैरआवासीय नेपाली संघको नयाँ कार्यालय बालुवाटारमा

एनआरएनएले सुरु गर्यो-हजार डलर खाता खोलौं मातृभूमि प्रतिको कर्तब्य निभाऔं आभियान

गैरआवासीय नेपाली संघमा १९ बर्ष पछि सहि र गलत भूमिकाबारे बहस सुरु भएको छ

एनआरएनए एनसीसी पोल्याण्डले लामिछाने-महतोको समुहसँग समन्वय नगर्ने

गैरआवासीय नेपाली संघ योजनाबद्ध रुपमा आएको छ, निरन्तर जानेछ:अध्यक्ष कुँवर

गैरआवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित, नाम सहित

गैरआवासीय नेपाली संघको सचिवमा दुइ जना मनोनित

गैरआवासीय नेपाली संघको प्रवक्तामा प्रकाश धमला मनोनित

एनआरएनएको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

एनआरएनएको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठमाण्डौ घोषणा

एनआरएनएको नेतृत्व चयन:अध्यक्षमा विनोद कुँवर निर्वाचित, पदाधिकारीहरुको नामावली सहित