-एनआरएनए डे को अबसरमा नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समीट हुँदै

एनआरएनए डे को अबसरमा नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समीट हुँदै

Hollywood Khabar September 27,2022 Comments

विज्ञप्ति

गैरआवसीया नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सहकार्यमा एनआरएनए डे को अवसर पारि असोज २४ र २५ गते तदनुसार अक्टोबर १० र ११; २०२२ मा नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समीट हुँदैछ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ उर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक “नेपाल ग्रीन हाइड्रोजन समीट (NHGS)” हुन गइरहेको छ। यसै सम्बन्धमा सेप्टेम्बर २७ का दिन दिउँसो ३ बजे होटल याक एन्ड यतिमा पत्रकार सम्मेलन सम्पन्न गरियो।

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय, गैरआवासीय नेपाली संघ, वाइण्ड पावर नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट, एमआइटी फाउण्डेशन, ग्लोबल एनआरएन फाउण्डेशनको संयुक्त सहकार्यमा आयोजना हुने सम्मेलनमा सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा साथ अनुरोध गर्दछु।

सम्पुर्ण संचारकर्मी तथा पत्रकार मित्रहरु लगायत उपस्थित सम्पुर्णलाई धेरै धेरै धन्यबाद सहित आभार प्रकट गर्दछु।

जानकी गुरूङ

महासचिव

गैरआवसीया नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद

सेप्टेम्बर २७, २०२२