NRNA एनसीसी जर्मनीको NRNA फुटबल कप २०१८

Hollywood Khabar September 25,2018 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी (NRNA NCC Germany) र एलसिसी एनआर डब्लु जर्मनीको संयुक्त रुपमा NRNA Germany Football Cup 2018 आयोजनामा गरिएको हो।  

NRNA NCC Germany का अध्यक्ष बिजय मोक्तानका अनुसार अक्टुवर ३, २०१८ का दिन बिहान १० बजे देखि हुने NRNA फुटबल कप २०१८ मा सबैलाई निशुल्क प्रवेशको ब्यबस्था गरिएको छ। जम्मा १० वटा टिम सहभागी भएको यो खेलमा मनोरंजनका साथै अन्य भेटघाट समेत हुनेछ। आगामी बर्ष देखि यो खेललाई अझै प्रभावकारी र फरक उपलब्धिका रुपमा लैजानेबार NCC ले विचार गर्दै गरेको कुरा समेत भएको छ बताइएको छ।

थप जानकारी संघको बिज्ञप्तिबाट:
फुटबल कप आयोजना गर्न NRNA Germany Football Cup 2018 LCC NRW  आयोजक तदर्थ समिती समेत गठन गरिएको छ। गैरआवासीय नेपाली संघ जर्मनीले सबैलाई सहयोगको लागि हार्दिक आनुरोध र सहभागी सम्पूर्ण टिमहरुलाई अग्रिम शुभकामाना ब्यक्त गरेको छ।

युरोपमा फुट्बल कपको रोचक हरेक समयमा हुने गर्दछ। तेसै क्रममा हाम्रो NRNA Germany Football Cup 2018 LCC NRW ले जर्मनीमा रहेका नेपाली युबा विद्यार्थी महिला बिशेष गरी दोश्रो पुस्ताको नेपालीहरुलाई फोकस गरको हो संघले बताएको छ।

नेपाली समाजमा खेलको माध्यमबाट नेपाली समुदायमा धेरै  उत्साहित र उत्प्रेरित गर्ने भएकोले हामीले एक उत्सबको रुपमा यस खेललाई आयोजना गर्ने तयारीमा जुटेका छौ।  खेल धेरै सान्दर्भिक मनोरन्जनात्कम र धेरै उत्साहपूर्ण खेल मात्रै नभएर नेपाली कला सांस्कृति नेपाली भेष-भुषाको पहिचां समेत हुनेछ। यसबाट खेलाडीहरु र नेपाली समुहबिच आत्मियतालाई धेरै नजिक ल्याउने राष्ट्रिय एकताको प्रतिकको रुपमा दिलाउने विश्वाश लिएका छौं।
यो खेल २०१२ सालमा एलसिसी एनआर डब्लु र एनआरएनए जर्मनीको संयुक्त आयोजनामा बोखुममा  सुरु भएको थियो। त्यो पहिलो फुटबल खेल बाटै हामीलाई उत्साह पूर्ण प्रेणा प्रदान गरेको थियो। त्यसैको प्रतिफल नै २५ जुन का दिन फ्रान्कफोर्टमा  NRNA Germany Running Cup 2016 को आधीकारीक खेल भएको थियो। त्यस पछि यसले जर्मनीमा रहने सम्पूर्ण नेपाली युवा र पाका सबैलाई गर्वको महशुस गर्दै गौरंवान्दित बनाएको छ। खेल खेलाडी र कला संस्कृतिले देश प्रेम र राष्ट्र भक्ति तथा राष्ट्रिय एकतालाई एक सुत्रिय भावनालाई पुरष्कृत गर्ने भएकोले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी यस किसिमको कार्यक्रमहरुमा सधा साथ समर्थन र सहयोग स्थापना काल देखि नै गर्दै आएको छ।

संघले अगाडी भनेको छ, हामी सम्पूर्ण संघ संस्थाहरुसित अवस्था अनुसार कार्यगत एकताका साथ हातेमालो गरी सहमति र सहकार्य द्वारा अगाडी बढिरहेकाछौ । NRNA Germany Football Cup 2018 LCC NRW खेलको प्रतियोगिताको लागि सम्पन्न गराउन प्रायोजक - सहयोगी बनी दिन हामी सबै जर्मनीमा रहेका संघ सांस्था, ब्यबयायी मित्रहरु मा अनुरोध गर्दछौ।

प्रथम, दोश्रो, तेस्रो नगद र कप देखी लिएर उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्यक्की उत्कृष्ट गोल किपर, म्यान अफ म्याच गोल्डन बुट कप र धेरै मेडल छन्। एक किसिमले यो ब्यबस्थापन खर्चिलोहरु पनि छ। हामीले दर्शकहरुलाई निशुल्क गरिएकोले यहाँरुको आर्थिक देखी नैतीक भौतिक सहयोगको सक्त जरुरत पनि छ। सहयोगीहरुले स्वयम आफ्नै हातबाट पुरस्कार बितरण गर्न सकिने मौका पनि छ।

स्पन्सरहरुले खेलकुद परिसर भित्र बहिर आफ्नो ब्यानर र अन्य सामाग्रीहरु राखेर आफ्नो ब्यापारिक बिज्ञापन गर्न सकिने छ। हाम्रो पोस्टर न्युजहरुले पनि सबै कबर गर्नेछ। अत आगामी ०३ आक्टोबर का दिन आयोजना हुन लागि रहेको यस फुटबल प्रतियोगितामा जर्मनीमा कार्यरत स्थानिय तथा राष्ट्रिय स्तरका सम्पूर्ण संघ संस्थाहरुलाई हामी आर्थिक भौतिक एबम नैतिक साथ सहयोग र समर्थन गरी कार्यक्रम सफल पार्न सहयोगको लागि गैर आवासिया नेपाली संघ जर्मनी हार्दिक अनुरोध गर्दछ।

हाल सम्मा निम्न टिमहरुले दर्ता गरी सकिएको छ र दर्ता मितिलाई २९ सेप्टेम्बर सम्मको लागि  थप गरिएको संघले बताएको छ।
1.NFT Munchen
2.FC Union Berlin Nepal
3.NRNA LCC NRW Football Team
4.Nepal Darmstadt Footbal Club
5.Bokle Football Team
6.LCC Bremen Hannover Team
7.Nepalese Giessen Football Club NGFC
8.NFCH
अन्तमा, यस फुटबल कार्यक्रमको संयोजक गैरआवासिय नेपाली संघ जर्मनी र एलसिसि एनआर डब्लुका सम्योजक दिपक लामालाई तोकिएको छ। सहभागी सबै टिमहरुलाई  हार्दिक शुभकामना व्यक्त गर्दछु। खेल खेलाउने रेफ्रीहरु, स्थानिय कलाकार, नेपाली समाजका अग्रज तथा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाईहरु बिच माया छर्दै  अनुशासनको दायरा भित्र रहेर आफ्नो टिम लगाय त नेपालीलाई बिदेशीभुमिमा गौरंबिद बनाउनेमा सबै लाग्ने छौ भन्नेमा हामी विश्वास्थ छौ।

धन्यवाद
बिजय मोक्तान
अध्यक्ष
गैर आवासिय नेपाली संघ जर्मनी
nrnagermany@gmail.com