-गैरआवासीय नेपालीबीच कुल आचार्य एउटा खोटो सिक्का हुन्, कसैले पत्याउदैनन

गैरआवासीय नेपालीबीच कुल आचार्य एउटा खोटो सिक्का हुन्, कसैले पत्याउदैनन

Hollywood Khabar July 29,2022 Comments

गरिमा घिमिरे, जुलाई २९, २०२२ (इमेलबाट प्राप्त)

करिब दुई दशकको लामो इतिहास बोकेको गैरआवासिय नेपाली संघ (एनआरएनए) लाई विभाजित बनाएर छतविछतको अवस्थामा पुर्याएको अवस्था छ। हुँदाछदाको गैरआवासिय नेपाली संघ विगार्नेका मुख्य मतियारहरुमध्ये डा उपेन्द्र महतो, जिबा लामिछाने, कुमार पन्त, भबन भट्ट र अन्तमा हुन कुल आचार्य।

आचार्य उनी होलीकाउ रेष्टुरेष्ट लण्डनमा चलाउने एक ब्यबसायी हुन। डा हेमराज शर्माहरुले चाहिं उनी भुटानी शरणार्थी बर्गबाट युकेको आवासिय अनुमति लिएका ब्यक्ति हुन भन्ने पनि आरोप लगाउने गरेका छन्। उनी एनआरएनए बेलायतको पूर्व अध्यक्ष हुन्।

कार्यक्रमहरुमा र समाजसेवामा अगाडी देखिन चाहाने आचार्यले एनआरएन युकेले आयोजना गरेका धेरै च्यारिटी कार्यक्रमहरुमा म यति नगद दिन्छु र उतिदिन्छु भनी प्रतिबद्धता जनाएका धेरै पटकका धेरै प्रतिबद्धताहरु पूरा गरेका छैनन भन्ने आरोप छ।

आचार्य २०२२ मा दुई पटक निक्कै चर्चामा आए। पहिलो पटक एनआरएनको दुई समुह मध्ये एक समुह अन्तर्गतको त्रय अध्यक्षहरु मध्ये एक अध्यक्ष भएको बखत। दोस्रो चाहि एनआरएनए केन्द्रको अध्यक्ष भएर आएको महिनौ बितेपनि उनलाई केहि गर्न नसकेका कारण। यति मात्र होइन उनलाई युकेका नेपाली समाजहरुले निम्ता नै नगरेपछि आचार्य स्वयंले आफ्नै जन्म दिनको पार्टीको आयोजना गरे।

सबैभन्दा पनि लाजमर्दो कुरा त उनलाइ आफ्नै बेलायतको एनसीसीले नै मान्यता दिएको छैन। धेरै पटक उनले स्वागत मागे तर भएन। अन्तत उनले उपाध्यक्ष नारायण कंडेल, महासचिव खुशी लिम्बु लगायतलाइ कमिशन दिने सर्तमा एनआरएनए युके फुटाए।

अजिव नै मान्नुपर्छ निवर्तमान महासचिव डा हेमराज शर्माकै कारण बिचलित भएका आचार्यको अहिले भने चुच्चो मिलेको छ। शर्मा, उनिका भाइ शर्मा र अर्का किर्तराम सिम्खडासमेतले दैनिक रुपमा होलिकाउ खाने गरेका छन्। भगौटाको नामले चिनिने आचार्यलाई बैमानी र आफ्नैलाइ ढोका दिएका कारण सबैले धिकारी रहेका छन्। कुनै संस्थाको कार्यक्रम हुदैछ भने मलाई अतिथि बोलाउ, बोल्न देउ भन्नु उनको नियती नै बनेको छ। उनको हिजो जस्तो सम्बन्ध आजभोली युकेका नेपाली समाजहरुसंग छैन।

अब पदिय जिम्मेवारीबाट केहि नगरिकन पिंडादान खाने बेलामा पुगेका उनी लामिछाने-महतोले गोद्ने र अरुले वास्ता नगर्ने कारण नघरको नघाटको बनेका छन। आफ्नो टिम छोडेर घिउ खान गए तर अहिले अध्यक्ष भएको टिमले उनलाई एक गन्दैनन।

पछिल्लो समय ३३% अध्यक्ष भएका उनको टोलिलाइ नेपाल सरकारले मान्यता नदिने भएको सुनिएको छ। बिनोद कुँवर पक्षिय एनआरएनएले कानुन सम्मत र परराष्ट्रको निर्देशन बमोजिम निर्वाचित भएका कारण परराष्ट्रले कुवर नेतृत्वलाई वैधानिक मान्ने भएको छ। यसर्थ आचार्य समुहले वैधानिकता पाउने कुनै आधारै नै छैन। त्यसैले आचार्यले जनसम्पर्क समिति निकट समुहलाई बिगारे, एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद विगारे र अन्ततः एनआरएनए युकेलाई पनि फुटाए।

अहिले एनआरएनएभित्र सबथोक होस तर कुलजी जस्तो भगौटा नहोस, सबैहोस तर आफ्नै समुहलाई धोकादिने कुल प्रवृति नहोस भन्ने गर्दछन।