कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ (NRNA) लाइ दर्ता नै नगरी चलाउने संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको योजना थियो भन्ने आरोप छ। त्यसैगरी पूर्वाध्यक्ष जिबा लामीछानेलाई संघको नाममा आफ्नो ब्यबसाय गर्ने र आफू बन्ने संघको नाम भजाउने बिगत देखि नै आरोप छ।
आरोप हेर्दा २००३ देखि २०१३ सम्म पनि एउटा संस्था दर्ता गर्न नसक्नुले डा महतोप्रति लगाइएको आरोप कतै सहि त होइन भन्ने भएको छ। त्यसैगरी पूर्वाध्यक्ष जिबा लामिछानेको सानिमा बैंकमा बर्षौ देखि चालु संघका दर्जनौ खाता र सबै भन्दा कम ब्याज दर दिनुले आरोपको सत्यता सावित गरेको छ।
जानकारी अनुसार एनआरएनएको विभिन्न प्रयोजनका गरेर ९ वटा जति खाता सानिमा बैंकमा छन्। ति सबैमा गरेर संघको २० देखि २५ करोड जति रकम जम्मा छ भनिएको छ। सानिमा बैंकले संघलाइ ३ देखि ५ प्रतिशत मात्र ब्याज दिन्छ। जबकी अरु बैंकहरुले ८ प्रतिशत भन्दा धेरै दिन्छन।
एनआरएनएलाइ त्यसरी बर्षौ देखिको ब्याजदरबात बनाइएको घाटाको कुरा संघमा उठाउने कि न उउठाउने भन्ने प्रश्न उब्जेको छ। कम्तिमा पनि एक वर्षमा २० करोड्कै कुरा गर्ने हो भने पनि ५ प्रतिशतले १ करोड ब्याज हुन्छ। ८ प्रतिशतले १ करोड ६० लाख ब्याज हुन आउँछ। अब त्यो बार्षिक ६० लाख घाटा रकम के गर्ने भन्ने प्रश्न संसार भरिका एनआरएनहरुको लागि छाडिदिउँ !
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु