-एनआरएनए एनसीसी अमेरिका बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थ

एनआरएनए एनसीसी अमेरिका:बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थ

Hollywood Khabar March 13,2021 Comments

हलिउडखबर, मार्च १३, २०२१

नेपालको तनहुँ जिल्लामा जन्मनुभएका कृष्ण जीबी पन्थ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ। एनआरएनए एनसीसी अमेरिकाको २०१९ को निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्ष जित्नु भएका पन्थ यो पटक अध्यक्ष नभएर बरिष्ठ उपाध्यक्षको लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

२००८ मा अमेरिका आउनु भएका एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष कृष्ण जीबी पन्थ मेरिल्याण्ड राज्यमा बस्दै आउनुभएको छ। गैरआवासीय नेपाली संघको अभियान भने २०१४ देखि सक्रिय हुनुहुन्छ। २०१९ मा संघको अन्तराष्ट्रिय महाधिवेशन र विश्वो सम्मेलनमा पनि प्रतिनिधि भएर काठमाण्डौ जानुभएको थियो। डिसी महानगर क्षेत्रमा केहि आफ्नै र केहि पार्टनर्शिपका ब्यबसाय पनि छन् उहाँका। नेपालीहरुका विभिन्न संघ-संस्थाहरुमा पनि नजिक हुनुहुन्छ। आफ्नै पहलमा नेपालको पश्चिममा पर्ने रुकुम जिल्लाको घोप्टे ओडारमा रहेको सिद्धार्थ नमुना उच्च माध्यमिक बिधालय निर्माणमा उहाँको बिशेष योगदान रहेको छ।

उसो त अध्यक्षका लागि नै तयारी गर्ने सोचमा रहनु भएका उपाध्यक्ष पन्थले विगत ४/५ महिना देखि निर्वाचनमा कसरत गर्दै आउनु भएको हो। नेपाली कांग्रेसको पृष्ठभूमिबाट आउनु भएका उहाँ नेपाली जनसम्पर्क समितिमा पनि उत्तिकै सकृय हुनुहुन्थ्यो र अझै पनि हुनुहुन्छ। त्यसको नेटवर्क एकातिर छ भने अर्कातिर पन्थका आफन्त, साथी र सपोर्टहरु अमेरिकाको सबैजसो प्रमुख शहरहरुमा रहेका छन्। गत २०१९ को निर्वाचनमा पनि उनीहरुले सपोर्ट गरेका कारण नै उपाध्यक्ष पन्थले सबैभन्दा धेरै मत ल्याएर जित्न सफल हुनुभएको थियो।

उपाध्यक्ष पन्थले डिसी महानगर क्षेत्रमा स्थापित हिन्दु-बुद्ध मन्दिर निर्माणमा ठूलो सहयोग गर्नुभएको थियो। हाल पनि सो मन्दिरका ट्रष्टी समेत हुनुहुन्छ। त्यसैगरी अर्को उत्कृष्ट योगदान पन्थले बाल्टिमोरको सामाजिक सँस्था जसलाई छोटकरिमा बाना भनेर चिनिन्छ त्यसको सामुदायिक भवन बनाउन समेत ठूलो सहयोग गरेको रेकर्ड पाइएको छ। यो बानाको सामुदायिक भवनको समेत उहाँ ट्रष्टी हुनुहुन्छ। यति मात्र होइन हरेक पटक नेपाल जाँदा तनहुँ, भक्तपुर लगायतका क्षेत्रमा बिधालय र बृद्धाश्रमहरुलाई सहयोग समेत गर्दै आउनु भएको कुरा हलिउडखबरलाइ बताउनु भयो। यो पछिल्लो कोरोनाको माहामारिमा डिसी महानगर मात्र होइन सबै भन्दा धेरै प्रभावित भएको न्यूयोर्कमा समेत सपोर्ट गर्नु भएको थियो। गैरआवासीय नेपाली संघका अन्य नियमित राष्ट्रिय र अन्तराष्ट्रिय गतिबिधिमा पनि उहाँको योगदान रहने गरेको छ।

त्यो भन्दा पनि ठूलो कुरा उपाध्यक्ष कृष्ण जीबी पन्थले नेपालीहरुलाई इण्टर्प्रेनरशिपको रुपमा अगाडी बढ्न पनि सहयोग गर्दै आउनु भएको छ। दर्जन भन्दा धेरै व्यक्तिहरु उहाँको व्यवसायमा सामान्य रोजगारीबाट प्रवेस गरेर पार्टनर सम्म भैसकेका छन्। सामान्य र थोरै लगानीमा पनि पार्टनर बनाएर नेपालीहरुको मनोबल बढाउँदै लाग्नुभएको पाइएको छ।

उपाध्यक्ष पन्थ नेपाली अमेरिकी समुदायमा नरम र मिलनसार व्यक्तिका रुपमा चिनिनुहुन्छ। उहाँको अर्को गुण भनेको नेपाली समुदायबीच मत-मतान्तर र विभाजन हुँदा सहजकर्ताका रुपमा काम गर्न सक्नु पनि हो। समाज मिलाउन र जोडेर लैजाने कार्यमा कृष्ण जीबी पन्थ एउटा असल नमुना मान्छन डिसी मेट्रो क्षेत्रका नेपालीहरु।