-एनआरएनए अमेरिकाको सदस्यता खुला भयो

एनआरएनए अमेरिकाको सदस्यता खुला भयो

Hollywood Khabar December 25,2022 Comments

प्रेस बिज्ञप्ति ।

मिती: डिसेम्बर २४, २०२२

आदरणीय अमेरिकाबासी नेपाली, नेपालीभाषी तथा नेपाली अमेरिकन समुदाय,

गैरआवासिय नेपाली संघ अमेरिका (एनआरएनए अमेरिका) ले आज बाट सदस्यता अभियान शुरु गरेको छ। आज साँझ बसेको बोर्डको बिशेष बैठकले आजै बाट लागु हुने गरि संघको वेब साइट https://nrnamerica.org को माध्यमबाट संघको सदस्य बन्नको लागि अनुमति दिएको हो। आजकै बैठकले सदस्यता अभियानको सन्दर्भमा ३ पेजको जानकारी पत्र पनि प्रकाशन गरेको छ जुन यसै साथ् संग्लग्न छ ।

गैर आवासिय नेपाली संघ अमेरिका अमेरिकामा रहनुहुने सबै नेपाली, नेपाली अमेरिकन र नेपालीभाषीलाई तलको वेबसाइटमा गएर सदस्यता फारम भरि सदस्यता लिनुहुन अनुरोध गर्दछ ।

जय एनआरएनए अमेरिका।

भवदीय,

सुर्य (साल) लम्साल

अध्यक्ष

एनआरएनए अमेरिका

बिराज भण्डारी

प्रबक्ता

एनआरएनए अमेरिका

https://nrnamerica.org/

https://www.facebook.com/profile.php?id=100086181846028