-गैरआवासीय नेपाली संघ कुवेत तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ कुवेत तदर्थ समिति गठन

Hollywood Khabar November 15,2022 Comments

नोवेम्बर ११, २०२२ मंगलबारका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत तदर्थ समिति गठन गरिएको छ।

युवक राइको अध्यक्षतामा गठन गरिएको तदर्थ समिति कुवेतलाइ गैरआवासीय नेपाली संघलेले मान्यता समेत दिएको छ। तदर्थ समिति गठनमा संघका उपाध्यक्ष उमेश पुडासैनीको बिशेष पहल रहन गएको छ। उहाँको उपस्थितिमा गठन भएको समितिसँग छिट्टै सहकार्य-साझेदारीमा हस्ताक्षर गरिने भएको छ।

मिति: १५/११/२०२२

श्री युवक राईज्यू

संयोजक,

राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति, कुबेत, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ

विषयः राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति, कुबेत गठन सम्बन्धमा

महोदय,

यहाको संयोजक्तोगी राष्ट्रिय समन्वय परिषद् हृदय समिति, कवेत गठन भएको जानकारीले हामी हर्षित भएका छौं। त्यस राष्ट्रिय समन्वय परिषद् तदर्थ समितिलाई अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट मान्यता प्रदान गर्दै संघको विधान २००३ (२०२१ को संशोधन सहित) अनुसार आफ्नो कामकारवाही अघि बढाउन समेत अनुरोध गर्दछौं त्यस तदर्थ समिति र अन्तर्राष्ट्रिय समन्वय परिषद् बीच छिटै एक छुटै सम्झौता पत्रमा हस्ताक्षर गर्नेछौं। यहाहरुको यस संघसंग आवद्ध हुने निर्णयको उच्च मूल्याङ्गन गर्दै संघको परिवार भित्र स्वागत गर्दछौं।

धन्यवाद !

विनोद कुँवर

अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद्।

जानकी गुरुङ

महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद्।

हालसम्म गैरआवासीय नेपाली संघ अध्यावधिक रुपमा रहेका र तदर्थ समिति गठन गरिएका देशहरु

युरोप क्षेत्र

  1. बेलायत
  2. पोर्चुगल
  3. निदर्ल्याण्ड
  4. बेल्जियम
  5. क्रोयसिया

मध्येपूर्व तथा अफ्रिका क्षेत्र

  1. साउदी अरब
  2. ओमान
  3. कतार
  4. कुवेत

अमेरिकाज क्षेत्र

  1. क्यानाडा
  2. अमेरिका

कृष्ण के सी

सचिव

गैरआवासीय नेपाली संघ

नोवेम्बर १५, २०२२