-गैरआवासीय नेपाली संघ बेल्जियम तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ बेल्जियम तदर्थ समिति गठन

Hollywood Khabar September 06,2022 Comments

गैरआवासीय नेपाली संघ बेल्जियम तदर्थ समिति गठन

 

विज्ञप्ति

सेप्टेम्बर ६, २०२२ मंगलबार, पदम गुरुङको संयोजकत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम तदर्थ समिति गठन भएको छ।

गैरआवासीय नेपाली संघकी महासचिव जानकी गुरुङ तथा युरोप क्षेत्रका क्षेत्रीय संयोजक उल्का घिमिरेको होम कन्ट्री बेल्जियममा गैरआवासीय नेपाली संघ बेल्जियम तदर्थ समिति गठन गरिएको छ।

महासचिव जानकी गुरुङको प्रमुख आतिथ्यमा आयोजित भेलाले पदम गुरुङको संयोजकत्वकमा तदर्थ समिति गठन गरेको छ। एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष समेत तदर्थ समितिको सल्लाहकार रहनु भएको छ।

मार्च २२-२५, २०२२ सम्म काठमाण्डौको होटल याक एण्ड यतिमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को १० औं महाधिवेशनबाट निर्वाचित बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्वले सहकार्यमा काम गर्न आउने देशमा सोहि गैरआवासीय नेपाली संघसँग काम गर्ने र नआउने देशमा तदर्थ समिति गठन गर्दैजाने निर्णय गरेको थियो।

त्यसै अनुरुप सबै देशका एनआरएनएहरुलाइ मे १५, २०२२ सम्म जवाफ दिन भनेर ३ हप्ताको अग्रिम इमेल पठाइएको थियो। तत्पश्चात बिश्वका केहि देश सहकार्य गर्न तयार भए भने बाँकी देशमा तदर्थ समिति गठन गर्ने कार्य तिब्र रुपमा गरिएको छ।

हालसम्म गैरआवासीय नेपाली संघ अध्यावधिक रुपमा रहेका र तदर्थ समिति गठन गरिएका देशहरु

 

युरोप क्षेत्र

  1. बेलायत
  2. पोर्चुगल
  3. निदर्ल्याण्ड
  4. बेल्जियम
  5. क्रोयसिया

मध्येपूर्व तथा अफ्रिका क्षेत्र

  1. साउदी अरब
  2. ओमान
  3. कातार

अमेरिकाज क्षेत्र

  1. क्यानाडा
  2. अमेरिका

संघकी महासचिव जानकी गुरुङ, युरोप क्षेत्रका क्षेत्रीय संयोजक उल्का घिमिरे र त्यस क्षेत्रका थुप्रै पदाधिकारी र सहकर्मीहरुले बेल्जियम तदर्थ समिति गठनमा योगदान गर्नुभएको थियो। तदर्थ समिति गठनमा बेल्जियमका पूर्व अध्यक्ष र पूर्व आइसीसी सदस्य समेतको उपस्थिति र सहयोग रहेको थियो।

यो तदर्थ समितिले इच्छा व्यक्त गर्ने र संघको हाम्रो यो अभियानमा सहभागी हुन चाहने सबैलाई समेट्दै, तदर्थ समितिमा नै रहेर जिम्मेवारी लिन चाहनेहरुलाइ समेत थप गर्दै जाने निर्णय गरिएको छ।

नव गठित बेल्जियम तदर्थ समिति

  • Coordinator-Padam Gurung
  • Member Secretary-Kausal Khanal
  • Member-Anita Lama
  • Member-Sudarsan Simkhada
  • Member-Indira Chamling
  • Member-Min Chhetri
  • Member-Krishna Sunar
  • Member-Madan Gurung
  • Member-Saiman Ale
  • Member-Jhalak mani Adhikari
  • Member-Binod Baniya
  • Member-Jaya prakash Gupta
  • Member-Dipak Pakurel
  • Member-Nabin Pandit
  • Member-Umesh Ghimire
  • Member-Bijaya Thapa
  • Member-Dinesh Paudel
  • Member-Rajan Rai

Advisor

  1. Prem Gurung
  2. Netra Magar
  3. Birman Gharti Magar
  4. Jit Lama
  5. Chet Prasad Bhatta (CP)
  6. Rengi Sherpa

कृष्ण के सी

सचिव

गैरआवासीय नेपाली संघ

सेप्टेम्बर ६, २०२२