-गैरआवासीय नेपाली संघको बैठक सम्पन्न, सदस्यता शुल्क अमेरिकी ५ डलर मात्र

गैरआवासीय नेपाली संघको बैठक सम्पन्न, सदस्यता शुल्क अमेरिकी ५ डलर मात्र

Hollywood Khabar December 26,2022 Comments

गैरआवासीय नेपाली संघको बैठक सम्पन्न, सदस्यता शुल्क अमेरिकी ५ डलर मात्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) को पदाधिकारीहरुको बैठक संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेर विभिन्न निर्णय गरिएका छन। नेपाली समय अनुसार डिसेम्बर २७, २०२२ मंगलबर बिहान बसेको बैठकले संघको सदस्यता शुल्क, बार्षिक साधारणसभा लगायतका बिषयमा निर्णय गरेको छ।

१. एनआरएनएको सदस्यता

  • गैरआवासीय नेपाली संघको सदस्यता २ बर्षको लागि हुनेछ। २०२३-२०२५ को लागि सदस्यता लिंदा पहिला सदस्यता लिएकाहरुले नविकरण र नयाँ लिनेहरुले नयाँ आवेदन फर्म भर्नेछन्। यसका लागि एनआरएनए आइसीसीले एउटा पोर्टलको ब्यबस्था गर्नेछ। जुन देशका एनआरएनएको आफ्नै साइट र पोर्टल छ त्यहाँबाट आवश्यक सूचना आइसीसीको साइटमा अपलोड गर्ने ब्यबस्था हुनेछ। पंजीकृत सदस्यहरुको नाम, देश र प्रोफाइल फोटो आइसीसीको वेबसाइटमा पब्लिक गरिनेछ।
  • एनआरएनएको सदस्यता हरेक देशका एनआरएनए मार्फत प्रदान हुनेछ। जुन देशमा एनआरएनए छैन त्यहाँ संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक, उपसंयोजक उनीहरु नभएका देशमा आइसीसी सदस्य या त्यो पनि नभएको खण्डमा एक या दुइजना फोकल पर्शनको सहयोगमा प्रमाणीकरण गर्नेगरी सदस्यता लिन पाइने ब्यबस्था गरिने छ।
  • सदस्यता शुल्क एक अबधिको लागि अमेरिकी डलर ५ तोकिएको छ। यसमा हरेक देशका एनआरएनएले आइसीसीलाइ प्रति सदस्य बापत २ अमेरिकी डलर पठाउनु पर्नेछ। हरेक देशका एनआरएनएले न्यूनतम सदस्यता शुल्क ५ अमेरिकी डलर र अधिकतम १० अमेरिकी डलर भन्दा माथि नहुनेगरि लिन सक्नेछन। सदस्यता संबन्धि थप जानकारी नियमावलीमा उल्लेख गरिनेछ।

२. राष्ट्रिय र अन्तराष्ट्रिय महाधिवेशन संबन्धि नियमावाली २०२३

गैरआवासीय नेपाली संघको राष्ट्रिय र अन्तराष्ट्रिय महाधिवेशन संबन्धि नियमावली २०२३ तयार पार्नको लागि संघका उपाध्यक्ष सुरेन्द्र सिग्देलको संयोजकत्वमा महासचिव जानकरी गुरुङ, सचिव कृष्ण के सी र क्षेत्रीय संयोजकहरु समेत रहनेगरि एक समिति गठन गरिएको छ। नियमावलीमा सदस्यता, निर्वाचन प्रणाली र प्रतिनिधि लगायतका बिषयमा बिस्तृत नीति तयार गरिएको हुनेछ।

३. अन्तराष्ट्रिय साधारण सभा

एनआरएनए आइसीसीको बार्षिक साधारण सभा फेब्रवरी ४, २०२३ का दिन जुममा गरिने भएको छ। यसका लागि उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ।

धन्यवाद;

 

महासचिव

जानकी गुरुङ

गैरआवासीय नेपाली संघ

डिसेम्बर २७, २०२२ मंगलबर (नेपाली समय अनुसार)