-Janakee Gurung, General Secretary, NRNA ICC

सबै देशका एनआरएनएसँग सहकार्य गर्छौं, नभए तदर्थ समिति बनाउँछौं, कसैलाई पजनी गर्दैनौं:महासचिव गुरुङ

Hollywood Khabar September 26,2022 Comments

सर्वप्रथम त विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी अर्थात सम्पूर्ण गैरआवासीय नेपाली (एनआरएन) हरुमा हामीलाई संघको विषम परिस्थितिमा नेतृत्व गर्ने जिम्मेवारी दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु। पछिल्लो समय गैरआवासीय नेपाली संघ र नेपाली समुयाय बीच आएका केहि प्रश्न र हाम्रो कदमबारे केहि कुरा राख्न गएकी छु।

यहाँहरुलाइ थाहा नै छ २००३ सालमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहास पनि २ दशक भन्दा लामो भैसक्यो। यो अन्तरालमा स्थापनाको पहिलो १० बर्ष त सँस्था दर्ता नै नभएर अल्मलिएको थियो। त्यो समय बिधि-बिधान र पद्धति भन्दा पनि एनआरएनए एक किसिमको मेला जस्तो भएर चलेको थियो। तर पनि त्यसलाई हामीले इतिहासको पूर्वार्धको रुपमा गौरब गर्दै स्वीकारेका छौं।

जब २०१३ मा डा शेष घले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को पहिलो पटक भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभयो त्यहि समयमा आएर मात्र सँस्था दर्ता भएको हो। त्यस पछाडी मात्र बिधानको बिधि र प्रक्रिया अनुसार प्रयोजनमा जान थालिएको हो। अनि मात्र हरेक अर्को बर्ष अक्टुवरमा संघको बैधानिक महाधिवेशन आयोजना गर्दै नयाँ नेतृत्व चयन गर्दै आइएको कुरा हामी सबैलाई बिधितै छ।

तर २०२१ को अक्टुवरमा हुनुपर्ने एनआरएनए आइसीसीको १० औं महाधिवेशन समयमा हुन सकेन। त्यसको मुख्य कारण एनआरएनएको सदस्यता, निर्वाचन प्रणाली र महाधिवेशन प्रतिनिधि चयन संबन्धि नै मुख्य समस्या भएको हाम्रो ठहर थियो। त्यो अवस्थालाई सँस्था र बिधान संबत नगर्दा यो असहज, विभाजन र बेथितिको अबस्था आएको पहिचान हामीले गरेका छौं।

समस्याको गंभिर्यता र सँस्था अगाडी जान नसकेपछि एनआरएनए दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाल सरकारको एनआरएन ऐन र एनआरएनएको चालु बिधान २०२१ समेतलाइ उल्लेख गर्दै तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेलाइ संघको १० औं महाधिवेशन गर्ने जिम्मेवारी दिएको थियो।

त्यस्तै एनआरएनएको तत्कालिन काम चलाउ नेतृत्वका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको ८१ औं बैठकले पनि प्रमुख संरक्षक शेष घलेकै नेतृत्वमा, तत्कालिन अध्यक्ष कुमार पन्त समेत रहनेगरी सो महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी शेष घलेलाइ नै दिने निर्णय गरेको थियो।

तत्पश्चात प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले बिधान अनुसार एनआरएनए एनसीसीहरुको मार्च ६, २०२२ मा जुममा भेला बोलाउनुभयो। त्यहि भेलामा महाधिवेशन गर्ने जानकरी दिएर सबैलाइ प्रतिनिधि पठाउन, साथ र सहयोग गर्न अनुरोध गर्नुभयो। त्यहि भेला/बैठकले उहाँको प्रस्तावलाइ समर्थन गर्यो। संघको बिधानमा पनि यस्तो विषम स्थितिमा यहि बिधि गर्नुपर्ने कुरा उल्लेख गरेको छ।

त्यसपछि काम चलाउ अध्यक्ष कुमार पन्तलाइ महाधिवेशनको आयोजक समिति बनाउन निर्देशन दिनुभयो। निवर्तमान अध्यक्ष पन्तले आनाकानी गर्दै जानुभयो। केहि समयपछि त उल्टा नेपाल सरकारका बिरुद्ध पाटन उच्च अदालतमा मुद्धा नै दर्ता गराउनुभयो। अदालतको अन्तरिम आदेशले केहि दिनको लागि काम पछि धकेल्यो। तर पनि पछिल्लो फैसलाले अन्तरिम आदेश दिएन र १० औं महाधिवेशन रोकेन, समयमा नै महाधिवेशन सम्पन्न भयो।

निवर्तमान अध्यक्ष कुमार पन्तले आनाकानी गरेपछि प्रमुख संरक्षक शेष घलेले तत्कालिन उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा १० औं महाधिवेशन तयारी समिति गठन गर्नुभयो। उपाध्यक्ष लामाले एनआरएनएको कार्यालय एक्सेस नपाएपछि आफ्नै घरमा अस्थाई अफिस राख्न दिनुभयो। त्यहींबाट सबै गतिबिधि संचालन गरिए र दैनिक रुपमा तयारी बैठक हुन्थ्यो। ती सबै तयारी बैठकका छलफल, जानकारी इत्यादी रेकर्ड गरिएका छन्। यहाँ सम्मकी उपस्थितहरुको हस्ताक्षर सहितको प्रति पनि सुरक्षित रहेको छ। आवश्यकता पर्दा ती सबै रेकर्ड आफैंमा प्रमाणित एक दस्तावेजका रुपमा सार्वजनिक हुन सक्नेछन।

त्यसपछि १० औं महाधिवेशनको तयारीको लागि विभिन्न कमिटिहरु बनाइयो जस्तोकी निर्वाचन, निर्वाचन अनुगमन, प्रचार-प्रसार, ब्यबस्थापन, आइटी, प्रतिनिधि रेकर्ड इत्यादी। तत्पश्चात मार्च २२, २०२२ मा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो। मार्च २२-२५, २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सम्पन्न भएको हो। राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्षहरु, प्रतिनिधिहरु र अन्य गरि भब्य रुपमा महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृव निर्वाचित गरेको छ।

केहि पक्षले मन्त्री या अन्य कोहि व्यक्तिहरु अतिथि भएकाले आधिकारिकता आफ्नो पक्षमा भएको भन्ने अनावश्यक जिकिर गरेको सुन्नमा आएको छ। मन्त्री शर्मालाई झुक्याइयो भन्ने गलत प्रचार पनि गर्नेहरु रहेछन्। यसको जवाफ पनि छ हामीसंग। मन्त्री शर्माले उद्घाटन सत्रमा दिनुभएको भाषण अझै हाम्रो आधिकारिक फेसबुक पेज र रेकर्डेड भिडियो सुरक्षित राखिएको छ। उद्घाटन सत्रको उद्घाटन सत्रको फेसबुक भिडियो हेर्नुहोस। यदि मन्त्री नै आएकाले आधिकारिक हुने हो भने जनार्दन शर्मा चाहिँ को हुनुहुन्छ भन्ने हाम्रो प्रश्न हो।

नयाँ नेतृत्वलाइ प्रमाण पत्र दिने र सपथ ग्रहण गराउने समयमा निर्वाचन समिति प्रमुखले बाँकी/खाली रहेका पदमा नयाँ नेतृत्वले मनोनित गर्दै जाने बताउनु भएको थियो। निर्वाचन नतिजा घोषणाको भिडियो लिंक हेर्नुहोस। महाधिवेशन हलमा नै सो घोषणा गरिएकाले त्यसै अनुरुप केहि पदमा मनोनित गर्ने काम पनि भएका छन्। तर यस्ता मनोनित भने १० औं महाधिवेशनका प्रतिनिधिहरुलाइ मात्र गर्न सकिने भन्ने हाम्रो नीति-बिधि पालन गरिएको छ।

१० औं महाधिवेशनले संघमा भएका मुख्य समस्या पत्ता लगाएर त्यसलाई समाधान गर्न बिधान नै संसोधन गरेका छौं। केहि कार्यविधि पनि परिमार्जन गरिएको छ। १० औं महाधिवेशनको काठमाण्डौ घोषणा २०२२ को भिडियो। त्यसपछि पारित बिधानलाइ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा मार्च २७, २०२२ आइतबार दर्ता गराइएको छ। पराराष्ट्र मन्त्रालयमा विधान दार्ता संबन्धि जानकरी भिडियो हेर्नुहोस। तत् पश्चात हामीले सल्लाहकारहरु, आइसीसी सदस्यहरु, मानार्थ परिषद सदस्यहरुलाइ मनोनित गरेका छौं। लामो सयय देखि संघको कार्यकरी निर्देशकको रुपमा काम गर्दै आउनुभएका राजेश शम्शेर राणाले अहिले पनि सोहि जिम्मेवारी निरन्तर गर्दै आउनुभएको छ।

साथै संघका विभिन्न कालखण्डमा बनाइएका नियमावलीहरु नियतबस बनाइएका र तिनलाई कार्यान्वयन गर्न मात्र होइन कठिन र अव्यवहारिक देखिएकाले परिषद बैठकले ति सबै नियमावलीहरु खारेज गरिएको छ।

अप्रिल २०२२ मा संसार भरिका एनआरएनए एनसीसीहरुलाइ सहकार्यको लागि ३ हप्ते समय सिमा दिएर इमेल गरेका थियौं। त्यसलाई स्मरण गराउँदै दोश्रो इमेल पनि गरिएको थियो। कतिपय देशले हामीसंग सहकार्य गर्ने निर्णय गर्नुभयो र संगै काम गर्दै आउनु भएको छ। कतिले केहि समय हेर्ने निर्णय गर्नुभयो। कतिले हामीसँग सहकार्य नगर्ने निर्णय गर्नुभयो। उहाँहरु सबै आ-आफ्नो देशमा दर्ता भएका स्वतन्त्र सँस्था हो। त्यसैले उहाँहरु सबैले जे जस्तो निर्णय गर्नुभयो ति सबैलाई हामी सम्मान गर्दछौं। कसैले हामीसंग काम गरेनन भन्दैमा हामी कसैलाई पजनी र मान-मर्दन गर्दैनौं। हामी सहकार्यको संझौता गर्छौं। हामीसंग काम नगर्ने एनसीसीहरुसंग केवल आपसी सहकार्यको लागि गरिएको संझौता खारेज गर्छौं।

तर जुन देशमा हामीसँग सहकार्य गर्न आउनु भएन त्यहाँ हामीले तदर्थ समिति बनाएर काम गर्दै जाने निर्णय गरेका छौं। साथै यो कदम द्रुत गतिमा बढ्दै गएको छ। अझै पनि युरोप र एशियाका कतिपय देशका एनआरएनएले अक्टुवर अन्तदेखि सहकार्य गर्ने बताउनु भएको छ। दक्षिण कोरियाले पछिल्लो समय निर्णय बदलेर हामीसँग सहकार्य गर्ने कुरा बैठकमा नै आएर बताएको छ।

अहिले १२ देश हामीसँग छ, अब अक्टुवर २०२३ सम्म पुग्दा हामीसंग बिश्वोका धेरै देश हुनेछन। अनि स्वस्फुर्त रुपमा आएका प्रतिनिधिहरुले बिधि-बिधान अनुरुप चलेको सफल सँस्था बनाएर ११ औं महाधिवेशन सम्पन्न गर्नेछौं। सोहि महाधिवेशनले ऐतिहासिक रुपमा चयन गरेको नयाँ नेतृत्वलाइ हामी सँस्था हस्तान्तरण गर्नेछौं।

अन्तमा, बार्ता गरौँ भन्ने अर्को पक्षको टोलीले फोन र मेसेन्जर कल गर्नुभएको छ। जब हामी नै बिधि र प्रक्रियाबाट आएका आधिकारिक हौँ भने हामीलाइ बार्ता किन आवश्यक पर्नु भन्ने प्रश्न गर्न चाहन्छु। हामी कसैका बिरोधी र समर्थक दुवै होइनौ। तर पनि अहिलेको समयमा बार्ता हाम्रो आवश्यकता चाहिँ होइन। भविष्यमा पनि यस्तो खाले बार्ताको संभावना आबश्यक होला जस्तो देखिंदैन। संगठनलाइ चुस्त र दुरुस्त रुपमा अगाडी लैजानको लागि हामी प्रतिबध्द छौं। बार्ता होइन बरु बाटो बिराएर गएका उहाँहरुले गल्ति सुधारेर बैधानिक र मूल बाटो हामीसंग आउनको लागि हामीले सधैं ढोका खुला गरेका छौं। हामी बिचलित र अड्किनेवाला छैनौ।

गैरआवासीय नेपाली संघबारे:

एनआरएनएमा वार्ताको कुरा भनेको इर्स्याको हिकअप र बोर्डरलाइन अफुल

गैरआवासीय नेपाली संघ बेल्जियम तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा सुर्य लम्साल

एनआरएनए लामिछाने-महतो समुहमा ६ महिने छिन्नेतिथि पछि आचार्य गुटमा संकट

गैरआवासिय नेपाली संघ क्यानाडा ग्लोवलको तदर्थ समितिको पूर्णता, सेप्टेम्बरमा नर्थ अमेरिका भेला गर्ने

एनआरएनएमा क्लासिक बिराशतको भ्रम अन्त्य, हाम्रा कामले उता काठको ओदान खरानी

नागरिकता ऐन बिधेयकप्रति धन्यवाद र स्वागत, हाम्रो माग नागरिकताको निरन्तरता हो, अध्यक्ष कुँवर

एनआरएनए अध्यक्ष कुँवरसँग परराष्ट्रमन्त्री डा खड्काले भने, शेषजी अत्यन्तै असल मान्छे

एनआरएनएका अध्यक्ष कुँवरसंग पूर्वप्रम प्रचण्डले भने, हामीले गल्ति गरेछौं अब समान रुपमा हेर्छौं

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद तदर्थ समिति ओमान गठन

गैरआवासीय नेपाली संघले जुन अन्त सम्म २५ देशमा एनसीसी गठन गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा तदर्थ समिति गठन

एनआरएनएको अन्यौलता समाप्त, संगठन बिस्तारमा छौं, महासचिव गुरुङ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघको बिस्तार तिब्र रुपमा हुन्छ, अध्यक्ष कुँवर

गैरआवासीय नेपाली संघको नयाँ कार्यालय बालुवाटारमा

एनआरएनएले सुरु गर्यो-हजार डलर खाता खोलौं मातृभूमि प्रतिको कर्तब्य निभाऔं आभियान

गैरआवासीय नेपाली संघमा १९ बर्ष पछि सहि र गलत भूमिकाबारे बहस सुरु भएको छ

एनआरएनए एनसीसी पोल्याण्डले लामिछाने-महतोको समुहसँग समन्वय नगर्ने

गैरआवासीय नेपाली संघ योजनाबद्ध रुपमा आएको छ, निरन्तर जानेछ:अध्यक्ष कुँवर

गैरआवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित, नाम सहित

गैरआवासीय नेपाली संघको सचिवमा दुइ जना मनोनित

गैरआवासीय नेपाली संघको प्रवक्तामा प्रकाश धमला मनोनित

एनआरएनएको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

एनआरएनएको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठमाण्डौ घोषणा

एनआरएनएको नेतृत्व चयन:अध्यक्षमा विनोद कुँवर निर्वाचित, पदाधिकारीहरुको नामावली सहित