-एनआरएनए एनसीसी मकाउको १२ औं बार्षिक उत्सव डिसेम्बर २७ मा हुँदै

एनआरएनए एनसीसी मकाउको १२ औं बार्षिक उत्सव डिसेम्बर २७ मा हुँदै

Hollywood Khabar December 11,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को १२ औं वार्षिक उत्सव यहि डिसेम्बर २७, २०२० मा आयोजना गरिएको छ।

एनआरएनए एनसीसी मकाउका अध्यक्ष पूर्व बहादुर गुरुङका अनुसार वार्षिक उत्सवमा संघका अध्यक्ष कुमार पन्त, अन्तराष्ट्रिय परिषद कार्यकारी सचिवालयका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, अन्तराष्ट्रिय परिषद तथा मानार्थ परिषद सदस्यहरुलाइ समेत हार्दिक निमन्त्रणा गरिएको छ।

त्यसैगरी संघका एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय पदाधिकारीहरु, अन्तराष्ट्रिय परिषदका सल्लाहकार, संघका राष्ट्रिय सामान्य परिषद मकाउका संबंद्द सबैजना, विश्वका अन्य एनसीसी अध्यक्ष अध्यक्षहरुलाइ समेत निमन्त्रणा गरिएको छ। कार्यक्रम डिसेम्बर २७, २०२० मा 8848 Authentic Taste Resturante मकाउमा हुनेछ समेत जानकारी गराइएको छ।