-एनआरएनए कतारको तदर्थ समिति गठन, सुरेश भट्ट अध्यक्ष

एनआरएनए कतारको तदर्थ समिति गठन, सुरेश भट्ट अध्यक्ष

Hollywood Khabar August 14,2022 Comments

विज्ञप्ति

अगष्ट १२, २०२२ शुक्रबार कतारको वक्रास्थित लक्की स्टार रेस्टुरेण्टको सभाहलमा आयोजित एनआरएनहरूको एक भेलाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको तदर्थ समिति गठन गरिएको छ। सुरेश भट्टको अध्यक्षतामा गठित सो समितिमा विभिन्न क्षेत्रका २३ जना पदाधिकारीहरु रहनु भएको छ।

गत मार्च २२-२५ सम्म काठमाण्डौको होटल याक एण्ड यतिमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को १० औं महाधिवेशनबाट निर्वाचित बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्वले सहकार्यमा काम गर्न आउने देशमा सोहि एनसीसी र नआउने देशमा तदर्थ समिति गठन गर्दै जाने निर्णय गरेको हो।

सोहि अनुरुप हाल सम्म अध्यावधिक रुपमा रहेका बेलायत, पोर्चुगल, निदर्ल्याण्ड र तदर्थ समितिको रुपमा गठन गरिएका क्यानाडा, साउदी, ओमान, कातार गठन भएका छन्। क्रोयसीय गठन गरिएता पनि मान्यता दिन बाँकी रहेको छ। यसरी हाल सम्म ९ देशमा एनआरएनए रहेका छन्।

कतारमा गत शुक्रबार सम्पन्न तदर्थ समिति गठनमा आइसिसी सदस्य सरिता चिलुवाल पोखरिया, आइसिसी सल्लाहकार धरम के सी, आइसिसीका मानार्थ परिषद सदस्य आरसी पन्तको उपस्थिति रहेको थियो। सो भेलाले सुरेश भट्ट आश्रीनको अध्यक्षतामा सर्व सम्मत रुपमा २३ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको छ।

एनआरएनए कतार तदर्थ समिति २०२१-२०२२

१. अध्यक्ष - सुरेश भट्ट

२. वरिष्ठ उपाध्यक्ष - सुनिल कुमार घिमिरे

३. उपाध्यक्ष - सोम नाथ कँडेल

४. उपाध्यक्ष - मोहम्मद कलम हुसेन खान

५. महिला उपाध्यक्ष - मञ्जु खनाल आचार्य

६. महासचिब - ध्रुब राज अधिकारी

७. सचिब - पुष्प राज कोइराला

८. सचिव - प्रेम नेपाल

९. सचिव - रमेश पौडेल क्षत्री

१०. कोषाध्यक्ष - सुर्य नारायण सापकोटा

११. सह कोषाध्यक्ष - अब्दुल रहमान

१२. युवा संयोजक - हेम राज रिमाल

१३. सदस्य - राधाकृष्ण अधिकारी

१४. सदस्य - रुप बिश्वकर्मा

१५. सदस्य - अमित रिजाल

१६. सदस्य - योगेन्द्र तामांग

१७. सदस्य - मुहसिन नासिर

१८. सदस्य - प्रकाश बराल

१९. सदस्य - प्रकाश यादव

२०. सदस्य - लोक बहादुर बराल

२१. सदस्य - अजय कुँवर

२२. सदस्य - सबिना आचार्य

२३. सदस्य - आरिक शेख

 

धयावाद;

कृष्ण के सी

सचिव

गैरआवासीय नेपाली संघ

अगष्ट १४, २०२२