NRNA Americas Regional Coordinator, Gouri Raj Joshi

NRNA:स्टे अर्डर आयो भने एनसीसी अमेरिकालाई रिभोकेशन गर्छु-आरसी जोशी

Hollywood Khabar May 03,2019 Comments

कृष्ण के सी/अमेरिका/५/४/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का द अमेरिकाज (उत्तर र दक्षिण अमेरिका) क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशीले एनआरएनए एनसीसी अमेरिकालाइ रिभोकेशन गर्ने कुरा बताएका छन्।

हलिउडखबरसँग कुरा गर्दै जोशीले भने-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका धेरैपटक बिधि र बिधान भन्दा बाहिर गएको छ। यसले आफ्नो आइसीसीसंगको संबन्धन मुताविक धेरै कुरा तोडेको छ। आफ्नै बिधि र बिधानलाइ पनि तोडेको छ। धेरै पटक मुद्दा-मामिलामा गएको छ, सबैलाई मिलाएर बिधि-बिधानवत् रुपमा गएको छैन। त्यसैले गर्दा यसलाई सहि बाटोमा गएन भने, आफ्नै किसीमाले गयो भने रिभोकेशन गर्नुपर्ने हुन्छ।

गत एनसीसी बैठकमा आफूले त्यहि कुरा राखेको हो। त्यो बैठकमा पदाधिकारी साथीहरुले नै उल्टा-सिधा कुरा गरे। उनीहरुले संबन्धन नभए के पनि फरक पर्दैन, हामी आफै टोड्छ समेत भने। मैले त्यो कुरा गरेको होइन तर आफ्नो संझौता, संबन्ध र बिधान अनुरुप जानुपर्छ भनेको मात्र हो। ऐले पनि कतिपय कन्फ़्लिक्ट अफ इण्ट्रेष्टका कुरा बाहिर आएका छन्। यो सबै हेर्दा आफूले क्षेत्रीय संयोजकको हैसियतले सुझाव दिएको हो, जोशीले भने।

अब के गर्नुहुन्छ ? जवाफमा संयोजक जोशीले भने- यदि अदालतबाट निर्वाचनको stay of proceedings अर्थात निर्वाचन रोकिने अर्डर आयो भने, अझै पनि अरु मुद्धा मामिलामा गयो भने, झनै विवादास्पदका कुरा आए भने, यो एनसीसी अमेरिकालाई रिभोकेशन गर्ने प्रोसेसमा जान्छु।

रिभोकेशन आइसीसीले सजिलै पास गर्छ, त्यसको प्रकृया के हो र त्यसपछि के हुन्छ ? यो क्षेत्रीय संयोजकले आफ्नो क्षेत्रको निर्वाचनलाइ समर्थन दिएपछि अन्तराष्ट्रिय परिषदले आधिकारिक मान्यता दिने प्रकृया छ। सोहि प्रकृया अनुरुप संझौता, एफिलेशनको भायोलेशन भएकोले मान्यतालाइ फिर्ता गर्ने तर्फ जान्छु।

अनि के गर्नुहुन्छ ? रिभोकेशन गरेपछि एउटा तदर्थ समिति बनाएर निर्वाचनमा जाने कुरा हुन्छ। यदि निर्वाचनमा जान संभव भएन भने त्यहि समितिले डेलिगेट्स छानेर विश्व सम्मेलन/अधिवेशनमा लिएर जाने हो। म पदिय रुपमा जिम्मेवार भएकोले सँस्थाको नियमति कुराहरु रोकेर बस्दिन।

अनि त्यो कुरा त्यति सजिलो छ ? त्यसपछि तपाईलाइ अर्को मुद्धा आउला नि? मुद्धा गर्न कानुनी प्रकृयामा जानुपर्छ, त्यो अवस्थामा संघको नाम, लोगो र कुनै पनि NRNA सँग संबन्धित कुरा चलाउन नै पाइंदैन। तर पनि भयो भने त्यो समयमा नै हेरौंला। तर यो निश्चित छ कि, यस्तै भयो भने रिभोकेशन पक्का हुन्छ, जोशीले ठोकुवा दिएर भने।

यो तपाइलाइ पनि मुद्धा परेकोले त यसो भनेको होइन नि ? त्यो मुद्दा मेरो पदिय कारण कपिको रुपमा आएको हो। मेरो व्यक्तिगत गल्ति र बिधानको कारण होइन। त्यो बेलाको निर्वाचनलाइ तत्कालिन आरसी सोनाम लामाजी र उपसंयोजक एसी शेर्पाजीको पालामा रिकग्नेशन गरेको हो। म वर्तमान क्षेत्रीय संयोजक भएकोले पदिय रुपमा जवाफदेही देखेर दिइएको होला। भोलि अर्को आरसी आयो भने उसले त्यो मुद्धा क्यारी ओभर गर्छ।