-एनआरएनए एनसीसी अमेरिका:न्यूयोर्क च्याप्टर अध्यक्षका उम्मेदवार शिव बानियाँ

एनआरएनए एनसीसी अमेरिका:न्यूयोर्क च्याप्टर अध्यक्षका उम्मेदवार शिव बानियाँ

Hollywood Khabar March 13,2021 Comments

हलिउडखबर, मार्च १४, २०२१

नेपालको काँस्की जिल्लाको सुन्दर नगरी पोखरामा, सराङ्गकोटमा जन्मनुहुर्कनु भएका शिव बानियाँ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको न्यूयोर्क च्याप्टरको २०२१-२०२३ कार्यकालमा अध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ।

पारिवारिक रुपमा नेपाली कांग्रेसको राजनीति नजिक बानियाँ पृथ्वी नारायण कलेजमा नेपाल बिधार्थी संघ सक्रिय हुनुहुन्थ्यो।बिधार्थी हुँदै गर्दा नै २००९ मा अमेरिका आउनुभयो। सुरुमा नै न्यूयोर्क आसपास बस्दै आउनु भएका बानियाँ सामाजिक र राजनैतिक क्षेत्रमा पनि सहभागी हुनुहुन्छ। काँस्की समाजको केन्द्रिय सदस्य, रोटरी क्लब र जनसम्पर्क समितिको लङ्ग आइल्याण्ड कोषाध्यक्ष हुँदै त्यहाँ पनि सक्रिय हुनुहुन्छ।

एनआरएनए एनसीसी अमेरिकाको २०१३ बाट सदस्यता लिनु भएका बानियाँ २०१९ मा न्यूयोर्क च्याप्टरको उपाध्यक्षमा बिजयी हुनुभयो। हाल ४१४० पंजीकृत सदस्य रहेको न्यूयोर्क च्याप्टरमा अध्यक्षका लागि प्रत्यासी हुनुन्छ बानियाँ। खासगरी न्यूयोर्क जस्तो नेपालीहरुको घना बस्ति भएको ठाउँ, नेपाली राजनेताहरु आउने-जाने ठाउँमा एउटा नेपाली सामुदायिक भवन हुनुपर्छ भन्ने मान्यता उहाँको छ।

युवाहरुको सक्रिता, खेलकुदको नियमित संचालन, नेपाली समुदायको श्रोत केन्द्र जस्ता कुरा उहाँक प्राथमिकताक कुरा हुन्। यिनै कुराहरुको लागि आफू केन्द्रमा नभएर राज्य च्याप्टरमा नै अध्यक्षका लागि आकांक्षी भएको कुरा बानियाँले हलिउड खबरलाइ जानकारी दिनुभयो।