-एनआरएनएमा वार्ताको कुरा भनेको इर्स्याको हिकअप र बोर्डरलाइन अफुल

एनआरएनएमा वार्ताको कुरा:इर्स्याको हिकअप र बोर्डरलाइन अफुल

Hollywood Khabar September 09,2022 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर १०, २०२२

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा वार्ताको कुरा भनेको २ या केहि अन्जान व्यक्तिहरु कफीबारमा बसेर गरिने हँसी मजाक बाहेक अरु केहि पनि होइन। अर्थात सामान्य चिनजान भयो, कफीबारमा कफीको समय पनि सकियो अनि सबै आ-आफ्नो काममा जान्छन, कथा त्यहीं टुंगिन्छ।

बेला न कुबेला भेनेजुयला भनेको जस्तै यो बेमौसमी वार्ताको कुरा किन आयो भन्ने लाग्न सक्छ। केहि चिबे चारा जस्ता सज्जनहरुलाइ आफ्नो इज्जत जोगाउन कठिन भएर होला एनआरएनएमा बार्ता हुँदैछ भनेर हल्ला गरेको सुन्नमा आएको छ। तर हाँसो उठ्दो वार्ता चाहिं किन र कसका लागि, कोसँग त्यो चाहिं थाहा छैन। कागको लागि कोइलीको बतासे फुल जस्तै।

वास्तबमा या यथार्थमा त्यस्तो वार्ता या केहि परिवर्तन हुने संभावना, आवस्यकता, कारण र गुञ्जायस केहि छैन। ठाडो भाषामा भन्नुपर्दा, यस्तो हल्लाले कसैलाइ, कुनै पनि कामलाइ र कुनै अर्थमा पनि फरक पार्नेवाला पनि छैन। केवल किर्तेहरुको रुन्चे भत्तेरको फेसबुके खैंजेडी गायन मात्र हो।

कारण:

  1. पहिलो कुरा त एनआरएनएमा बार्ताको औचित्य र आवश्यकता नै छैन। कानुनी रुपमा १० औं महाधिवेशन सम्पन्न भयो, अर्को १० औं महाधिवेशन हुनेवाला छैन। सो १० औं महाधिवेशन सम्पन्न गर्न मन्त्रालयले पत्र नै काटेर दिएको जिम्मेवारी पुरा भएको छ। अब हुने भनेको ११ औं महाधिवेशन हो, त्यो अहिले होइन। अब बार्ता या कुनै फेसबुके हल्ला गर्नु जरुरी छैन। किर्ते र हनुमानहरुको फिर्की हेरेर कोहि अलमल पर्नेवाला छैन।
  2. दोश्रो कुरा, एउटा सामाजिक र मानवीय गुण र हैसियत नभएका, किर्ते, खुरापाती, चरणका भेडा-बाख्रा जस्ता गोठालाहरुले जता स्या भन्यो उतै जाने २ खुट्टे पशु र दलाली भागको टपरी सिदा लिएर जानेसंग बार्ता किन र कसरी हुने भन्ने गहन प्रश्न जल्तो हो।
  3. तेश्रो कुरा, विश्वाशको संकट भएका, निजि स्वार्थ बोकेका, संवृद्ध नेपाल भन्दै नेपाल र गैरआवासीय नेपालीहरु नै लुटेर खाने महतो-लामिछानेको हुँडार र हाइना प्रवृतिका झुण्डका कुरा कसले र किन सुन्ने भन्ने प्रश्न बुझ्नु जरुरी छ।
  4. चौथो कुरा, वार्ता भनेको समाज या देशमा जनजीवन असामान्य अवस्थामा छ भने तेश्रो पक्ष जो कुनै पनि शक्तिसंग मिलेको छैन उसलाई मध्येस्थता गर्न लगाएर आयोजना गर्ने हो। जस्तोकी युद्ध भएको युक्रेन र रसियामा अहिलेको अवस्थामा हुन सक्छ। एनआरएनएमा अहिले त्यो स्थिति छैन। केवल भागेर गएका अबीधानिक केहि व्यक्तिहरु छन् उनीहरु फर्केर आउने निउँ खोज्दै छन्।
  5. पाँचौं कुरा, आफैं मैदान छोडेर सुटुक्क भागेर जाने, पैसा तिरेर आफैं बेचिने, व्यक्तिगत फाइदाको लागि धनरासी दिएर जनरासी खरिद गर्ने अनि उनकै भागबण्डाका टपरा उठाउने, अर्काल्को अस्थित्व स्वीकार्न नसक्ने, अन्जान रुपमा रहेका हुलाकी, हल्कारा, हल्कट र कोर्कालीहरुसँग के को बार्ता गर्ने भन्ने प्रमुख मुद्धाको बिषय हो।
  6. अन्तिम कारण, यो एनआरएनएमा बार्ता भनेको गुड कजका रियल एनआरएनहरुको नेतृत्वलाइ देखि नसकेर निजिस्वार्थका जुकाहरुको झुण्डको दौड बिचमा आएको इर्स्याको हिकअप हो। जसलाई बोर्डरलाइन अफुल भन्दा उपयुक्त होला।

आफैं बिधान पेल्ने, आफैं भागेर जाने, आफैं पदमा बस्ने, आफैं बार्ता गर्ने भनेर साहिपाटा टोली बनाउने तर कोसँग र किन नखोल्ने, संबोधन नगर्ने भनेको दुनियाँमा सबै भन्दा मस्त जोक बाहेक अरु केहि नहोला। दिनमा ३ पटक फोन गर्ने अनि वार्ताको बहाना किन गर्नु पर्यो ? खुरुक्क फर्केर घर आए त भैगयो नि ?

उसै पनि आजको मितिले उनीहरुको हल्ला गर्ने अबधि केहि महिना मात्र त बाँकी छ। त्यसपछि आफ्नो सुरक्षा गर्नु, भित्तामा कानुनी फोटो झुण्ड्याउनु बाहेको अरु केहि बाँकी रहनेवाला छैन।

उसै पनि पुर्णबहादुर खड्का र गगन थापाले ज्याला लिएर बेरिदिएको जिबा र महतोको लंगौटी टिकाउन कोहि पनि आउनेवाल छैन। उसै पनि बिनोद कुँवरको नेतृत्वले पहिलो ७ महिनामा ५४ देशमा भएका गैरआवासीय नेपाली संघ मध्ये १४ देशमा आफ्नो एनआरएनए बनाइसक्यौ। थुप्रै देशले कतै पनि समर्थन गरेका छैनन। त्यो संख्या भनेको ५०% भन्दा धेरै छ। यहाँको समर्थन भनेको गिर्दो रुपमा छ, केवल ५ देखि ७ देशमा मात्र छ।

उता बिनोद कुँवरको नेतृत्वले अक्टुवर २०२३ मा पुग्दा ५० भन्दा धेरै देशमा एनआरएनहरु माझ पुग्छ। अलमलिएका देश फर्केर आउने छन्। बिधान र विधिको मूल घर यता हो अनि फेसबुके वार्ता किन गर्नु?

अब जो हो उसले ३ जना पुजारी राखेर, त्यति ठुलो बिल्डिङ्ग, कर्मचारी, बजेट हुँदाहुँदै पनि १० देशका एनआरएनहरुलाइ लिन सकेका छैनन। अक्टुवर २०२३ मा ११ औं महाधिवेशन भब्य रुपमा हुनेछ। सहि र बैधानिक बाटोमा गएकाहरुलाइ नतिजा पाउन समय लाग्छ तर बिहान पक्कै हुन्छ।कृष्णार्पण !

गैरआवासीय नेपाली संघबारे:

गैरआवासीय नेपाली संघ बेल्जियम तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा सुर्य लम्साल

एनआरएनए लामिछाने-महतो समुहमा ६ महिने छिन्नेतिथि पछि आचार्य गुटमा संकट

गैरआवासिय नेपाली संघ क्यानाडा तदर्थ समितिको पूर्णता

एनआरएनएमा क्लासिक बिराशतको भ्रम अन्त्य, हाम्रा कामले उता काठको ओदान खरानी

नागरिकता ऐन बिधेयकप्रति धन्यवाद र स्वागत, हाम्रो माग नागरिकताको निरन्तरता हो, अध्यक्ष कुँवर

एनआरएनए अध्यक्ष कुँवरसँग परराष्ट्रमन्त्री डा खड्काले भने, शेषजी अत्यन्तै असल मान्छे

एनआरएनएका अध्यक्ष कुँवरसंग पूर्वप्रम प्रचण्डले भने, हामीले गल्ति गरेछौं अब समान रुपमा हेर्छौं

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद तदर्थ समिति ओमान गठन

गैरआवासीय नेपाली संघले जुन अन्त सम्म २५ देशमा एनसीसी गठन गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा तदर्थ समिति गठन

एनआरएनएको अन्यौलता समाप्त, संगठन बिस्तारमा छौं, महासचिव गुरुङ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघको बिस्तार तिब्र रुपमा हुन्छ, अध्यक्ष कुँवर

गैरआवासीय नेपाली संघको नयाँ कार्यालय बालुवाटारमा

एनआरएनएले सुरु गर्यो-हजार डलर खाता खोलौं मातृभूमि प्रतिको कर्तब्य निभाऔं आभियान

गैरआवासीय नेपाली संघमा १९ बर्ष पछि सहि र गलत भूमिकाबारे बहस सुरु भएको छ

एनआरएनए एनसीसी पोल्याण्डले लामिछाने-महतोको समुहसँग समन्वय नगर्ने

गैरआवासीय नेपाली संघ योजनाबद्ध रुपमा आएको छ, निरन्तर जानेछ:अध्यक्ष कुँवर

गैरआवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित, नाम सहित

गैरआवासीय नेपाली संघको सचिवमा दुइ जना मनोनित

गैरआवासीय नेपाली संघको प्रवक्तामा प्रकाश धमला मनोनित

एनआरएनएको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

एनआरएनएको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठमाण्डौ घोषणा

एनआरएनएको नेतृत्व चयन:अध्यक्षमा विनोद कुँवर निर्वाचित, पदाधिकारीहरुको नामावली सहित