-एनआरएनए युकेको साधारण सभा सम्पन्न महासचिव लिम्बु बर्खास्त, कोषाध्यक्ष खरेल निलम्बित

एनआरएनए युकेको साधारण सभा सम्पन्न महासचिव लिम्बु बर्खास्त, कोषाध्यक्ष खरेल निलम्बित

Hollywood Khabar August 07,2022 Comments

गैरआवासीय नेपाली संघ युकेको ११ औं साधारण सभा २०२२ विभिन्न एजेण्डाहरु पारित गर्दै अगष्ट ६, २०२२ मा सम्पन्न भएको छ। सभाले महासचिव खुशी लिम्बुलाइ बर्खास्त गरेको छ भने कोषाध्यक्ष बिष्णु खरेललाइ निलम्बन गरेको छ। साथमा १४ जना पदाधिकारीहरुलाइ छानविनको घेरामा ल्याउने निर्णय गरेको छ।

साधारण सभालाइ बिथोल्न र रोक्न त्यहिँ रहेका कुल आचार्य, हेमराज शर्मा, पूर्व अध्यक्ष जिबा लामिछाने, नेपालबाट केहि कांग्रेसी नेताहरु समेत लागि परेका थिए। बेलायतका लागि नेपाली महामाहित राजदूत ज्ञानचन्द्र आचार्य भने कार्यक्रमको पार्किङ्ग लटमा पुगेर फर्केका थिए। उनलाई नेपाल देखि फोन गराएर फर्काइएको कुरा सुत्रहरुले बताएका छन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युकेको ११ औं बार्षिक साधारण सभा २०२२ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

अगष्ट ६, २०२२ शनिबार आयोजित सो साधारण सभाको प्रमुख अतिथि डा शेष घले, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, पूर्व आइसीसी सदस्य जमुना गुरुङ घले पनि हुनुहुन्थ्यो। त्यसैगरी एनआरएनए आइसीसीका सल्लाहकार तथा एनसीसी युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, युकेका प्रमुख संरक्षक शेर सुनार, वर्तमान पदाधिकारी, पूर्व अध्यक्ष र पदाधिकारीहरु, प्रमुख सल्लाहकार र सल्लाहकरहरु, बेलायतभरि रहेका नेपालीहरुका संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरु, संचारकर्मी तथा पत्रकार लगायतको उपस्थित रहेको थियो।

एनआरएनए यूकेको ११ औं वार्षिक साधारणसभा बेलायतको चर्चित तथा नेपालीहरुको घनाबस्ति भएको स्थान अल्डरसटस्थित रहेको एम्पायर हलमा आयोजना गरिएको थियो। सो सभामा ३५० भन्दा धेरै नेपालीहरु उपस्थित रहनु भएको थियो।

सभाका प्रमुख अतिथि डा शेष घले र एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो सभामा नेपाली समुदायका १०३ वटा भन्दा धेरै संघ-संस्थाको सहभागिता रहेको थियो। सभामा एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, सल्लाहकार योगेन क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

सभालाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै पूर्व अध्यक्ष घलेले जीवन चुनौतिपूर्ण हुने र चुनौति सामना गर्दा झन् धेरै अवसरह्जरु प्राप्त हुने कुरा बताउनु भयो। नेपाली समुदायमा सामाजिक सेवा गर्न कुनै एक व्यक्ति या एक सँस्थाको एकाधिकार भन्ने होइन नेपाल र नेपाली समुदायलाइ सेवा र सहयोग गर्न जुन ब्यक्ति र संघ-सँस्थाले गर्दा पनि हुने कुरा उहाँले बताउनुभयो। खासमा भन्नुपर्दा जति धेरै संस्था उति धेरै सेवा हुनुपर्ने हो, कयौं र सयौं संघ-सँस्था भए झन धेरै फाइदै हुनेमा उहाँले जोड दिनुभयो।

एनआरएनले नेपाललाई प्रत्यक्ष असर गरिरहेको जलवायू परिवर्तन (Global Warming) लैङ्गिक समानता, मानवीय सहायता, नेपालमा लगानी जस्ता थुप्रै मुद्दामा ध्यान दिन आवश्यक भएको कुरा उहाँले उल्लेख गर्दै अब संघलाइ पुनर्संरचनाको आवश्यकता भएको पनि औंल्याउनुभयो।

वार्षिक साधारणसभामा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफ्नो कार्यसमितिले शपथ ग्रहण गरेको ठिक ३६५ दिनमा वार्षिक साधारणसभा गरेको उल्लेख गर्दैै वर्ष दिनमा संघले गरेका गतिविधि र भावी कार्यक्रमका सम्बन्धमा वार्षिक प्रतिवेदन स्लाइड मार्फत प्रस्तुत गर्नुभयो।

त्यसैगरी उहाँले बितेको एक वर्षमा विभिन्न उतारचढाव बाबजुद संघले तेश्रो ग्लोवल हेल्थ कन्फरेन्स, १० अक्टोबरमा अल्डरसटमा आफ्नै कार्यालय उद्घाटन, सुनसरीका ६५० बाढी पीडितलाई १० लाख रुपैयाँ सहयोग हस्तान्तरण, यूक्रेन युद्ध पीडित नेपालीलाई ४६ सय पाउण्ड सहयोग, एकसय दिन पुगेको अवसरमा सल्लाहकारहरुलाई सम्मान, नेपालका पर्यटनमन्त्री, शिक्षा मन्त्री, सांसदहरु तथा पूर्व मन्त्रीहरुसंग अन्तरक्रिया र स्वागत, प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नेपालीका हित सवालमा ज्ञापनपत्र पेस, कोभिड १९ को महामारीका बेला सचेतना कार्यक्रम, नारी दिवस, राजदूतहरु लोकदर्शन रेग्मी र ज्ञानचन्द्र आचार्यको स्वागत, पूर्व गोर्खाहरुको अनसनमा ऐक्यवद्धता, एनआरएनए डलर अकाउन्टबारे अर्थमन्त्री, गभर्नर लगायतसंग भर्चुअल अन्तरक्रिया आदि गरिएको जानकारी गराउनु भयो।

त्यसैगरी नेपालीहरुको वंशजका आधारमा नागरिकता दिनुपर्नेबारे अन्तरक्रिया, बेलायतको रक्षामन्त्रालय र नेपाल सरकारलाई गोर्खा समस्या समाधानका लागि ज्ञापनपत्र दिएको, वृद्धवृद्धालाई प्रत्येक सोमबार मनोरन्जन तथा कल्याणकारी कार्यक्रम संचालन गर्दै आएको समेत उल्लेख गर्नुभयो।

अध्यक्ष मगरले संघको भावी योजना प्रस्तुत गर्दैै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी गराउने, नेपालको ९ औं राष्ट्रिय खेलकुद, लगायतको लागि स्पोर्टस् कोअर्डिनेशन काउन्सिल गठन गरिएको, नेपालीहरुको बाक्लो बस्ति भएका क्षेत्रमा नेपाल हाउस बनाउन पहल गर्ने त्यसैगरी बृद्धहारुलाई अहिले दिने गरिएको २८ दिने छुट्टीलाइ ९० बनाइदिन बेलायतका संबन्धित निकायमा पहल गर्ने। बेलायतको जिडिपिआर एक्ट २०१८ लाइ कम्प्लाई हुनेगरी संघको सदस्यहरुको रेकर्ड राख्न मिल्ने डाटा सिस्टम बनाउने जस्ता थुप्रै योजना प्रस्तुत गर्नुभयो।

उद्घाटन सत्रको समापन संगै सुरु भएको ११ औं साधारण सभाको बन्द सत्रले निम्न निर्णयहरु पारित गरेको छ

१. बन्द सत्रलाइ संचालन गर्न अध्यक्ष मण्डल बनाइएको थियो। नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको संयोजकत्वमा, अमित थेवे सदस्य सचिव र सुमित्रा राई, आरके त्रिपाठी र मान गुरुङ सदस्य रहनु भएको थियो।

२. सो सत्रमा महासचिव खुशी लिम्बुले संस्थाको विधि विधान र आचरण विपरित कार्य गरेको भन्ने सम्बन्धमा अध्यक्ष प्रेम गाहामगरले विभिन्न प्रमाण, लिम्बुलाई सोधिएको स्पष्टीकरण र गठित छानविन समिति र सो समितिको प्रतिवेदनबारे अवगत गराउनु भयो। सभाका प्रतिनिधिहरुको राय सल्लाहपछि अध्यक्ष मण्डलले खुशी लिम्बुलाई संस्थामा राखिराख्न उचित नभएको निष्कर्षसहित वर्खास्त (फायर) गर्ने निर्णय गरेको छ।

साथै लिम्बुलाई दुई साताभित्र संस्थाको सबै प्रपर्टी, एक्सेस र जे जति छन् तिनीहरुलाइ जस्ताको तस्तै रुपमा (जस्तै फेसबुक, इमेल, कागजात इत्यादि) फर्काउन निर्देशन दिने।

बर्खास्त भएका महासचिव लिम्बुले संस्थाका अध्यक्ष प्रेम गाहामगरलाइ मानहानी हुनेगरि गतिबिधि र सामाजिक रुपमा सम्प्रेषण समेत गरेकोमा लिखित रुपमा सँस्था सम्पक्ष माफी मागेमा साधारण सदस्यता यथावत राखिने अन्यथा निजको सदस्यता समेत खोसिने (रिभोक) गर्ने निणर्य समेत गरेको छ।

साधारण सभाको यो निर्देशनलाइ नमाने निज लिम्बुलाई अध्यक्ष र संघ समेतलाइ मानहानी गरेको ठहर गर्दै संस्थागत खर्चमै कानूनी प्रक्रियामा जाने निर्णय साधारणसभाले निर्णय गरेको छ।

३. एनआरएनए यूकेका कोषाध्यक्ष बिष्णु खरेलले संघका अध्यक्ष प्रेम गाहामगरको असहमति हुँदाहुँदै, अध्यक्षको हस्ताक्षरबिना नै एनआरएनए आइसीसीको नाममा ३९ हजार २८५ पाउण्ड ७३ पेन्स (39,285.73) रकम लेवीको नाममा संघको बैंक खाताबाट पठाएकोमा सो रकम पब्लिक फण्ड भएकाले दुई साताभित्र रिफण्ड गराउन संघका कोषाध्यक्ष बिष्णु खरेललाई निर्देशन दिने निर्णय गरेको छ।

दुई सातामा सो रकम फिर्ता नभए फेरि अर्को दुई साता थप समय दिने र त्यति बेलासम्म पनि रकम फिर्ता नगरिए बेलायतको प्रचलित कानुन अनुसार प्रक्रियामा जाने निर्णय गरिएको छ।

एनआरएनए यूकेका कार्यसमितिका देहायका १४ जना जिम्मेवार पदीय व्यक्तिहरुले जुलाई २४, २०२२ मा बैठक बसेर संघको पैसा पठाउने भन्ने निर्णय गरेको भन्दै हस्ताक्षर सहित गरेकाले उहाँहरुलाइ पनि सो रकम फिर्ता नभए सम्मको लागि जिम्मेवारीबाट निलंवन (Suspend) गर्ने निर्णय गरिएको छ।

निलंबित व्यक्तिहरुमा

  1. उपाध्यक्ष नारायण कडेल
  2. उपाध्यक्ष सुनिलबाबु खड्का
  3. उपाध्यक्ष सकुन्तला गुरुङ
  4. उपाध्यक्ष गोविन्द खरेल
  5. सचिव बिष्णु चालिसे
  6. सचिव ज्ञानेन्द्र आले मगर
  7. कोषाध्यक्ष बिष्णु खरेल
  8. सह-कोषाध्यक्ष ससांक शर्मा
  9. सदस्य सुरेश परियार
  10. सदस्य सुमन शर्मा
  11. सदस्य हिरा (दिपक) सापकोटा
  12. सदस्य पदम शाही
  13. सदस्य भानुभक्त घिमिरे
  14. सदस्य उपेन्द्र पौडेल

साथै सोबारेमा सत्य तथ्य बुझ्न तीन सदस्य छानविन समिति गठन गरिएको छ। समितिको संयोजकमा डा भीम पुन, सदस्य सचिवमा डा माहा राई र सदस्यमा सारदा गुरुङ रहनु भएको छ। सो समिति र कार्यसमिति अनि संबन्धित व्यक्ति समेतको समन्वय गर्न सहजकर्ता (मिडियटर) को रुपमा एनआरएनए यूकेका पूर्व अध्यक्षहरु डमर घले, योगेन्द्र क्षेत्री र सल्लाहकार ओम थापालाई जिम्मेवारी दिने निर्णय गरिएकोछ।

४. गत निर्वाचनबाट निर्वाचित महासचिव खुशी लिम्बुलाइ साधारण सभाले बर्खात गर्ने निर्णय गरेकाले बाँकी अबधिको लागि निर्वाचित सचिव नम्रता घले गुरुङलाइ कार्यबाहक महासचिवको रुपमा काम गर्ने जिम्मेवारी दिने निर्णय गरिएको छ।

५. एनआरएनए यूकेको वर्तमान बिधानलाइ संसोधन प्रस्ताव सहित आगामी महाधिवेशनमा निर्णय गर्नको लगिने निर्णय गरिएको छ।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित