-Prem Gaha Mahagar, President, NRNA UK

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

Hollywood Khabar July 28,2022 Comments

गैरआवासीय नेपाली संघमा प्रमाणित किर्ते निवर्तमान महासचिव हेमराज शर्मा र पैसा तिरे आफैं बेचिने भगौटा नामले चिनिने संघ पूर्व उपाध्यक्ष कुल आचार्यले एनआरएनए युकेका कोषाध्यक्षलाइ ललाईफकाई गरेर ४० हजार पाउण्ड लुटेको खबर प्राप्त भएको छ।

संघको अध्यक्षलाइ नै पत्ता नदिएर सो रकम नीतिगत लुट गरेको कुरा खुल्न आएको छ। यसबारेमा एनआरएनए युकेका अध्यक्षले कार्यसमितिको आधिकारिक निर्णय आफ्नो जानकारीबिना नै एनआरएनएलाई लेवी पठाएको कुरा अध्यक्ष गाहामगरले बताएका छन्।

एनआरएनए एनसीसीका अध्यक्षहरुले नै अन्तराष्ट्रिय स्तरमा एनसीसीको निर्णायक प्रतिनिधित्व गर्ने बैधानिक ब्यबस्था छ। तर बेलायतमा भने अध्यक्षको सहमतिबिनै एनआरएनए यूकेको सदस्यता शुल्कवापत आइसीसीलाई ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स बुझाएपछि विवाद कानुनि मोडमा पुगेको छ।

पहिलो कुरा त च्यारिटी संघ-सँस्थाको पैसा विदेश पठाउँदा अनुमति लिनुपर्छ त्यसमा पनि शुल्क भनेर पठाउँदा ट्याक्स कट्टा गर्नुपर्छ। संघको अध्यक्षले प्रमाणित गरेको हुनुपर्छ। त्यो सबै बिना लागेको पैसा भनेको लुटेको ठहरिन्छ र किर्ते र भगौटाहरुले लुटेको कुरा देखिन आएको छ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले रकम पठाएकै दिन बिहीबार सांझ आफ्नो फेसबुक पेजमा लाइभ गर्दै आइसीसीलाई कार्यसमितिका अध्यक्षसहित वहुमतको असमति हुँदै-हुँदै एजेण्डामै नभएको प्रस्तावमा छलफल गरि लेवी पठाइएको दावी गरे।

अघिल्लो रातदेखि नै कार्यसमितिलाई अब संस्था खारेज हुन्छ भन्ने मानसिक त्रास देखाएर त्यस्तो निर्णय गरिएको उनको जिकिर छ। यसका लागि उपाध्यक्ष नारायण कंडेलले खुफिया भूमिका खेलेको र अब भने सँस्था विभाजित हुने हुने बाटोमा धकेलेको चेतावनी पनि अध्यक्ष मगरले बताएका छन्।

आइतबारको बैठकमा ३२ जनाको कार्यसमितिको अध्यक्ष सहित १८ जना एकातिर हुँदाहुँदै पनि १४ जनाले मात्र सहमति छ भन्नुभएको थियो, अध्यक्ष गाहामगरले भने। मेरो र कार्यसमितिका कयौं साथीहरुको चाहना विपरित विवादास्पद एनआरएनए आइसीसीलाई झण्डै ४० हजार पाउण्ड पठाइयो।

विगत देखि नै मैले त्यो पैसा नेपाल पठाउनुको सट्टा बरु बेलायतमै सामुदायिक भवन नेपाल हाउस बनाउं । त्यसले नेपालको अपनत्व गराउंछ भन्ने कुरामा जोड दिइरहेको थिएँ। दुष्मन र भाइरसहरुको आंखा लागेर यस्तो काम भयो। संघको विधान विपरित बैकिंङ्ग कारोबारमा अध्यक्षको हस्ताक्षर नगरी कोषाध्यक्षले मात्र रकम पठाउनु आफ्नो अपहेलना मात्र होइन्, समस्त पञ्जीकृत सदस्यहरुको भावना माथि नै कुठाराघात भएको गाहामगरले बताए।

अध्यक्ष प्रेम गाहामगरले बेलायतका पञ्जीकृत सदस्यहरुलाई अब अगाडि आएर यस्ता गतिविधिहरुविरुद्ध प्रतिवाद गर्न पनि आग्रह गरेका छन्। तपाईंहरु अब बोल्ने बेला आएको छ। यदि मेरो कार्यशैली ठीक लागेन भने स्पष्ट भन्नुस्, ६ अगष्टको वार्षिक साधारणसभाबाट मलाई हटाउनुस्। तर अरु कसैले आफ्नो स्वार्थपूर्तिका लागि संस्थालाई दुरुपयोग गर्छ भने नछोड्नुस्, उनले अनुरोध गरे।

भविष्यमा फेरि पनि आर्थिक अपचलन नहोस् भनेर बैंकमा अध्यक्षको समेत हस्ताक्षर अनिवार्य चाहिने प्रक्रिया अगाडि बढेको उनले जनाए ।

अध्यक्ष मगरको भिडियो बक्तब हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/prem.gahamagar/videos/499805415238904/?d=n