-एनआरएनए युकेको साधारण सभा सम्पन्न, अध्यक्ष मगरको बक्तब्य सहित

एनआरएनए युकेको साधारण सभा सम्पन्न, अध्यक्ष मगरको बक्तब्य सहित

Hollywood Khabar August 06,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको साधारण सभा आफ्नै कार्यसमितिका कतिपयले बक्तब्य दिने, अतिमामा आएर प्रमुख अतिथि रहेका नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पार्किङ्ग लट पुगेर कसैको फोनको दवाडमा फर्कने जस्ता अबरोध भएता पनि भब्य रुपामा सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुक्थ आतिथ्यता र पूर्व आइसीसी सदस्य जमुना गुरुङ घलेको आतिथ्यमा सम्पन्न सभामा ४/५ दर्जन भन्दा धेरै संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, एनआरएनए युकेका पदाधिकारी, संरक्षक परिषद, सल्लाहकार, पूर्व पदाधिकारी, सदस्यहरु र बेलायतका नेपाली समुदायको ठुलो उपस्थिति रहेको थियो।

सो साधारण सभाबारे गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरको बक्तब्य जस्ताको तस्तै

हार्दिक आभार

आदरणीय बेलायतवासी सम्पूर्ण पञ्जीकृत सदस्यहरु, बाबाआमा, दिदी बहिनी, दाजु भाई तथा शुभचिन्तकज्यूहरु!!

मेरो नेतृत्वको कार्यसमितिले शपथ लिएको ठिक एक वर्ष ३६५ दिनमै हिजो शनिबार एनआरएनए यूकेको ११ औं वार्षिक साधारणसभा भव्यतापूर्वक सम्पन्न भएको छ। विविध अवरोध र चुनौतिबीच पनि कार्यक्रम भव्य रुपमा सफल गरिदिनुभएकामा म सबैप्रति ऋणी छु।

विशेष आभारी छु, आदरणीय एनआरएनए आइसीसी पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घले र जमुना भाइजुप्रति। भण्डै १० हजार माइल टाढाबाट मेरो निमन्त्रणा स्वीकारी कार्यक्रममा आइदिनुभयो।

एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार दाई, प्रमुख सल्लाहकारज्यूहरु, सल्लाहकारज्यूहरु, एनआरएनए यूके पूर्व अध्यक्षहरु, पञ्जीकृत सदस्यहरु, प्रायोजक, मिडियाकर्मी साथीहरु, एम्पायर हल सञ्चालक पुरन गिरी, प्राविधिक साथीहरु, स्वयंसेवक लगायत निरन्तर खटिने मेरो कार्यसमितिका केही साथीहरु र युवाप्रति पनि म कृतज्ञ छु।

तपाईंहरुकै उत्साहजनक उपस्थितिले साधारणसभा भांड्न लागिपरेका राजदूत देखि एनआरएनए केन्द्रसम्मको षडयन्त्र विफल भएको छ।

हरेक चुनौति सामना गर्न म जहिल्यै रमाउने मान्छे हुं। सानोतिनो अवरोधले विचलित कदापी भएको छैन। तर समाजमा आफूलाई सधैं सर्वेसर्वा ठान्ने एउटा तप्का खुलेरै लाग्यो कार्यक्रम भांड्न। अरु त अरु, मेरै जोडबल र सहयोगमा निर्वाचित हुने कार्यसमिति नै म विरुद्ध लाग्यो। पदधारण गर्ने, विभाग ओगट्ने तर काममा सिन्को नभांच्ने त्यो जमातको अनुपस्थितिले कार्यक्रम असफल होइन्, सोचेभन्दा राम्रो भयो। आगामी दिनमा काम गर्न थप उर्जा मिलेको अनुभूति भएको छ।

मेरो कार्यकाल अब एक वर्ष बांकी छ, म भावी दिनमा झन् उत्साहका साथ आफ्नो योजना र लक्ष्य अनुरुप अगाडि बढ्ने प्रण गर्दै पुनः यहांहरुप्रति आभार व्यक्त गर्न चाहन्छु ।

प्रेम गाहामगर

अध्यक्ष, एनआरएनए यूके

अगष्ट ७, २०२२

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित