-एनआरएन यूके अध्यक्ष प्रेम गाहाले दिए प्रधानमन्त्रीलाइ ज्ञापन पत्र, मुख्य बिषय नागरिकता

एनआरएन यूके अध्यक्ष गाहाले दिए प्रधानमन्त्रीलाइ ज्ञापन पत्र, मुख्य बिषय नागरिकता

Hollywood Khabar March 03,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटघाट गरेका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा पूर्वगोर्खा मुद्दा, वंशजको नेपाली नागरिकताको निरन्तरता, संघको विवाद आदिबारे कुराकानी भएको गाहामगरले बताए। साथमा उनले प्रधानमन्त्रीलाई आफ्ना माग समेटिएको एक ज्ञापनपत्र समेत बुझाएका छन् ।

अध्यक्ष गाहामगरले विश्वभर छरिएर रहेका बंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नैरहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० लाई पूर्णतः संशोधन गर्न जरूरीरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। दफा १० को उपदफा (१) अन्तर्गत नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुककोनागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ ।

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशमा बसोबास गरेका नेपालीलाई स्वदेश फर्केरआफ्नो योग्यता अनुसार विभिन्न पदमा नियुक्ति लिई देश सेवागर्ने अवसरबाट वञ्चित गरेको उल्लेखगर्दै गाहामगरले यसलाई सच्याई सबै प्रकारका नियुक्तिमा योग्यताको कदर गरी देश सेवा गर्ने अवसरप्रदान गरियोस् भन्ने माग समेत गरेका छन्।

नेपाल, बेलायत र भारत सरकारबीच त्रिपक्षीय सन्धिमार्फत भर्ती भई बेलायत, हङकङ र सिंगापुरमासेवा गर्न पठाइएका गोर्खाहरु विदेश बसेको वा विदेशी नागरिकता लिएकै कारण उनीहरुको वंशजकोनेपाली नागरिकता सधैँकालागि नखोसियोस् भन्ने माग पनि उनको थियो। भेटका क्रममा गाहामगरले एक उच्चस्तरीय समिति गठन गरी संविधानमा भएको नागरिकता सम्बन्धिव्यवस्था संशोधन गर्न समेत अनुरोध गरेका छन् ।

आफैं पूर्व ब्रिटिश सैनिक रहेका उनले प्रधानमन्त्री समक्ष भूतपूर्व गोर्खाहरुको समस्या समाधानकालागि शुरु भएको बेलायत र नेपाल सरकार (जीटुजी) वार्ता छिट्टो टुंग्याउन पहल गरिदिन समेत आग्रहगरेको जनाए।

वार्ताका क्रममा गाहामगरले गत अक्टोबरमा सम्पन्न गैरआवासीय नेपाली संघको आधिकारिक अन्तर्राष्ट्रिय दशौं महाधिवेशनलेको विधान परराष्ट्र मन्त्रालयले लुकाएर राखेको छ। तर अबैधानिक बिधानलाइ निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौड्यालले हतार हतार हस्ताक्षर गरेको कुरा सुनाउंदा प्रधानमन्त्रीले आफू यसबारे अनभिज्ञ रहेको र उनी अब पूर्व भइसकेको बताएको गाहामगरले बताए। प्रधानमन्त्री प्रचण्डले आफूहरुको माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्तगरेको उनले जनाए।

अध्यक्ष गाहामगरले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, निवर्तमान उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, सोही पार्टीका नेतादिपक बहादुर सिंह, निवर्तमान उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत नेताहरुलाई भेटेर उल्लेखित मुद्दाबारे अवगत गराएका थिए।

भवदीय

भरतमणि चोङ्बाङ

उपाध्यक्ष/प्रवक्ता

गैरआवासीय नेपाली संघ, युके

मार्च ३, २०२३