-राजदूत ज्ञानचन्द्र आचार्य

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

Hollywood Khabar August 06,2022 Comments

एनआरएनए यूकेको शनिबार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन कन्फर्म गरिसकेका राजदूत ज्ञानचन्द्र आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उनीप्रति आयोजक र सहभागीले आक्रोश पोखेका छन्।

कार्यक्रममा सहभागी बेलायतस्थित झन्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन्।

विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवम् प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्व जानकारीबिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवम् सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ।

बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूत कुनै एक स्वार्थ समूह र झुन्डको राजदूतको रुपमा भूमिका खेलेको भन्दै उनीहरुले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्न आग्रह गरेका छन्।

कडा शब्दमा आक्रोश पोखिएको वक्तव्यमा भनिएको छ, राजदूत आचार्यलाई समाज भांड्ने, अपमान गर्ने कार्यलाई बन्द गर्न र सबैको राजदूत बन्न चेतावनीसहित आग्रह गर्दछौं ।

यसअघि कार्यक्रमका सम्बन्धमा कार्यसमितिभित्रै विवाद रहेको कुरा बाहिर आएपछि प्रमुख अतिथिको निम्तो स्वीकार गरिसकेका राजदूत आचार्यबीच बाटोबाटै फर्किएका थिए।

दूतावासकी प्रवक्ता रोशन खनालले विवादको अवस्थामा तटस्थ बस्नु कर्तव्य ठानेर राजदूत कार्यक्रममा नगएको नेपाली लिंकलाई बताएकी थिइन्। ‘हाम्रो लागि सबै समान हो। तर विवादको अवस्थामा तटस्थ बस्नु हाम्रो कर्तव्य हो।सबै पक्ष मिलेर आउनुहोस्, हाम्रो साथ, सहयोग सधैं रहनेछ, उनको भनाइ थियो।

अन्तिम समयमा अनुपस्थित हुँदा समेत उनले इमान्दारीपूर्वक जानकारी नगराएकोप्रति आयोजक थप रुष्ट बनेको थियो। ‘राजदूतले बाटोमा छु, २ बजेसम्म आइपुग्छु भनेर अध्यक्षलाई फोन गर्नुभएछ । त्यसैले हामीले उहाँकै लागि त्यतिञ्जेल पर्खियौं। तर पछि उहाँ कार पार्कसम्म आएर फर्किनुभयो भन्ने सुन्यौं,एनआरएनए यूके युवा संयोजक अनिल मल्लले भने।

अध्यक्ष प्रेम गाहामगरले राजदूतले अन्तिम समयमा अनुपस्थित रहेर एनआरएनए यूकेका साथै कार्यक्रममा उपस्थित बेलायतभरका संघसंस्थाका प्रतिनिधिहरुलाई अपमान गरेको आरोप लगाएका थिए। कार्यक्रममा छलफलका क्रममा कतिपय सहभागीले राजदूतको राजीनामा नै माग्नुपर्नेसम्मको आक्रोश पोखेका थिए।

खेद वक्तव्य:

 

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित