-NRNA UK President: Prem Gaha Magar

अबैध एनआरएनए गुटले पठाएको किर्ते पत्र बिरुद्ध युके अध्यक्ष गहामगरले दुवै देशमा कानुनी उपचार खोज्ने

Hollywood Khabar December 11,2022 Comments

नेपाली कांग्रेसका उपसभापति पूर्वबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले केहि करोडको चलखेलमा पद र सरकारी शक्तिको दुरुपयोग गर्दै अबैध रुपमा बनाइएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को गुटले एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरलाई अध्यक्ष पदबाट वर्खास्त भएको भनि महासचिव गौरीराज जोशी र डा केशव पौडेलको नामबाट पठाएको पत्र किर्ते भएको कुरा बाहिर आएको छ।

उसो त सो गुटले गत अक्टुवर २०२२ मा आयोजना गरेको भनिएको साधारणसभामा जम्मा २ जना मात्र देशका अध्यक्ष उपस्थित रहेका थिए। अरु देशले जुममा पनि नगएर बहिस्कार गरेका थिए। यहाँ सम्मकी २/२ जना महासचिव मध्ये दुवैजना कार्यक्रममा उपस्थित रहेनन भनिन्छ।

किर्ते गर्न माहिर र पटक पटक किर्ते गर्ने व्यक्तिहरु पूर्व महासचिव डा हेमराज शर्मा, पूर्व आइसीसी सदस्य रामशरण शिम्खडा, सोम सापकोटा, गंगाधर गौतम लगायतले सो किर्ते पत्र बनाएको कुरा खुल्न आएको छ। श्रोतका अनुसार उक्त पत्र पठाउन एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यको दवावमा रामशरण सिम्खडाले ड्राफ्ट गरि गौरी जोशी र केशव पौडेललाइ पठाइएको। कुल आचार्यले उनीहरुलाइ चुप रहन दवाड दिएकोले किर्ते पत्रले त्रास फैलाउन सफल भएको बताइन्छ।

गाहामगर वर्खास्त गरिएको भन्ने बेहोराको पत्र लेख्नुअघि अबैध गुटका अर्की अध्यक्ष रविना थापासंग विमर्श नभएको, बैठकमा छलफल नै नभएको बताइन्छ। रविना थापाले आफूलाई यसबारे केही थाहा नभएको सार्वजनिक कार्यक्रममै बताइसकेकी छन्। त्यसपछि सो गुटमा तरङ्ग गएको छ।

बेलायतको कानुन अनुसार दर्ता भएको एनआरएनए युकेका निर्वाचित अध्यक्ष गाहामगरलाई बेलायतकै सभाले बैधानिक रुपमा बाहेक मानमर्दन गरिएर यसरी बर्खास्ती पत्र पठाउनु मिल्दैन। गरेमा सजायको भागिदार मानिन्छ। यस्तो पत्रले संस्थाको प्रतिष्ठा समेत धमिलो पारिएको, आफ्नो मानमर्दन गरिएको भन्दै अध्यक्ष गाहामगरले यो विषयलाई अब झन् चर्काउने भएका छन्।

अध्यक्ष गाहामगरले एनआरएनए यूकेको गत अगष्ट ६, २०२२ मा सम्पन्न वार्षिक साधारणसभाले दिएको म्याण्डेट बमोजिम गठित अधिकारसम्पन्न एक छानविन समितिका प्रमुख डा भीम पुनलाई गत १९ नोभेम्बरमा एक पत्र लेखी उक्त पत्रको आधिकारिताबारे छानविन गरिदिन अनुरोध गरेका थिए। अध्यक्ष गाहामगरको अनुरोधपछि छानविन समितिका प्रमुख डा पुनले गत २७ नोभेम्बरमा अबैध रुपमा एनआरएनएकी रविना थापालाई पत्र लेखेका छन्।

पत्रमा कुन धरातलमा टेकेर वर्खास्त गरिएको पत्र लेखियो? एउटा स्वायत्त संस्थाको निर्वाचित अध्यक्ष माथि कारवाही गर्ने अधिकार नेपालमा दर्ता भएको अर्को सँस्थालाइ कसरी हुन्छ ? संघको बिधानको कुन धारा र दफाले यो अधिकार दियो ? समाजमा भ्रम फैलाइ वर्खास्त गरियो भन्ने दुई अबैध महासचिवलाई किन कारवाही नगर्ने आदि सवालमा प्रश्न उठाइएको छ।

प्रेम गाहामगरलाई ११ हजार ३६३ पञ्जीकृत सदस्यहरुले निर्वाचित गरेका थिए। बेलायतको समेत निर्वाचन गराउने विश्वसनीय कम्पनी च्वाइस भोटिंग र केन्टोले गाहामगर निर्वाचित भएको रिजल्ट दिएका थिए।

कुल आचार्य, रामशरण सिम्खडा र डा हेमराज शर्माको नेतृत्वमा एनआरएनए यूके विवाद मिलाउन १४ सदस्यीय समिति बनाइएको थियो। तर, उक्त समितिका सदस्यहरुले वस्तुस्थिति नबुझी एकजना निर्दोष पूर्व ब्रिटिश गोर्खा प्रेम गाहामगरलाई अपहेलना र जातीय भेदभाव गरेका छन्। गैरगोर्खाहरुको समितिले नियतवश गोर्खा अभियन्तामाथि जातीय भेदभाव गरेको भन्दै गाहामगरले यसलाई पनि कानून लड्ने बलियो आधार बनाएका छन्।

अध्यक्ष गाहामगरले अहिलेसम्म आफूले नेपालबाट कुनै रेस्पोन्स नपाएको जनाउंदै अब भनिएका महासचिव गौरी जोशी र डा केशव पौडेलसहित यसमा संलग्न सबैलाई सार्वजनिक रुपमै नंग्याउने चेतावनी दिएका छन्। उनले बेलायत र नेपालको अदालतमा बेग्लाबेग्लै मुद्दा दर्ता गरि उनीहरुलाई चरित्र हत्याको आरोपमा सजाय दिलाउन समेत पछि नपर्ने चेतावनी पनि दिएका छन्।

गाहामगरले पत्रको जवाफ पठाउन वेवास्ता गरिए आउंदो फेब्रुअरीमा एनआरएनए केन्द्रिय कार्यालयमा एनआरएनए यूकेका पञ्जीकृत सदस्यहरुसहित घेराबन्दि गर्ने पनि बताएका छन्। एउटा त अबैध ग्रुप अर्को विधान विपरितको क्रियाकलापमा संलग्न सबैलाई मुद्दा हाल्न वकिल तयारी अवस्थामा रहेको उनले बताए।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

मनि लण्ड्रिङ्ग छोप्न एनआरएनए युके फुटाइयो, कालो झण्डा देखेर कुलले ठोके कुलेलाम

एनआरएनए युकेका उपाध्यक्ष कँडेलको पद र सदस्यता दुवै चैट हुने

एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष खड्का पनि संलग्न

एनआरएनए युकेद्वारा आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यको सदस्यता खारेज

एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित