-एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

Hollywood Khabar September 13,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोषाध्यक्ष विष्णु खरेललाई आर्थिक अपचलन लगायत थुप्रै कारण पदवाट बर्खास्त गरेको छ। आर्थिक अपचलन गरेको भन्दै सेपेम्बर १३, २०२२ मंगलबार बेलुकी बसेको बैठकले कोषाध्यक्ष खरेललाई बर्खास्त गरेको हो।

कोषाध्यक्ष खरेलले ३९ हजार पाउण्ड संस्थाको निर्णय विना अध्यक्षलाई जानकारी नगराई आर्थिक अपचलन गरेको आरोप छ। ठुलो रकम अपचलन भएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको साधारण सभाले डा भीम पुनको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो।

छानवीन समितिको छानवीन गरिहेका बेला कोषाध्यक्ष खरेलले गैरजिम्मेवारीपुर्वक संस्थाको हितविपरित गतिविधि गरेकाले बर्खास्त गरिएको अध्यक्ष प्रेम गाहा मगरले बताए। संस्थालाई थप क्षति हुनबाट रोक्नका लागि छानवीन समितिले दिएको सुझावको आधारमा कोषाध्यक्ष खरेललाई बर्खास्ता गरिएको पनि अध्यक्ष गाहामगरले बताए।

एनआरएनए युके जस्तो च्यारिटी ट्रष्ट सार्वजनिक सँस्थाको कोषको रकम अनाधिकृत रुपमा विदेश पठाएको र छानवीन समितिलाई समेत असहयोग गरेकाले थप क्षति हुन नदिनका लागि उनलाई पदबाट बर्खास्त गरिएको महासचिव नम्रता घलेले बताइन।

एनआरएनए युकेले बर्खास्त गरेका कोषाध्यक्ष खरेललाई सार्वजानिक कोषको खाता र सम्बन्धित सबै कागजातहरु महासचिव नम्रता घलेलाई तुरुन्त हस्तान्तरण गर्न समेत निर्देशन दिएको छ।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित