-पूर्व आइसीसी उपाध्यक्ष कुल आचार्य

एनआरएनए युकेद्वारा आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यको सदस्यता खारेज

Hollywood Khabar September 16,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका पूर्व उपाध्यक्ष कुल आचार्यको साधारण सदस्यता खारेज गरेको छ।

एनआरएनए युकेको सेप्टेम्बर १६, २०२२ विहिवार बसेको आकस्मिक बैठक तथा संघ-सँस्था प्रतिनिधि सहतिको भेलाले आचार्यलाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो। एनआरएनए युकेका पुर्व अध्यक्ष समेत रहेका आचार्य बेलायतको पंजीकृत सदस्य भएर संघको अन्तराष्ट्रिय परिषदमा सहभागी र निर्वाचनमा समेत प्रत्यासी हुने गरेका थिए।

गैरआवासीय नेपाली संघमा आफैं अबैधानिक रुपमा रहेका कुल आचार्यले गैरकानुनी रुपमा बिधि-बिधानको प्रक्रियालाइ लात हानेर एनआरएनए युकेका निर्वाचित अध्यक्ष प्रम गाहा मगरलाई पदमुक्त गरेको भन्ने पत्र पठाएर मानहानी गर्दै भ्रम फैलाएका थिए। एनआरएनए युके फुटाउनका लागि उनले विभिन्न गतिविधि गरेको, एनआरएनए बेलायतमा विवाद बढाएर सँस्था फ़ुटाउन लागि परेको लगायत थुप्रै आरोप सहित उनलाई यो कारबाहीको निर्णय गरिएको हो।

सोहि कारण आचार्यलाई एनआरएनए युके दर्ता भएको च्यारिटी कमिशन र एनआरएनए युकेको विधान धारा ४१ अनुसार साधारण सदस्यबाट समेत नरहने गरी हटाइएको कुरा एनआरएनए युकेका प्रबक्ता भरतमणी चोङबाङले न्यूज रिलिजमा जनाएका छन्।

गैरआवासीय नेपाली संघको बिधान अनुसार संघको नेतृत्वमा रहने कुनै पनि पदाधिकारीको सदस्यता होमकन्ट्रीको एनआरएनएमा कायम रहेको हुनुपर्नेछ। बिधानत आचार्यले अब एनआरएनए युकेको सदस्यता नरहेकाले अर्को निर्णय नगर्दा सम्म उनले संघको कुनै पनि जिम्मेवारीमा रहन पाउने छैनन रहेका रहेछन भने पनि स्वतह: बदर हुनेछ।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित