-एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

Hollywood Khabar September 13,2022 Comments

पछिल्लो समय केही अनलाइनहरुमा एनआरएनए आइसीसीले मलाई पदमुक्त गरेको भन्ने समाचारबारे केही कुरा स्पष्ट यहांहरुलाई अवगत नै छ। एनआरएनए यूकेको एउटा स्वार्थी जमात एनआरएनए आइसीसीका टिके अध्यक्षहरुको प्रभावमा परेर विभाजनको संघारमा पुगिसकेको थियो।त्यसकारण एनआरएनए आइसीसीका दुई टिके महासचिवबाट मलाई पदमुक्त भन्दै पत्र आउनु अस्वभाविक थिएन।

बेलायतस्थित नेपाली समुदाय मेलमिलाप र आपसी सद्भावका साथ एकजुट भएर रहेका बेला एनआरएनए आइसीसीका ६ महिने टिके अध्यक्ष कुल आचार्यले यहां गुटउपगुट बनाइ एनआरएनए यूके फुटाएको मेरो पूर्ण विश्वास छ।

यूके च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको ३९ हजार २ सय ८५ पाउण्ड म अध्यक्ष समेतलाई जानकारी नदिई अवैधानिक तरिकाले लुटेर नेपाल पठाएपछि मैले समस्त बेलायतवासी पञ्जीकृत सदस्यहरुको भावना अनुरुप सो कार्यको विरोध गरें। यसलाई मैले बेलायतको अदालतसम्म लैजाने प्रक्रिया अगाडि बढाइसकेको थिएं।

आर्थिक अपचलनमा संलग्न एनआरएनए यूकेका केही भाइरसहरुले आफ्नो कुकृत्यबाट जोगिन केन्द्रसंग गुहार मागे र त्यसैको परिणाम स्वरुप पछिल्लो पत्र आएको मेरो बुझाइ छ। तर, म यो पत्र दिनेलाई नै चुनौती दिएर सिधै अस्वीकार गर्दछु। विधि विधानमै नभएको अविश्वासको प्रस्ताव अनि त्यसैको जगमा पदमुक्त गरिएको भन्ने पत्र आफैंमा हांस्यास्पद छ।

आदरणीय पत्रकार मित्रहरु तथा समस्त जनस मुदाय;

म ११ हजार ३ सय ६३ जना पञ्जीकृत सदस्यहरुले निर्वाचित गरेर बनेको अध्यक्ष हुं। मलाई बेलायतस्थित ३३४ वटा नेपाली संघसंस्था र समस्त पञ्जीकृत सदस्यहरुको साथ छ। प्रतिनिधि बिना केहि राजनैतिक पार्टीका ६ महिने टिके अध्यक्षहरुले मलाई पद छोड् भन्दैमा मैले छाड्ने दिवा सपना नदेखे हुन्छ। म यस खालका क्रियाकलापबाट कत्ति विचलित भएको छैन्। बरु च्यारिटी संस्थाको झण्डै ४० हजार पाउण्ड झ्वाम पार्ने २३ जनाविरुद्ध कानूनी उपचार खोज्न झन् बाटो अगाडी बढेको जानकारी गराउँड्छु।

सबैलाई जगजाहेर नै छ, पहिला भुटानी शरणार्थीसँग नेपाली नगरिक्टता सट्टा गरेर नेपाली नागरिकता च्यात्ने तिनै व्यक्ति नागरिकताको निरन्तरताको मुद्दा लिएर अगाडि सरे। आखिर सरकारले एउटा परिचय पत्रमा सिमित गरिदिएको छ।

म विगत देखि नै बेलायतमा झण्डै ८० प्रतिशत पूर्व गोर्खा रहेका र उनीहरुलाई वंशजको नागरिकता दिइनुपर्छ भन्नेमा दृढ थिएं र अझै छु। तर, यो र अन्य कयौं मुद्दा लिएर निस्वार्थ समाजसेवामा लागेको म माथि अवरोध गर्न तिनै नक्कली भुटानी शरणार्थी लागी परे। शुरु देखि नै मलाई काममा अवरोध सिर्जना गर्न विभिन्न चलखेल भए।

जनसमुदायहरु, यस खालका क्रियाकलापबाट तपाईंहरु कत्ति विचलित हुनु पर्ने छैन्। आर्थिक अपचलन र संस्थालाइ बिचलित बनाएको, नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सरणार्थी नीति-नियमलाइ फर्जी गरेर पूर्व महासचिव हेमराज शर्मा जस्ता किर्तेहरुसंग किर्ते जमात जमाएर एनआरएनए युके मात्र होइन सिंगो एनआरएनएलाइ गुम्राहमा राखेको कुरा छलाङ्ग भएको छ।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित