-एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

Hollywood Khabar September 01,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेमा २०११ देखि चल्ने गरेको विवादको जड भनेको राजनैतिक होइन केवल जिबा लामिछाने र स्थानिय तुष बोक्नेहरु हुन्। पछिल्लो समय एनआरएनए युकेलाइ जसरी पनि फुटाउने योजनामा इथिक्समा रहन नसकेर धोका दिएर भाग्ने कुल आचार्य, एनआरएनएमा किर्ते गर्न प्रमाणित भएका हेमराज शर्मा र एनआरएनए युकेका निलम्बित उपाध्यक्ष नारायण कंडेल रहेका छन्।

एनआरएनए युकेमा नारायण कंडेलको इन्ट्री भएको समय देखि नै केहि न केहि बिबादमा रहेका र अरुलाई पनि मुछ्ने गरेको आरोप लाग्ने गरेको छ। यहि बानीका कारण उनका पछाडि कोहि पनि थिएनन र छैनन। यस बिषयमा एकजनाले भने, सुरुमा त ८ जना सदस्य लिएर आए, २ लाख नेपालीको अभिभावक बन्न कसैले स्वीकारेका थिएनन्। तर पढेलेखेका त्यसमा पनि कानुनका भन्ने सोचेर उनका पछि लाग्ने र समर्थन गर्नेहरु पनि अहिले पछुताउन थालेका छन्।

उनमा पदको लोभ त छ नै तर पैसाको लोभले कानुन पनि मिचेर जाने प्रवृतिको पराकाष्ठमा पुगेको छ। कुल आचार्य काँधमा बन्दुक राखेर हेमराज पौडेलले टिके अध्यक्ष बनाइदिने भन्ने आशामा एमओयुमा अध्यक्ष प्रेम गाहा मगरको असहमतिमा बिधि र बिधान बिपरित हस्ताक्षर गरेर एनआरएनए युकेको लेबी आइसीसिलाई पठाउने काम गरेका छन्।

यति मात्र होइन उनले कार्यसमितिको बैठकमा राती १२ बजेबाट प्रेम गाहा मगर अध्यक्ष रहेको कार्यसमिति नै खारेज हुन्छ भन्ने भ्रम फैलाएर हस्ताक्षर गर्न लगाएका थिए। लेबी पठाई सके पछि विवादित र कानुनि झन्झटमा फसेका उनले कार्यसमिति मात्र हैन बेलायतको समाज नै फुटाउने प्रयास गरेका छन्। ६ अगष्ट २०२२ मा एक बर्षको तयारीमा गरिएको साधारण सभा तथा संघ-संस्था प्रतिनिधि सभामा आफ्नो जिम्मेवारीबाट पन्छीएर अनुपस्थित रहेका थिए। जसबाट थाहा हुन्छ उनीसंग साधारण सभामा आउन सक्ने प्रश्नको उत्तर नभएकोले सच्चाईबाट भागेका हुन्।

२०१७ का अध्यक्ष योग कुमार फगामी र तत्कालिन उपाध्यक्ष प्रेम गाहा मगरले पूर्व गोर्खाहरुको माग बंसजको नागरिकताको लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०१९ मा ज्ञापन पत्र बुझाएको थियो। त्यो सम कुल आचार्यले बेलायतमा रहेका ८० प्रतिशत गोर्खाहरुको मागको बेवास्ता गर्दै नागरिकता विधेयकमा एक शब्द पनि बोलेका थिएनन। उनको यस्तो प्रवृतिले गोर्खा सैनिकहरुको मान मर्यादामा ठेस पुगेको छ।

अहिले आएर नागरिकताको बिषय भन्दै नेताको घर दैलो जाने निहुँमा ३३४ वटा संस्थाको छाता संगठन एनआरएनए युकेलाई फुटाउन लागि परेका छन्। आफू कांग्रेस समर्थक भन्ने अनि हेमराज शर्मा पौडेल, रामशरण शिम्खडा जस्ता एमाले युकेका नेता भन्नेहरुसँग मिलेर नारायण कंडेललाइ अध्यक्ष बनाएर संघ फोर्ने योजना गर्दैछन्।

हेमराज शर्मा र रामशरण सिम्खडा भनेका २०१९ का अध्यक्ष पुनम गुरुङलाइ आर्थिक रुपमा डुबाउनेहरु नै हुन्। संघको सदस्यता लगायतको पैसा झ्वाम आफूहरुले झ्वाम पारेर एक्लो रुपमा गुरुङलाइ छोडेर जानेहरु उनीहरु नै हुन्।त्यसैले अहिले गुरुङ न हिसाब बुझाउन सक्ने न सफाई पाउने अवस्थामा पुगेको कुरा बेलायतका एकजनाले बताए।

अब कुल आचार्यको म्याद भनेको २८ दिन बाँकी छ। त्यो समयसम्म पुग्दा कंडेलल घर न घाटको हुने ठोकुवा बिच्किएर फर्केका कहिले बताए। उसै पनि महासचिव, कोषाध्यक्ष र सचिव पनि बिचल्लीमा परेका छन्। क्यूमा भने कंडेल रहेका छन्।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित