-एनआरएनए यूकेका वर्खास्त कोषाध्यक्ष खरेलले ४२ हजार पाउण्ड लिएर के गरे?

एनआरएनए यूकेका वर्खास्त कोषाध्यक्ष खरेलले ४२ हजार पाउण्ड लिएर के गरे?

Hollywood Khabar December 29,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका वर्खास्त भइसकेका कोषाध्यक्ष विष्णु खरेलले बेलायतमा नेपाल हाउस बनाउन विभिन्न संघसंस्थाबाट संकलित रकम ४२ हजार पाउण्ड बढी लिएर फरार भएका छन्।

एनआरएनए यूके २०१९-०२१ कार्यसमितिले गत वर्ष २३ अक्टोबर २०२१ मा नेपाल हाउस बनाउन भनि उठाइएको ४२ हजार ९७२ पाउण्ड अध्यक्ष प्रेम गाहामगर नेतृत्वको कार्यसमितिलाई हयाण्ड ओभर गरेको थियो। उक्त कार्यसमितिमा कोषाध्यक्ष रहेका विष्णु खरेल अहिले त्यो पैसा आफैंले लिएर फरार भएको बताइएको छ।

यस अघि खरेलले अध्यक्ष गाहामगर सहित वहुमत सदस्यको अनुमति बिना पञ्जीकृत सदस्यहरुको ३९ हजार २८५ पाउण्ड ७३ पेन्स हिनामिना गरेका थिए। त्यसपछि उच्चस्तरिय छानविन समितिको सिफारिसमा संघको बिशेष साधारणसभाले उनलाई ट्रष्टी बोर्ड र कोषाध्यक्ष पदबाट वर्खास्त गरेको थियो।

सन् २०१५ मा मुछेत्र गुरुङ अध्यक्ष हुँदा गुरुङले नेपाल हाउस निर्माणका लागि विभिन्न संघसंस्थाबाट पैसा उठाउन शुरु गरेका थिए। तर नेपाल हाउस बन्न त परै जाओस्, उक्त पैसा हिनामिना भएको चाल पाएपछि अहिले बेलायतका कयौं नेपाली संघसंस्थाले पैसा फिर्ता माग्न थालेको बताइन्छ।

आफूहरुको पैसा सही सदुपयोग नभएपछि कयौं संघसंस्थाका पदाधिकारी वर्तमान अध्यक्ष प्रेम गाहामगर समक्ष आइपुगेको कुरा मगरले बताए। गाहामगरले त्यो पैसा आफूहरुसंग नभएको बरु विष्णु खरेलले लिएर भागेको बताएपछि सुरक्षा निकायको अनुमतिमा खरेलकै घर पुगेर भएपनि पैसा फिर्ता माग्ने चेतावनी ति संस्थाले दिएका छन्। खरेललाई अर्का वर्खास्त उपाध्यक्ष सुनिलबाबु खड्काको समेत साथ छ।

नेपाल हाउसको पैसा हिनामिनामा अध्यक्ष मुछेत्र गुरुङको कार्यसमितिका कोषाध्यक्ष र गत वर्ष अध्यक्ष पदमा पराजित दीपक श्रेष्ठ पनि संलग्न भएको कुरा अन्य पक्षको दावी छ। खरेल र श्रेष्ठ मिलेर उक्त पैसा कुम्ल्याउने दाउमा रहेको श्रोतको दाबी छ। यी दुवै शक्तिलाइ पछाडीबाट उराल्नेमा एनआरएनए आइसीसीका निवर्तमान महासचिव हेमराज शर्मा र पूर्व आइसीसी सदस्य रामशरण सिम्खडा रहेको कुरा सबैले उजागारे गरेका छन्।

यो त्यहि शक्ति जो जसले यस अधि पनि संघको पैसा लिएर निवर्तमान अध्यक्ष पुनम गुरुङलाइ आर्थिक रुपमा फसाएका थिए। हेमराजहरुले त्यो समय गुरुङलाइ जिताइदिएको ज्याला भनेर संघको पैसा लिए अनि गुरुङलाइ आफैं पुरा गरे भनेर छोडिदिए। त्यो आर्थिक चिसो अझै सुल्टिएको छैन।

अहिले त्यहि पैसा हजाम गुटको सपोर्टमा खरेलले एनआरएनए यूकेको सन् २०१९ देखि यता भएको झण्डै तीन देखि ४ लाख पाउण्ड कारोबार ढाकछोप गर्न वेलफेयर एकाउन्ट नै बन्द गरिदिएका छन्। यतिमात्र होइन्, खरेलले आफ्नो व्यक्तिगत फाइदाका लागि एनआरएनए यूके नन रेसिडेन्ट नेपाली एसोसिएसन नाममा बैंक एकाउन्ट समेत खोलेका छन्। नेटवेस्ट बैंकमा खाता खोलेर उनले गत १८ अक्टोबरमा चन्दा संकलन गरेका थिए। संकलित रकम कहां के प्रयोजनका लागि भन्ने खुलाइएको छैन्।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले यी तीनैजना विरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइरहेको बताइएका छन्।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए यूकेका निलम्बित उपाध्यक्षद्वारा १ लाख पाउण्ड हडप्ने प्रयास, प्रमाण सहित

अबैध एनआरएनए गुटले पठाएको किर्ते पत्र बिरुद्ध युके अध्यक्ष गहामगरले दुवै देशमा कानुनी उपचार खोज्ने

मनि लण्ड्रिङ्ग छोप्न एनआरएनए युके फुटाइयो, कालो झण्डा देखेर कुलले ठोके कुलेलाम

एनआरएनए युकेका उपाध्यक्ष कँडेलको पद र सदस्यता दुवै चैट हुने

एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष खड्का पनि संलग्न

एनआरएनए युकेद्वारा आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यको सदस्यता खारेज

एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित