-एनआरएनए युकेका उपाध्यक्ष कँडेलको पद र सदस्यता दुवै चैट हुने

एनआरएनए युकेका उपाध्यक्ष कँडेलको पद र सदस्यता दुवै चैट हुने

Hollywood Khabar October 04,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष नारायणदत्त कँडेललाई एनआरएनए बेलायतले पद र सदस्यता दुवैबाट हटाउने भएको छ। यसपूर्व उनलाई निलाम्बंद गरिएको थियो। संस्था फुटाउन उद्यत रहेको आरोपमा उपाध्यक्ष कँडेललाई गैरआवासीय नेपाली संघ बेलायतले कारवाही गर्ने तयारी थालेका हो।

यस पहिला सोहि गतिबिधिमा लागेका कारण कोषाध्यक्ष बिष्णु खरेल र महासचिव खुशी लिम्बुलाइ पदमुक्त गरेको छ। त्यसैगरी एनआरएनए आइसीसीको पूर्व उपाध्यक्ष तथा २०१९ मा अध्यक्षका उपविजेता रहेका कुल आचार्यको सदस्यता समेत खुसुवा गर्ने भएको हो। सोहि क्रममा एनआरएनए आइसीसीका निवर्तमान महासचिव हेमराज शर्मा र पूर्व आइसीसी सदस्य रामशरण सिमखडा अबको लाइनमा रहेको श्रोतले बताएको छ।

संस्थाभित्र गुटवन्दी गर्दै विग्रह ल्याउन खोजेको आरोपमा उपाध्यक्ष कँडेललाई संघले कारवाही गर्ने तयारी गरिरहेको छ।संघमा देखिएको विवादको प्रमुख कारण निलाबित कँडेल भएको ठहर गर्दै गैरआवासीय नेपाली संघ बेलायतले कारवाही गर्ने जनाएको छ।

कँडेलले नै अबैधानिक रुपमा बनेको तथाकथित अन्तराष्ट्रिय समन्वय परिषदका नाममा अध्यक्षको अनुमति विना २७ जुलाईमा आफु खुशीले समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेर २८ जुलाई मा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम मनि लण्ड्रिङ्ग गरेका थिए। एनआरएनए युकेको पैसा १००% च्यारिटीमा ट्रष्टीले प्रमाणित गरेको अवस्थामा मात्र खर्च गर्न मिल्छ।

कँडेलमाथि संस्थाको पैसा अपचलन गरेको, समानन्तर अध्यक्षको रुपमा अभ्यास गर्दै संस्थाविरुद्ध गुटवन्दी गर्दै जातीय विग्रह ल्याउन खोज्दै अरुलाई पनि उक्साएको, निर्वाचित अध्यक्ष विरुद्ध गैरकानुनी रुपमा अविश्वासको प्रस्ताव ल्याएको र सम्पन्न भईसकेको साधारणसभा तथा संघसंस्था भेलालाई पुन:डाकेर संस्था फुटाउन खोजेको लगायतका दर्जनजति आरोप छन।

२४ जुलाईमा बसेको बैठकमा पैसा नपठाए कार्यसमिति भंग हुने भन्ने भ्रम फैलाउदै अन्यलाई पनि हस्ताक्षर गर्न उक्साहटको गरेको कँडलमाथि आरोप छ। पैसा पठाएको बिषयमा जवाफदेहीताको जिम्मेवारी लिदै पञ्जिकृत सदस्यहरु सामु जवाफ दिन्छु भनेर ६ अगष्ट २०२२ को बार्षिक साधारणसभा तथा संघसंस्था प्रतिनिधिसभा बहिष्कार गरेर मोर्चाबन्दीमा लगेर संस्था विरुद्ध निरन्तर लागेकाले कारवाही गरिने गैर–आवासीय नेपाली संघ बेलायतका प्रवत्ता भरतमणी चोङबाङले बताए ।

कँडेलले नेतृत्व गरेको समुहले १८ अक्टोवारमा सम्पन्न भईसकेको साधारणसभालाई पुन डाकेर अवैधानिक तवरले पदीय जिम्मेवारी विर्सेर संस्थाविरुद्ध गतिविधि गरिरहेकाले बाध्य भएर कारवाही गर्नुपर्ने अवस्था आएको प्रवत्ता चोङवाङले बताए ।

संस्थामा बिग्रह ल्याउने प्रमुख मानिएका कँडेल विरुद्ध वार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिमा उजुरी परेको छ । छानवीन समितिमा उजुरी परेपछि आवश्यक छानवीनका लागि कँडेललाई ४ अक्टोवरमा छानवीन समितिले बोलाएको थियो ।

गम्भिर विषयमा उजुरी परेपछि छानवीनका लागि कँडेललाई बोलाइएको र तर उपस्थित नभएकाले एकपटकसम्म मौका दिइने छानवीन समितिका संयोजक डा. भीम पुनले बताए । अर्को मौका दिदाँ पनि नआए छानवीन समितिले आवश्यक कारवाही अगाडी बढाउने पनि डा. पुनले स्पष्ट पारे ।

कँडेललाई कुन रुपको कस्तो कारवाही गरिने भनेर स्पष्ट खुलाइएको छैन।संस्थामा समान्नतर गतिविधिको नेतृत्व कँडेलले नै गरिरहेकाले उनलाई कारवाही गर्न कुनै कसुर बाँकी नराखिने संघले जनाएको छ।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष खड्का पनि संलग्न

एनआरएनए युकेद्वारा आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यको सदस्यता खारेज

एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित