-एनआरएनए एनसीसी अमेरिका:प्रभात राज सापकोटा बोर्ड सदस्य पदका उम्मेदवार

एनआरएनए एनसीसी अमेरिका:प्रभात राज सापकोटा बोर्ड सदस्य पदका उम्मेदवार

Hollywood Khabar March 21,2021 Comments

हलिउडखबर, मार्च २१, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा प्रभात राज सापकोटा बोर्ड सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ।

नेपालको पश्चीम चितवन पुर्ख्यौली घर भई नवलपरासीबाट स्कूले शिक्षा पाउनु भएका प्रभात सापकोटा नेपाली काँग्रेसको पारिवारिक राजनीतिमा हुर्केको बताउनुहुन्छ। सापकोटाको नवलपरासीमा अवस्थित घरमा पनि नेपाली काग्रेसको क्षेत्रीय पार्टी कार्यालय २०४८ देखि २०५६ सम्म बसेको थियो। पछिल्लो समय उहाँको परिवार काठमाण्डौको सतुङ्गल बसोबास गर्दै आएको छ।

चितवनको बालकुमारी कलेज हुँदै काठ्माण्डौको त्रिचन्द्र कलेजबाट ग्र्याजुयट सापकोटा पोखरा बिश्व बिधालयबाट मास्टर्स डिग्री भने फर्स्ट डिभीजनमा पुरा गरेको बताउनु हुन्छ। कलेज करीयरमा नेपाल बिधार्थी संघको राजनीतिमा पनि उहाँ सक्रीय हुनुहुन्थ्यो। पढाइ सकेर केहि समय काठमाण्डौमा नै अध्यापन पनि गर्नुभयो र युनीभर्सीटीकै शिफारीसमा २०१० मा अमेरिका आउनु भएको हो।

प्रभात राज सापकोटाले युनीभर्सीटी अफ टेक्सासबाट मास्टर्स गर्नुभयो। हाल उहाँ न्यूयोर्कमा नेपाली समाजमा सक्रीय व्यक्ति मधेमा एक हुनुहुन्छ। साथै अमेरिकाको जनसम्पर्क समितिमा पनि सक्रिय हुनुहुन्छ। २०१४ मा टेक्सासमा भएको जनसम्पर्क समिती एकताको दोस्रो अधिवेशनमा केन्द्रिय सदस्यका प्रत्यासी पनि हुनुहुन्थ्यो। त्यसपछि पनि उहाँ नेपाली जनसम्पर्क समिति अमेरिकाका बिभीन्न गतिबिधिमा सक्रिय हुनुहुन्छ।

२०१४ मा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्यता लिनु भएका सापकोटाले २०१५ मा चाहिं आजीवन सदस्ता लिनु भएको हो। पदिय रुपमा कुनै जिम्मेवारी नलिएता पनि एनसीसी अमेरिकामा उहाँ २०१४ देखि नै सक्रिय हुनुहुन्छ। बिशेष गरि तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको संघको मुख्यालय क्याम्पस बनाउन गरिएको नर्थ अमेरिका भ्रमणमा, न्यूयोर्कमा आयोजित कार्यक्रममा आफ्नो योगदान र सक्रियता स्मरणीय रहेको बताउनु हुन्छ।

त्यस्तै नेपालमा भएको नाकाबन्दीका बेला औषधि र अन्य सहयोग जुटाएर नेपाल पठाउन सक्रिय भएको कुरा अर्को छ। पटक-पटक नेपालका बिषयलाई लिएर UN प्लाजामा प्रदर्शनमा सहभागी भएको रेकर्ड पनि छ सापकोटासँग। कोभिड १९ को समय सकेको सक्रियता चाहिं अर्को योगदान रहेको उहाँले बताउनु भयो। यो पटक भने प्रभात राज सापकोटा एनआरएनए एनसीसी अमेरिकाको बोर्ड सदस्य पदका लागि आकांक्षी हुनुहुन्छ।